वनस्पति

कोदो महोत्सवमा किसानलाई सम्मान

 पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले कोदो दिवसको आयोजना गरेर किसानलाई शनिबार सम्मान गरेको हो ।  नेपाली मौलिक तथा रैथाने बाली कोदोको संरक्षण प्रवर्द्धन र खेती विस्तार गर्न पोखरा २२ कोदीमा कोदो महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा१७ रोपनी क्षेत्रफलमा कोदो खेती गर्दै आएका पोखरा २२ का कृषक खगी घर्ती, ११ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २० का कृषक दुर्गा बहादुर सुनार, १० रोपनी क्षेत्रफलमा कोदो… पुरा पढौ

गाँजा विधेयक प्रदेश सभामै फिर्ता

गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक प्रदेश प्रमुखले प्रदेश सभामै फिर्ता पठाएका छन् । संघीय कानुनसँग बाझिएको भन्दै प्रदेश प्रमुख भट्टले ३ बुँदाको सन्देशसहित विधेयक प्रदेश सभमा फर्काएका हुन् । गण्डकी प्रदेशमा पहिलो पटक संसदले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक पहिलो फिर्ता भएको हो । संघमा राष्ट्रपतिले बेला बेलामा फिर्ता गरिएको भए पनि गण्डकीमा विधेयक फिर्ता भएको पहिलो पटक हो । गण्डकी प्रदेश सभामा गाँजा खेती… पुरा पढौ

राङभाङ, भैसेगौंडाको बायोडाइभरसीटी प्रोफाइल सार्वजनिक 

पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र स्याङ्जाको पुतलीबजार नगरपालिका २ स्थित भैँसेगौडामा रहेको मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेले गाउँको जैविक विविधता समेटिएको बायोडाइभरसीटी प्रोफाइल प्रकाशन गरेको हो ।  चरा, वनस्पति, वन्यजन्तु विज्ञले गाउँमा पाइने वन्यजन्तु, चरा, जैविक विविधताको विषयमा अध्ययन गरेर पुस्तक तयार पारेका हुन् । अध्ययनमा गाउँमा २२९ प्रजातिका चरा र १२६ प्रजातिका पुतली पाइएको गाउँको बायोडाइभरसीटी समेटेर तयार पारिएको पुस्तकमा उल्लेख गरिएको छ ।  भैँसेगौडा पर्यटकीय… पुरा पढौ

‘अन्नपूर्णको स्याहार’ नेपाली संस्करण पोखरामा लोकार्पण

स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’ को नेपाली संस्करण ‘अन्नपूर्णको स्याहार’ पोखरामा लोकार्पण गरिएको छ। पृथ्वी नारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना संग्रहालयमा आयोजित कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्रका संरक्षणकर्मी, विभिन्न गाउँपालिका प्रतिनिधि, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका नयाँ तथा पुराना कर्मचारी, समुदायका अगुवा तथा शुभचिन्तकको उपस्थितिमा पुस्तक लोकार्पण भएको हो । कार्यक्रममा पूर्व संघीय सांसद तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर गुरुङले स्वर्गीय डा चन्द्र… पुरा पढौ

रुख संरक्षण गर्न सचेत गराउने जीपीएस लोकेशन सहित “बैदामका वृक्ष” पुस्तक

जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका  वृक्ष” पुस्तक सार्वजनिक भएको छ । पोखरा ६ बैदाम स्थित ताल किनारमा रहेका १ सय ८ वटा बुढा रुखको जीपीएस लोकेशन समेत रेकर्ड गरेर रुखका पर्यावरणीय, धार्मिक, सांस्कृतिक, औषधीय महत्व, आर्थिक महत्व समेत समेटेर पुस्तक सार्वजनिक गरिएको पुस्तकका प्रकाशक संस्था राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष ठाकुर प्रसाद बरालले बताए ।  कृषि वैज्ञानिक डा अनिल सुवेदी, सामाजिक अभियन्ता अनिल… पुरा पढौ

