
हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपािलकाको कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोट क्षेत्रको लेकमा आइतबार भीषण हिम पहिरो गएको छ । हिमपहिरो आएपछि भागदौडमा ११ जना घाइते भएका छन् ।
थासाङ गाउँको पश्चिममा पर्ने धौलागिरी हिमाल क्षेत्रको हिमालबाट ठूलो आवाजसहित भीषण हिम पहिरो खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । ठूलो आवाजसहित कालो मुस्लो हिमाली क्षेत्रबाट खस्न थालेपछि स्थानीयको भागदौड मच्चिदा स्थाीय घाइते भएका हुन् । घाइतेको जिल्ला अस्पतला जोमसोममा उपचार भइरहेको छ ।
हिमपहिरोमा परेर घाइते भएकाहरुलाई गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले भेटेर अवस्था बुझेका छन् । मुस्ताङ भ्रमणमा रहेको बेला घटना भएको थाहापाएपछि मन्त्री बराल अस्पताल पुगेर घाइतेको अवस्था बुझेका हुन् । धौलागिरी हिमश्रृंखला अन्तर्गतको ६९२० मिटर अग्दो टुकुले पिक माथिबाट बिहान ११ बजेर ४० मिनेट तिर भीषण हिमपहिरा झरेको स्थानीयले बताएका छन् ।
यति बेला हिमालमा हिम पहिरो खस्नु सामान्य रहे पनि यो कस्तो खालको पहिरो हो त्यसको अध्ययन हुनु पर्ने प्राकृतिक प्रकोप र विपद् विषयमा फ्रान्सको पेरिस विश्व विद्यालयबाट विद्यावारिधि गर्दै गरेका वरिष्ठ जियो टेक्निकल इन्जिनियर नारायण गुरुङ बताउँछन् ।
असार, साउनमा हिमालमा हिउँ पर्छ । यति बेला लामो समयदेखि दिन घमाइलो छ । यसैले घाम लागेको बेलामा हिउँ पग्लीने र हिमपहिरो जानसक्ने भएकोले हिमपहिरो जाने क्षेत्रका स्थानीय सर्तक हुनु पर्ने उनको सुझाव छ।
मुस्ताङको कोवाङमा आइतबार खसेको हिमपहिरो। तस्बिर सौजन्यः देवबहादुर विक



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…