
वन्यजन्तु चोरी शिकार नियन्त्रण गर्न हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ लुप्रा वन क्षेत्रमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले पटक पटक छड्के वन गस्ती गरिरहेका छन् ।
गत कतिक महिनाको दोस्रो साता मुस्ताङ जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको लुप्राको वन क्षेत्रमा सिकारीले थापेको पासोमा परेर दुईवटा भाले कस्तुरी र तीनवटा पोथी कस्तुरी मृग मृत अवस्थामा फेला परेपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, स्थानीय र जिल्लाका तीनै वटा सुरक्षा निकायको टोलीले शनिबार आकस्मीक वन गस्ती गरेको हो । यस अघि पनि प्रजिअ शर्मा नेतृत्वमा एक्यापका जोमसोम प्रमुख ऋषि बराल र सुरक्षा निकायको टोलीले वन गस्ती गरेको थियो । वन गस्ती बढाएपछि तस्करको गतिविधि रोकीएको बताइएको छ ।

गस्तीकै क्रममा यस अघि कस्तुरी मृगलाई लक्षित गरि थापेका १८४ पाँसो फेला परेका थियो । टोलीले वन्यजन्तु चोरी शिकार गर्ने उद्देश्यले बिछ्याइएका पाँसो नियन्त्रणमा लिएको थियाे । कस्तुरी मृग पासोमा परेपछि चोरीशिकार नियन्त्रण र पासा थाप्नेको पहिचानकालागि अनुसन्धान भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले बताएका छन् ।
गस्तीमा गएको टोली समुन्द्री सतहदेखि ४ हजार मिटर उचाईकाे लेकसम्म पुगेको हो । दसैं,तिहारको छेको पारेर वन्यजन्तु तस्करले गतिविधि बढाएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले स्थानीय संरक्षण समितिलाई वन अनुगमन तथा वन्यजन्तु तस्कर हुन सक्ने भन्दै सचेत रहन पत्रचार गरेको आयोजनाका जोमसोम प्रमुख ऋषि बरालले बताए ।




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …