
बाँकेमा भैसी र बाख्रा चराउन जंगल गएका गोठालालाई चार वटा बाघले घेरेपछि हात्तीले बचाएको छ । बाँकेको राप्ती सोेनारी गाउँपालिका १ गाभरमा स्थानीय २५ वर्षीय हिरा खड्का, २४ वर्षीया कालिका खड्का र ५६ वर्षीया सेतु ओलीलाई बाघले घेरा हालेको थियो ।
पूर्व—पश्चिम राजमार्गदेखि करिब १ किलोमिटर दक्षिणमा उनिहरुको घरदेखि करिब २ किलो मटिर नजिकै सामूदायिक वन क्षेत्रमा गोठालाहरुलाई बाघले घेरेको हो । बाघले बिस्तारी गोठालालाई र बाख्रालाई आक्रमण गर्ने गरि घेरोहाल्दै अगाडी बढेपछि सबै जना रुखमा चढेर हारगुहार मागेको सेतु ओलीले बताएकी छन् ।
हारगुहार मागेको बाँके राष्ट्रिय निकुञ्जका दुई हात्ती माउतेहरुले सुनेर उद्धार गर्न आइपुगेका थिए । ४ वटा बाघले बाख्रा र गोठालाहरुलाई घेराहालेपछि रुखमा ज्यानजोगाउन बसेका गोठालाहरुलाई माउतेले हात्तीको सहयोगमा उद्धार गरिएको हो । त्यस क्षेत्रमा बटुवालाई समेत बाघले आक्रमण गर्न थालेपछि बाघको निरीक्षण गर्न सहज होस भनेर दुईवटा हात्ती र माउतेलाई गाभरमै राखिएको छ । हात्ती आएपछि बाघ गोठाला र बाख्रोलाई घेर्न छाडेर पछि हटेका थिए । यसरी बाघका घेरामा परेका तीन जना गाेठालाई उद्धार गरिएको हो । पछिल्ला वर्गमा निकुञ्ज क्षेत्रमा बाघको संख्या बढेको पाइएकाे छ । यसैले बेला बेलामा मानव र बाघ बिच द्धाेन्द बढ्दै गएकाे विज्ञहरु बताउँछन् ।
बाघकाे तस्बिर : फाइल फाेटाे



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …