प्रकृति

२०७२ सालको भूकम्प, चर्को मौसमी अवस्था र नेपालमा पहिरोको जोखिमबीचको सम्बन्ध

नेपालमा जाने ठूला पहिरोहरूको अध्ययन गर्दा चरम मौसमी गतिविधि र २०७२ सालको भूकम्पको प्रभावलाई पनि बढी ध्यान दिनु पर्ने अनुसन्धानकर्ताहरूले जनाएका छन्। युकेको तीन प्रतिष्ठित विश्वविद्यालयहरू युनिभर्सिटि अफ इस्ट एङ्गलिया, युनिभर्सिटि अफ प्लिमथ, युनिभर्सिटि अफ एक्सटरका पाँच जना अनुसन्धानकर्ताहरूले जर्नल अफ जिओफिजिकल रिसर्चः अर्थ सर्फेसमा त्यस्तो अध्ययन प्रतिवेदन प्रकाशित गरेका हुन्। गत जुलाई महिनामा सो जर्नलमा प्रकाशित उक्त अध्ययनका बारेमा हालै मात्र एक विज्ञान तथा प्रविधि सम्बन्धी समाचारमूलक वेबसाइट फिस डट ओआरजीमा समाचार पनि प्रकाशित भएको छ। २०७२ अथवा सन्… पुरा पढौ

पाेखराकाे फेवाताल किनारमा छठ पर्व

दसैं र तिहार पर्व नेपालीले मनाए संगै अर्को पर्व छठ सुरु भएको छ । सोमबारदेखि छठ पर्व सुरु भएको हो । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने, सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा छठ पर्वलाई लिइन्छ । तराईमा धुमधामका साथ छठ पर्व मनाइन्छ । कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिनलाई ‘नहाए खाएके दिन’ पनि भन्ने गरिन्छ । छठको पहिलो दिन छठका व्रतादुहरुले खोला, नाला, नदी, पोखरी, तलाउलगायतका जलाशयमा नुहाइधुवाइ गरेर शुद्ध भइ लसुन,… पुरा पढौ

नेपालको जलवायु कार्ययोजना : कागजमा मात्र प्रगतिशील

सेप्टेम्बर २०२० मा नेपालले डिजेलबाट चल्ने दुईवटा रेल ल्यायो । त्यसको तीन महिनापछि सरकारले संयुक्त राष्ट्रसंघमा दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) पेस गर्‍यो जसमा हरितगृह ग्यास उत्सर्जनलाई घटाउने र बदलिँदो जलवायुसँग अनुकूलन गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तो प्रतिबद्धता पेरिस सम्झौताअनुसार सबै देशले गर्नुपर्छ । एनडीसीमा नेपालले विभिन्न लक्ष्य प्रस्तुत गरेको थियो जसमध्ये एउटा थियो– सन् २०३० सम्ममा २०० किलोमिटर लामो विद्युतीय रेलवे सञ्जाल (नेटवर्क) बनाउने । तर मुलुकभर अहिले जम्मा १०० किलोमिटरभन्दा कम दूरीको रेलमार्ग छ र त्यही ट्र्याकमा… पुरा पढौ

तिहारमा यसकारण पुजिन्छन् काग, कुकुर र गाई

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । कागलाई पूजा गरेर सुरु भएको तिहार कुकुर पूजा, गाईपूर्जा, गोवर्द्धन पूजा गरिन्छ । लक्ष्मीपूजाको दिन हिन्दुहरूले आफ्नो घरमा माता लक्ष्मीको पूजा आराधना गर्छन्, जसले गर्दा माताको कृपा प्राप्त भएर धन—सम्पत्ति प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ । नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् र म्ह पूजा अर्थात् आत्मपूजा गरिन्छ । तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयकका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ । तिहारमा काग, कुकुर र गाई पूजा गर्नुकाे महत्वपूर्ण… पुरा पढौ

संयुक्त राष्ट्रिय जलवायु सम्मेलन र नेपालकाे प्रतिबद्धता

संयुक्त राष्ट्रिय जलवायु सम्मेलन कोपा—२६ मा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालका हिमाल, हिमनदी पग्लिदा हुने जोखिमका विषय उठाए । पर्वतीय भेगमा हिमनदी पग्लिनु नेपाललाई मात्र जोखिममा पार्ने कुरा नभएर तटीय क्षेत्रमा रहेका देशहरुले पनि समस्या भाेग्नु पर्ने विषय पनि उठाए । नेपालका हिमनदी पग्लँदा समुन्द्रको सतह बढ्ने र टापु देशहरुको अस्तित्व नै संकटमा पर्न सक्ने उनकाे भनाइ थियाे । यसरी प्रधानमन्त्री देउवाले हिमनदी पग्नु साझा समस्याको रुपमा व्याख्या गर्दै यसै अनुसार सम्बोधन गर्नु पर्ने बताए ।… पुरा पढौ