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस : नेपालमा सान्दर्भिकता

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त राष्ट्रसंघले सन् २००० मा चयन गरेको हो I सन् १९९२ मे २२ मा भएको जैविक विविधता महासन्धि (Convention on Biological Diversity) को सम्झनामा यो दिवस मनाउने निर्णय गरिएको हो I यस दिवसको मुख्य उद्देश्य - जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकता बारे आम जनचेतना फैलाउनु नै हो । यो दिवस मनाउने क्रममा प्रत्येक बर्ष एक नारा (Theme) तय गरिन्छ I… पुरा पढौ

चोरी सिकार नियन्त्रण गर्न उच्च हिमाली क्षेत्रमा ड्रोनबाट निगरानी

चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ ।  संरक्षण क्षेत्रको जोमसोम स्थित भौगोलिक रूपमा विकट हिमाली क्षेत्रका रानीवन, भोगम्बो, नमखु खर्क, भ्रप्सो खर्क लगायत आसपासका उच्च हिमाली क्षेत्रहरूमा ड्रोनको माध्यमबाट  वन गस्ती गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोम कार्यालयले जनाएको छ।  मानव उपस्थिति न्यून भएका यी क्षेत्रहरूमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न, वन तथा वन्यजन्तुको अनुगमन गर्न र पर्यावरणीय संरक्षणलाई थप सबल बनाउन आधुनिक प्रविधि युक्त गस्ती सञ्चालन… पुरा पढौ

फेवा किनारमा ज्याकाराण्डा फूलको सुन्दरता

पोखरा : पर्यटकीय राजधानी पोखराको फेवाताल वरपरको क्षेत्र पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो । फेवातालको पुछार ड्यामसाइड अन्नपूर्ण, धौलागिरी हिमशृङ्खलाको अवलोकनकालागि प्रख्यात छ । यस्तै ताल किनारका वरपरका सबै क्षेत्र पर्यटककालागि उतिकै आकर्षक छन् । तालको मुहान फेवा फाँट विभिन्न प्रजातिका पानी चराको अवलोकनकालागि प्रख्यात छ । यति बेला फेवाताल किनारको गौरीघाट क्षेत्र पर्यटककालागि थप आकर्षकका केन्द्र बनी रहेको छ । तालको सुन्दर दृश्य, रानीवनको हरियाली दृश्य अवलोकन र नौकाविहारकालागि आकर्षक यस क्षेत्र यति बेला गौरीघाट पार्कको फेवा किनारमा फूलेका ज्याकाराण्डा फूलको… पुरा पढौ

पानीका स्रोत संरक्षण गर्न जल मोडेल समायोजन कार्यक्रम

गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको  जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी सम्पन्न भएको छ।  गण्डकी नदी बेसिनमा समुदाय र पारिस्थितिक प्रणालीको जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने दीर्घकालीन लक्ष्यसहित काम अघि बढिरहेको छ। गोष्ठीमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, प्राविधिक समिति सदस्यहरू, विषय विज्ञहरू, प्राज्ञिक क्षेत्रका प्रतिनिधिहरू, विकास साझेदार संस्थाहरू तथा अन्य सरोकारवाला निकायहरूको सहभागिता रहेको आयोजकले बताएका छन् । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले गण्डकी प्रदेश सरकारले जलवायु जलवायु अनुकूलन… पुरा पढौ

मनसुन पूर्वको वर्षा : घटायो वन डढेलो

खडेरी, हावाहुरीको मौसम चैत, वैशाखमा नेपालमा धेरै डढेलो लाग्ने गर्दछ् । यो मौसममा हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा धेरै पानी परेकोले डढेलोका घटनामा गिरावट आयो । वन तथा भू–संरक्षण विभागले उपलब्ध गराएको तथ्यांकअनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए । यो संख्या २०७९ चैतमा घटेर २६७ मा झरेको… पुरा पढौ