
मान्छे एउटा सहरबाट अर्को सहर, एउटा गाउँबाट अर्को गाउँमा बसाइँसराइ गर्नु त सामान्य हो । चरा पनि मान्छे जस्तै एउटा महादेशबाट अर्को महादेश, एउटा देशबाट अर्को देश, एउटा सहरबाट अर्को सहरमा बसाइसराई गर्छन् भन्ने सुन्दा अचम्म लाग्ला । हो चराहरू पनि बसाइँसराइ गर्छन् । उनिहरुकालागि विश्व एउटै देश हो । न त एक देशबाट अर्को देश जान भिसा लाग्नु पर्छ नत कुनै सुरक्षा चेकजाँच हुन्छ । पछिल्लो समयमा जासुसी चरा भनेर बरु शक्तिराष्टहरुले चरालाई पनि कहीँ कतै दुःख दिएको पाइन्छ ।
हो चराको बसाइँसराइ दिवस मान्छेले मनाउने गर्दछन् तर स्वयव चरालाई भने त्यो थाहा हुने कुरा भएन । अक्टोबर १० विश्वभर आप्रवासी चरा दिवसको रूपमा चरा प्रेमीले चरा अवलोकन, गणना, संरक्षण सचेतना कार्यक्रम आयोजना गरी मनाउने गर्दछन् । नेपालमा आप्रवासी चरा दिवस मनाउने गरिन्छ । शनिबार राजधानी काठमाडौँ, पर्यटकीय राजधानी पोखरा लगायत देशभर विभिन्न कार्यक्रम गरी आप्रवासी चरा दिवस मनाइएको छ । यस वर्ष एभ्री वर्ड काउन्ट्स योर अब्जरर्भेसन म्याटर नाराका साथ यो दिवस मनाइएको छ ।
पन्छी संरक्षण संघ नेपालले काठमाडौंको चोभार, टौदह लगायतका क्षेत्रमा चरा अवलोकन कार्यक्रम गरेको छ । पोखरा पंछी समाजले पनि पोखरामा चरा अवलोकन, चराको प्रजाति र सङ्ख्याको गणना पनि गरेर मनाएको छ । बसाइँसराइ गरेर आउने चराका वासस्थान ताल, खोला, नदी छेउछाउ हो । तर पछिल्लो समयमा चराको वासस्थान अतिक्रमण हुँदै गएपछि चराको सङ्ख्या र प्रजातिमा कमी आउँदै गएको छ । नेपालमा जाडो छल्न साइबेरिया देखि विभिन्न प्रजातिका चराहरू आइपुग्छन् । तर पछिल्लो समयमा चराका वासस्थान, चरन क्षेत्र र आहारा पाइने क्षेत्र अतिक्रमण गरी कंक्रिट जंगल बन्दै गएपछि चरा आगमनमा कर्मी आएको सेतो गिद्धमा विद्यावारिधि गर्दै गरेका कृष्ण भुसाल बताउँछन् । चराको वासस्थान , चरन क्षेत्र अतिक्रमणमा पर्दै गएपछि चराको आगमन घट्दै गएको अवस्थामा यस्ता दिवस आप्रवासी चराको संरक्षणमा योगदान पुग्ने संरक्षणकर्मी बताउँछन् । यस्ता अभियानले चरा संरक्षण र वैज्ञानिक अध्ययनकालागि महत्वपूर्ण योगदान पुग्दै आएको छ ।
नेपालमा रुस, चीन, मंगोलिया, किर्गिस्तान, पूर्वी युरोप र भारतका चिसा ठाउँबाट समेत जाडो छल्न विभिन्न प्रजातिका चरा आउने गर्दछन् । जाडो छल्न नेपाल आएका चरा बच्चा कोरल्ने गर्मी सुरु भएपछि चैतदेखि स्थायी वासस्थानतर्फ फर्कन थाल्छन् । विभिन्न अध्ययनले करिब ६५ प्रजातिका ग्रीष्मकालीन चरा नेपाल आउँछन् । गर्मी समयमा आउने चराका प्रजाति छुट्टै हुन्छ । यसरी चराको बसाइँसराइ वर्षभरि नै चलिरहन्छ । पछिल्ला वर्षहरूमा यसरी बसाइँसराइ गरेर आउने मात्र होइन रैथाने चराका वासस्थान, आहारा, चरन क्षेत्र अतिक्रमणमा पर्दा संकटमा पर्दै गएका छन् । पछिल्लो अध्ययन रिपोटमा आप्रवासी चरा प्रजातिमध्ये ४५ प्रतिशतको सङ्ख्या विश्वभर घटिरहेको पाइएको छ । कुनै पनि गाउँ, सहरको विकास गर्दा चरा, पर्यावरण मैत्री विकास नहुँदा चराको संख्या र प्रजाति संकटमा पर्दै गएका छन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…