
दुर्लभ जिउँदो सालकलाई १ करोड १० लाख रुपैयाँमा बिक्री गर्न खोजेको आरोपमा एक जना काठमाण्डौंमा पक्राउ परेका छन् । काठमाण्डौं महानगरपालिका ३२ मरुछासपाखाबाट महानगरीय अपराध महाशाखाको टोलीले सालक सहित एक जनालाई पक्राउ गरेको हो ।
तीन किलोको जिउँदो सालकसहित दोलखा कालिञ्चोक गाउँपालिका ६ लिप्टुङका २६ वर्षीय उद्धव थामी पक्राउ परेका हुन् । सालक बिक्री गर्न लागेको सूचनाको आधारमा बिहीबार उनको डेरामा पुगेको प्रहरी टोली संग उनले सो सालक १ करोड १० लाख रुपैयाँमा बिक्री गर्न खोजेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताएका छन् । थप अनुसन्धान र कारबाहीकालागि शुक्रबार डिभिजन वन कार्यालय काठमाडौंमा पठाइएको बताइएको छ ।



२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…