
राष्ट्रिय बाघ सर्वेक्षण (गणना) आइतबार देखि सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा गणनामा प्रयोग हुने क्यामेराको वनमत्री रामसहायप्रसाद यादवले स्वीच अन गरेर गणना सुरु भएको घोषणा गरे ।
नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बाँके शुक्लाफाँट, बर्दिया गरी पाँचवटा राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्रमा बाघको बसोबास रहेको छ । गणनामा बाघ ओहरदोहर गर्ने क्षेत्रमा दुईतर्फ क्यामेरा राखिन्छ । क्यामेराको फ्रेम भित्र पर्ने गरी बाघ वा अन्य जनावर ओहरदोहर गर्दा स्वचालित क्यामेरामा तस्बिर कैद हुन्छ । यसरी क्यामेरामा रेकर्ड भएका तस्बिरहरुको विश्लेषण गरेर बाघको संख्या एकिन हुन्छ ।
बाघ गणनामा १ हजार क्यामेरा र दुई सय ५० जना गणनामा सहभागी हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताएका छन् । गणनामा ३ करोड ७० लाख रुपैयाँ खर्च हुने बताइएको छ । गणाको नतिजा आउँदो अन्तर्राष्ट्रिय बाघ दिवस सन् २०२२ को जुलाई २९ मा घोषण गर्ने गरी गणना सुरु भएको हो ।
सन् २०१८ मा भएको गणना अनुसार नेपालमा बाघको संख्या २ सय ३५ वटा रहेको छ । यीमध्य सर्वाधिक चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ छन् । यस्चै बर्दियामा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१ र पर्सामा १८ वटा बाघ रहेका छन् । यस्तै शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र आसपासका जंगलमा १६ वटा बाघ फेला परेका थिए । सन् २०२२ सम्म नेपालमा बाघको संख्या २५० पु¥याउने लक्ष्य रहेको थियो । आइतबार देखि सुरु हुने बाघ गणनाको नतिजा सन् २०२२ मा आउने छ । यसले लक्ष्य पुरा हुने नहुने एकिन हुने छ । लक्ष्या पूरा गर्न १५ वटा बाघ थपिनु पर्ने छ ।
नेपालमा पहिलोपटक सन् १९९५ मा बाघको गणना गरिएको थियो । त्यती बेला ९८ वटा बाघ फेला परेका थिए । नेपालमा चार वर्षको अवधिमा बाघको गणना हुँदै आएको छ । विश्वमा १३ देशहरुमा बाघ पाइन्छ । विश्वभर बाघको संख्या ३ हजार ८ सउ ९० रहेको छ । विश्वमै बाघ संरक्षणमा बढ्दो जनसंख्या र शहरीकरण चुनौतीपूर्ण रहेको छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…