
पोखरा : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विकास प्रक्रियालाई तीव्रता दिँदा जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने र त्यसलाई अनुकूल बनाउने किसिमका नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी छन् ।
त्रिभुवन विश्वविद्यालय र चीनका सिचुवान विश्वविद्यालय अन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा बिहीबार देखि पोखरामा सुरु भएको “फेवा संवाद” को उद्घाटन सत्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने नेपालसहित हिमाली र टापु राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएको बताइन् । कार्बन उत्सर्जनमा प्रमुख योगदानकर्ताका रुपमा विकसित र औद्योगिक राष्ट्रहरूले जलवायु सङ्कटको जिम्मेवारी लिनुपर्ने उनले बताइन् ।
जलवायु परिवर्तनले वातावरणीय चुनौती निम्त्याउन न्यूनतम भूमिकामा रहेका राष्ट्रहरूलाई विकसित राष्ट्रहरूले उचित र पर्याप्त क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने पूर्व राष्ट्रपति भण्डारीले जोड दिइन् । छिमेकी राष्ट्र चीन र भारतले गरेको आर्थिक विकासको यात्राबाट नेपालले अनुसरण गर्नुपर्ने पनि उनले बताइन् । त्रिभुवन विश्वविद्यालय र चीनका सिचुवान विश्वविद्यालय अन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा बिहीबार देखि पोखरामा सुरु भएको “फेवा संवाद” को उद्घाटन सत्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लगानीमैत्री र व्यावसायिक वातावरण बनाउनु पर्नेमा जोड दिएकी छन् ।
वैदेशिक लगानी आकर्षित गर्न द्रुत नीति र संस्थागत सुधार, औद्योगिक तथा भौतिक पूर्वाधारको विकास, सुशासन र संस्थागत क्षमता वृद्धिलगायत क्षेत्रमा सुधार गरेमा दोहोरो अङ्कको आर्थिक हासिल गर्न सकिने पनि पूर्व राष्ट्रपति भण्डारीले बताइन् । पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा पनि उनले जोड दिएकी छन् । विदेशी र स्वदेशी लगानीमा क्षेत्र बढाउँदै स्वदेशी उत्पादनमार्फत राजस्वमा वृद्धि गर्नुपर्ने पनि उनले बताइन् । कार्यक्रममा नेपालकालागि चिनियाँ राजदूत छन् सोङ्ले सम्मेलनले जनता जनताबिच सम्बन्ध स्थापना गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सघाउने विश्वास गरे । त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबीचमा शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा आदानप्रदान हुने बताए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आबद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्य फेवा संवादको रहेको बताए । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकको सहकार्यलाई थप प्रगाढ बनाउन, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्न फेवा संवाद आयोजना गरिएको बताए । फेवा संवाद मार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षामा महत्त्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ ।
चीनको सिचुवान विश्वविद्यालयका प्राध्यापक यायो लेलेले एक अर्काबिच अनुभव आदानप्रदान, ज्ञान र सीप हस्तान्तरण र मित्रता अभिवृद्धिलगायत क्षेत्रमा सम्मेलन प्रभावकारी र फलदायी बन्ने विश्वास व्यक्त गरे । फेवा संवादमा विषय विज्ञता, अनुभव साटासाट गर्ने र भविष्यमा हुनसक्ने आर्थिक, सामाजिक र शैक्षिक सहकार्यहरूमा केन्द्रीत हुने छ । सम्मेलनमा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट ३÷३ जना, भुटान, मलेसिया, सिंगापुर, इन्डोनेसिया लगायतका देशबाट सहभागी भएका छन् । संवादमा पूर्वमन्त्रीहरु डा प्रकाशशरण महत, डा युवराज खतिवडा, प्रदीपकुमार ज्ञावली, कमल थापा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा दीपेन्द्र बहादुर क्षेत्री, प्रा डा गोविन्दराज पोखरेल, डा विश्व पौडेल, पूर्वराजदूतहरु, विश्वविद्यालयका प्राध्यापकहरू लगायतका विज्ञहरूको सहभागिता रहेको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…