
पोखरा : प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सेताम्मे हिमाल कालापथ्थरमा परिणत हुँदै जाँदा पानीका स्रोतहरू सुक्ने र जैविक विविधतामा असर पर्नगई जीवनका आधारहरू गुमाउँदै गएको बताएका छन् ।
जीवनका आधारहरू वातावरण प्रकृति, वन्यजन्तु संरक्षणको विषयमा एक भएर जानु पर्नेमा प्रधान न्यायाधीश राउतले जोड दिएका छन् । पोखरामा शनिबार देखि सुरु भएको वातावरण तथा वन्यजन्तु संरक्षण सम्बन्धी सवालहरूमा न्यायिक दृष्टिकोण विषयक कार्यशालाको उद्घाटन सत्रमा बोल्दै प्रधान न्यायाधीश राउतले जीवनका आधारहरू जैविक विविधता, प्रकृति संरक्षणकालागि भएका फैसला कार्यान्वयनमा जोड दिए । हिमाल, नदी, जैविक विविधता विरासतमा पाएको बताउँदै प्रधान न्यायाधीश राउतले भोलीका पुस्ताकालागि जोगाइ राख्नु पर्ने बताए ।
न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा आयोजित कार्यक्रममा प्राकृतिक स्रोतहरू अतिक्रमणमा पर्दै गएको बताउँदै प्रधान न्यायाधीश राउतले चिहान पनि अतिक्रमणमा परेको सुनाए । वातावरण, प्रकृति संरक्षणका विषय संविधानले नै तोकेको दायित्व भएको बताउँदै प्रकृति संरक्षण गर्दा विकास विरोधी नभइने बताए । जीवनका आधार मानिएका प्रकृति संरक्षण गर्दै विकास निर्माणका काम हुनु पर्ने प्रधान न्यायाधीश राउतले जोड दिएका छन् । वातावरणमैत्री विकासमा जोड दिँदै प्रधान न्यायाधीश राउतले वातावरण जोगाउनु विकास विरोधी हुनु नभएको बताए ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वातावरणीय मुद्दा अदालतबाट भएका फैसला कार्यान्वयन गरिएको बताए । प्रकृति संरक्षण कोषका अध्यक्ष समेत रहेका मन्त्री ठकुरीले वातावरण संरक्षणमा साझा दायित्व भएको बताए ।
कि नोट स्पिकरको रुपमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले वातावरणीय अध्ययन प्रतिवेदन (इआईए) लाई अदालतले गम्भीर दस्ताबेजको रुपमा लिने गरेकोले सामान्य नमान्न आग्रह गरिन । कतिपयमा गलत इआईए भएको र अदालतले बदर गरेको पनि उनले सुनाइन् । प्राकृतिक स्रोतका प्रयोग फाइदामा हानथाप हुनेगरेको तर संरक्षणमा ध्यान नपुगेको तर्फ पनि मल्लले ध्यान आकर्षण गराइन् । प्राकृतिक स्रोतको संरक्षण र उपयोगमा उतिकै जिम्मेवारी हुनु पर्नेमा मल्लले जोड दिइन् ।
पूर्व प्रधान न्यायाधीश मीनबहादुर रायमाझीले विकास र प्रकृति संरक्षण सँगसँगै लग्नु पर्नेमा जोड दिए । न्यायाधीश समाज नेपालका अध्यक्ष एवम् सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले प्रकृति विना मानव सभ्यताको कल्पना गर्न नसकिने बताए । यति महत्त्व बुझ्दा बुझ्दै पनि प्राकृतिक स्रोत दोहन गर्न नछाड्दा चुनौती बढेको उनले बताए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…