
वातावरण संरक्षणकालागि महाअभियान कास्कीले पोखराको फेवाताल किनारमा संरक्षण पदयात्रा कार्यक्रम गरेको छ । यस अघि पोखरा उपत्यका बृहत् सरसफाइ अभियानको नाममा सरसफाइ कार्यक्रम गर्दै आएको यस संस्थाले पछिल्लो समयमा वातावरण संरक्षणकालागि सचेतना कार्यक्रम अन्तर्गत स्वच्छ वातावरणकालागि पदयात्रा कार्यक्रम सुरु गरेको हो ।
वातावरण संरक्षणकालागि महाअभियान कास्कीको आयोजना र खहरे आमा समूहको संयोजनमा भएको कार्यक्रम हल्लनचोकबाट गैराको चौतारा सम्म सरसफाइ गर्दै पदयात्रा गरिएको हो । कार्यक्रममा बंगलादी आमा समूह, खहरे आमा समूह, माछापुच्छ्रे« महिला क्लब, अभियान आमा समूह, सामुदायिक सेवा केन्द्र, राइजिङ स्टार युवा क्लब लगायतका संघ संस्थाको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीयलाई आफ्नो घर , सडक र वरपर सरसफाइ गर्न अनुरोध गरिएको थियो । ताल, नदी, खोला र सार्वजनिक क्षेत्रमा जथाभाबी फोहोर नफाल्न पनि सुझाइएको वातावरण संरक्षणकालागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले बताए । पोखराको प्राकृतिक सुन्दरतालाई जोगाई राख्न २०५ औँ पोखरा वृहत् सरसफाइ अभियान पछि यो अभियान सुरु गरिएको संयोजक पौडेलले बताए ।

प्रवासमा रहेका पोखरेली युवाहरुकाे पनि फेवाताल संरक्षण र सफाइमा सक्रियता रहेकाे छ । अध्ययन र रोजगारीकाे अवसर खोज्दै विभिन्न देश पुगेका युवाहरूले पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालको सरसफाइकालागि स्थानीय युवालाई परिचालन गरी सरसफाइ अभियान चलाइरहेका छन् । प्रवासी नेपाली समूहकाे पहलमा गत माघ महिनामा जिल्ला प्रशासन कार्यालय कास्कीमा फेवाताल संरक्षण पहल नामक संस्था दर्ता गरेर ताल सरसफाइको काम भइरहेको हाे ।
पहलले डस्टबिनहरु फेवाताल किनारमा राखेर डष्टबिनकाे फोहोर व्यवस्थापन समेत गर्दै आएकाेछ । डष्टबिनमा जम्मा भएकाे फोहोर व्यवस्थापन गर्न दुईजना सहयोगी राखेर फोहोर व्यवस्थापन हुँदै आएकाे फेवाताल संरक्षण पहलका सचिव तेजनारायण पराजुलीले बताए ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …