
प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले नयाँ भेरियन्टको ओमिक्रोनबाट जनताको सुरक्षा गर्न आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडासहित आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
भारतमा कोरोनाको नयाँ भेरिन्ट पुष्टि भइसकेकोले नेपालमा पनि नेपालमा पनि आवातजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति घर्तीले जनस्वास्थ्यलाई ध्यानमा दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्र खावतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् ।
नेपालमा ओमिक्रोनको खतरा भारतबाटै धेरै छ । खुला नाकाको कारण आवतजावत सहज छ । यसैलाई मध्नजर गर्दै समितिको सभापति घर्तीले भारतबाछ आउने मानिस सबैलाई खोपलगाएको कार्ड र आउने बेला पीसीआर रिपोट हुनु पर्ने गरी व्यवस्था मिलाउन ध्यान दिनु पर्नेमा समितिको सभापति घर्तीले जोड दिएकी हुन् । कोरोना संक्रमण घट्दो क्रममा गएपछि अस्पतालमा चाप घट्दै गयो ।
पछिल्लो समय पुन देखिएको नयाँ भेरियन्टबाट बच्न अस्पतालको अवस्था के छ ? तयारी अवस्थामा अक्सिजन, भेन्टिलेटर लगायत छ छैन व्यवस्थित गर्न पनि उनले सुझाएकी छन् । नेपालमा एक पटक प्रयोग गरेपछि भताभुङ्ग बनाउने प्रवृति छ । यसैलाई ध्यानमा राख्दै सभापति घर्तीले नयाँ भेरियन्ट नेपाल भित्रन नदिने देखि भित्री हालेमा जुद्धन तयारी गर्नु पर्नेमा सचेत गराएकी छन् ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…