
पोखरा : पर्यटकीय राजधानी पोखराको फेवाताल वरपरको क्षेत्र पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो । फेवातालको पुछार ड्यामसाइड अन्नपूर्ण, धौलागिरी हिमशृङ्खलाको अवलोकनकालागि प्रख्यात छ ।
यस्तै ताल किनारका वरपरका सबै क्षेत्र पर्यटककालागि उतिकै आकर्षक छन् । तालको मुहान फेवा फाँट विभिन्न प्रजातिका पानी चराको अवलोकनकालागि प्रख्यात छ । यति बेला फेवाताल किनारको गौरीघाट क्षेत्र पर्यटककालागि थप आकर्षकका केन्द्र बनी रहेको छ । तालको सुन्दर दृश्य, रानीवनको हरियाली दृश्य अवलोकन र नौकाविहारकालागि आकर्षक यस क्षेत्र यति बेला गौरीघाट पार्कको फेवा किनारमा फूलेका ज्याकाराण्डा फूलको सुन्दरताले पर्यटकलाई आकर्षण गरेको छ ।

फेवातालको निलो पानीको रङ्गमा ज्याकाराण्डा फूलको बैजनी रङ्गको सुन्दरता थपिएपछि फेवाताल किनार गौरीघाट पार्कमा तस्बिर र भिडियो खिच्ने स्वदेशी र विदेशी पर्यटकको भिड बढेको छ । ज्याकाराण्डा फूल चैतको मध्यमा फुल्न थाल्छ र वैशाख महिनाभर सुन्दरता छर्ने गर्दछ ।







फेवाताल किनारमा फूलेको ज्याकाराण्डा फूलको अवलोकन गर्न पुगेका स्थानीय, स्वदेशी र विदेशी पर्यटक । तस्बिरहरु : कृष्णमणि बराल



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…