
बेमौसमी वर्षाको कारण देशभर मानवीय, भौतिककाे साथै पशु चौपायामा पनि क्षति पुगेको छ । बाढी, पहिरो र डुबानका कारण देशभर यस्तो क्षति पुगेको हो । पहिरोको कारण सडक र हवाई यातायातसमेत प्रभावित भएका छन् । वर्षाको कारण विराटनगरको विमानस्थल डुबानमा परेपछि उडानहरू हुन सकेको छैन ।
बेमौसमी वर्षाको कारण धान खेतमा क्षति पुगेकाे छ । यसैले देशभरका किसान तनावमा परेका छन् । तराईमा काटेको, भित्रयाउन ठिक्क परेको धान डुबानमा परेपछि अन्नको भण्डारकाे रुपमा परिचिच क्षेत्रका किसान चिन्तामा छन् । देशभरका अन्य गाउँ, शहरका किसानको पनि उस्तै चिन्ता छ । कास्कीमा पनि छिटो पाक्ने स्थानीय जात र हाइब्रिड धानमा बढी क्षति पुगेको पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताएका छन् । काटेर खेतमा सुकाएका धान पानीले भिज्दा टुसा पलाएको छ ।

पोखराको हेमजा, लेखनाथमा वर्षाले भित्राउन ठिक्क परेको धानलाई बढी क्षति पुगेको हो । पोखरा पामे लगायतका क्षेत्रमा पनि छिटो पाक्ने काटेको धानमा क्षति पुगेको छ । आफ्नो परिवारले २० रोपनी क्षेत्रफलमा लगाएको जितेन नामक हाइब्रिड धानलाई वर्षाले क्षति पु¥याएको पोखराको पामे स्थित चौबिसे बगरकी चन्द्रकला तिमिल्सिनाले बताइन् । काटेर खेतमा सुकाएको तिमिल्सिनाको खेतको धान चिसोको कारण उम्रेर टुसा पलाएको छ ।
असार १० गते रोपेको धान दसैँको भोलिपल्ट काटेर खेतमा सुकाएकोमा काटेको भोलिपल्ट देखि परेको पानीले धानको बाला नै टुसा पलाएको हो । वर्षाको कारण पोखराका विभिन्न क्षेत्रमा धानमा पुगेको क्षतिको अनुगमन गर्न र किसानलाई दुःखमा साथ छौंं भन्ने हौसला दिन पुगेको कृषि महाशाखाका प्रमुख कडरियाले क्षतिको अवस्था हेरेर सरकारले दिने अनुदानका कार्यक्रममा प्राथमिकता दिइने बताए ।


बेमाैसमी वर्षाले धानमा पुगेकाे क्षतिकाे अवलाेकन गर्दै पाेखरा महानगरपालिका कृषि महाशाखा प्रमुख कडरिया ।

जोगियो पोखरेली जेठोबुढो धान
हाइब्रिड र स्थानीय जातका छिटो पाक्ने धान भन्दा ढिलो गरी पाक्ने पोखरेली जेठोबुढो धानलाई भने बेमौसमी वर्षाले त्यति ठूलो असर गरेको छैन । जेठोबुढो धान पाक्न ठाउँ हेरी १५० दिन वा त्यो भन्दा केही बढी समय पनि लाग्ने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख कडरियाले बताए । अलि बढी चिसो, ढाप खेतमा जेठोबुढो धान पाक्न सुख्खा ठाउँमा भन्दा धेरै समय लाग्दछ ।
पोखरामा कुल धान खेतीको ४० प्रतिशत जेठोबुढो धान लगाइन्छ । जेठोबुढो जतिकै समय लाग्ने गुर्दी, पहेँले लगायतका धान पनि पोखरामा लगाइन्छ । जेठोबुढो धान लगायतका स्थानीय जातका पाक्न धेरै समय लाग्ने भएकाेले वर्षाले असर नपरेको बताइएको छ ।
पोखराको फेवाफाँट जेठोबुढो धानको पकेट क्षेत्र हो । यस क्षेत्रका फाँटमा अनुगमन गर्दा एक दुई प्रतिशत जेठोबुढो धान लड्ने बाहेक अन्य समस्या नदेखिएको कडरियाले जानकारी दिए । पाक्ने बेलाको धान लड्दा भने कुल उत्पादनको २० प्रतिशत सम्म कम फल्ने उनले बताए । लडेको धान टटलो मात्र हुने हुँदा यस्तो समस्या देखिने गरेको किसानले बताएका छन् ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…