
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषण गरेको थियो । मन्त्रालयले सरकारको घोषण कार्यान्वयनका लागि पुन आग्रह गरेको हो ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा पेम नारायण कंडेलबाट सार्वजनिक सूचनामा वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रतिबन्ध लगाउने सरकारको निर्णयको स्मरण गराउँदै उत्पादन र प्रयोग नगर्न सूचना प्रकाशन गरिएको उल्लेख गरिएको छ ।
सरकारले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक उत्पादन र प्रयोगमा रोक लगाए पनि उत्पादन, बिक्री वितरण र प्रयोग हुँदै आएपछि मन्त्रालयले सूचना प्रकाशन गरेको हो । देशको राजधानी काठमाडौं मात्र होइन पर्यटकीय सहर पोखरामा पनि उत्पादन र प्रयोगमा कमी आएको छैन । यसैको कारण राजधानीका नदी, खोला र पोखराका फेवाताल, सेती नदी, खोलाहरू र खेत पनि प्लाष्टिक प्रदूषण चपेटामा पर्दै गएका छन् ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…