संयुक्त राष्ट्रसंघिय जलवायु सम्मेलन : जंगल विनाश रोक्ने विश्वका नेताहरुको प्रतिज्ञा

ग्लास्गो : संयुक्त राष्ट्रसंघिय जलवायु सम्मेलन कोप-२६ मा संसारका नेताहरुले वन विनाशसम्बन्धी महत्वपूर्ण सम्झौता गर्ने भएका छन्। संसारका १ सयभन्दा बढी राष्ट्र प्रमुखहरुले सन् २०३० भित्रमा वन विनाश रोक्ने गरी महत्वपूर्ण सम्झौता गर्ने भएका हुन्।  वन विनाश रोक्ने सम्झौतामा संसारका नेताहरुले प्रतिज्ञा गरेको र उनीहरुले मंगलबार सो सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। उक्त सहमतिअनुसार निजी एवम् सार्वजनिक कोषमा करिब १९.२ विलियन डलर रकम समावेश गरिनेछ।  विज्ञहरुले सो प्रतिज्ञाको स्वागत गर्दै संसारका नेताहरुलाई चेतावनी समेत दिएका छन्। वन विनाश रोक्न यसअघि… पुरा पढौ

सीता एयरको जहाज बँदेलका पाठासँग ठोक्कियो : तीन वटा बँदेलकापाठा मरे

सीता एयरको जहाज नेपालगन्ज विमानस्थलको धावनमार्गमा मंगलबार बँदेलसँग ठोक्किएर दुर्घटना भएको छ । जहाज बँदेलका पाठासँग ठोक्किँदा तीन वटा बँदेलका पाठा मरेका बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । नेपालगन्जबाट हुम्लाको सिमिकोट उड्ने क्रममा बिहान साढे ६ बवेतिर बँदेलका तीन वटा पाठा विमानमा ठोक्किएका हुन् । विमान चालक दलका ३ सदस्य र १४ यात्री भने सबै सकुशल रहेको सीता एयरले जनाएको छ । बँदेलसँग ठोक्किँदा जहाजको अगाडीको टायरभन्दा माथिल्लो भागमा क्षति पुगेको छ । बँदेलसँग जहाज ठोक्किएपछि मंगलबारका लागि हुम्लाको उडान… पुरा पढौ

राष्ट्रसंघमा डायनासोर : हाम्रो विनाशको कारण उल्कापिण्ड, तपाईहरुको बहाना चाहिँ के ?

राष्ट्रसंघको महासभा बैठकमा डायनासोर सरासर भित्र पस्छ । जलवायु परिवर्तन लगायत विश्वका जल्दाबल्दा विषयमा मान्छेले आप्नो प्रस्तुति दिँदै गरेको सभामा डायनासोर माइकसामु उभिन पुग्छ र पृथ्वीबाट कोही पनि लोप हुनु राम्रो नभएको डायनासोर बताउँछ । ‘सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ, मलाई बताउन दिनुस्, स्वाभाविक रूपमा तपाईंहरूलाई थाहा छ कि लोप हुनु राम्रो कुरा होइन, तर आफैंलाई जानी जानी समाप्त पार्ने ?' मानिस अप्नै व्यवहारको कारण लोप हुन सक्ने प्रति चिन्ता व्यक्त गर्छ । डायननासोर भन्छ, हाम्रो विनासको कारण उल्कापिण्ड… पुरा पढौ

हिमपात र हल्का वर्षाको सम्भावना छ, सतर्क रहनु : मौसम विभाग

जल तथा मौसम विज्ञान विभागले सोमबार मौसम बुलेटिन जारी गर्दै हिमपात र हल्का वर्षाको सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि आंशिक बदली रहने जनाएको हो । बुलेटिनमा अझै केही दिन उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको बताइएको छ ।मौसम विज्ञान विभागको… पुरा पढौ

जलवायु विश्व सम्मेलन : ठूला व्यवसायहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर सम्झौता अनुमोदन

जलवायु विश्व सम्मेलनमा विश्वका प्रमुख २० अर्थतन्त्र भएका नेताहरुले ठूला व्यवसायहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् । रोममा भइरहेको विश्वका प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरुले उक्च सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ । बहुराष्ट्रिय कम्पनीहरुले कम कर प्रावधानहरुको फाइदा उठाउँदै आप्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेको भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको हो । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रुपमा आइतबार स्वीकृत गरिने र सन् २०२३ बाट लागू हुने समाचार… पुरा पढौ