
चरा र वन्यजन्तुलाई पासो, संरक्षणकालागि जासुसी क्यामेरा जडान गर्दै एक्याप
अन्नपूर्ण संरक्षण क्षेत्रमा चरा र वन्यजन्तुलाई पासो थापेर मार्ने गरेको पाईको छ । बेला बेलामा यस्ता घटना हुने गरेको हो । कालिज प्रजातिका चराको गणनाको क्रममा पनि विभिन्न ठाउँमा चरा मार्न पासो थापेको पाइएको अनुसन्धानमा संलग्न पवन राईले बताए । कालिज अनुसन्धानका क्रममा पासोमै कालिज मरेका र जिउँदै समेत फेला पारेर उद्धार गरेर प्रकृतिमै फर्काइएको पनि उनले बताए ।वन्यजन्तु संरक्षणमा अवैध चोरी सिकारी प्रमुख चुनौतीका रुपमा देखिँदै आएको पनि उनले बताए ।
यस्ता गतिविधि नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र बायोकस नेपालले स्मार्ट नामक मोबाइल एप आरित गस्ती प्रणाली सुरु गरेको बताइएको छ । यसको साथै ट्रेल क्यामराको प्रयोगद्वारा निगरानी प्रणालीलाई थप मजबुत बनाइएको पनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए ।चरा र अन्य वन्यजन्तु संरक्षणकालागि बढी चोरी सिकार हुने क्षेत्रमा जासुसी क्यामेरा समेत जडान गरी अन्नपूर्ण संरक्षण क्षेत्रको कार्यालयबाटै निगरानी गर्ने गरी काम अघि बढाइने पनि डा कडरियाले बताए ।
क्यामेराले निगरानी गरेपछि सिकारीको पहिचान गरेर कानुनी दायरामा ल्याइने पनि उनले बताए । स्थानीय समुदायहरूलाई परिचालन गरी संरक्षणका कामलाई पहिलेकै झैँ गस्ती गर्ने पनि उनले बताए । राष्ट्रिय चरा डाँफे मारेको अवस्थामा तीन वर्ष जेल जाने र अरू चरा मारेको अवस्थामा ३० हजार जरिवाना हुने पनि उनले बताए । स्थानीय निकाय माछापुच्छ्रे« गाउँपालिका, ग्रेट माछापुच्छ्रे« टे«ल समिति लगायत स्थानीय समुदायको सक्रियता सहभागितामा संरक्षण र अनुसन्धानलाई जोड दिइएको बताइएको छ । डाँफे , मुनाल लगायतका कालिज प्रजातिका पंक्षीको संरक्षण गर्दै सङ्ख्या बढाएर माछापुच्छ्रे« क्षेत्रलाई प्रमुख चरा पर्यटन गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिइएको बताइएको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…