प्रकृति

मौसम पूर्वानुमान : जाडाे बढ्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेकोले हिमाली क्षेत्रमा हल्का हिमपातकाे सम्भावना रहेको र जाडो पनि बढ्ने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशि बदली रहने जनाएको छ । रातीको समयमा प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी तथा कर्णाली प्रदेशका भूभागहरु आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाबाट जारी… पुरा पढौ

युरोपमा वायु प्रदूषणबाट बर्सेनि ३ लाख बढीको मृत्यु

वायु प्रदूषणका कारण युरोपमा बर्सेनि ३ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्य एक रिपोर्टले देखाएको छ । युरोपियन इनभारोमेन्टल एजेन्सी (ईईए) ले हालै सार्वजनिक गरेको रिपोर्टले यो तथ्य देखाएको हो । वायु प्रदूषणको कारण युरोपमा बर्सेनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ३ लाख ७ हजार मानिसको अकालमै ज्यान जाने गरेको रिपोटमा उल्लेख छ । युरोपेली संघका सदस्य मुलुकहरुले विश्व विश्व स्वास्थ्य संगठनको मापदण्ड कार्यान्वयन गरेको भए सो संख्या आधाभन्दा कम गर्न सकिने समेत ईईले रिपोर्टमा उल्लेख गरेको छ । पुरा पढौ

कोरोना लागेर तीन वटा हिउँ चितुवाको मृत्यु : संरक्षणमा चुनौती

कोरोना लागेर अमेरिकामा हिउँ चितुवाको मृत्यु भएको खवर छ । अमेरिकाको नेब्रास्काको चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाको मृत्यु भएको द वासिङटन पोष्टले जाएको छ । द लिंकन चिल्ड्रेन जूमा रहेका एभरेस्ट, मकालु र रान्न्नी नाम गरेका हिउँ चितुवाको मृत्यु भएको हो । यहाँका चितुवालाई एक महिनाअघि कोराना संक्रमण देखिएको बताइएको छ । गत शनिबार तीनै वटा हिउँ चितुवाको मृत्यु भएको चिडियाखानाले जानकारी दिएको समाचारमा जनाइएको छ । हिउँ चितुवाको मृत्युले चिन्ता छाएको छ । चिडियाखानामा रहेका दुई बाघलाई पनि… पुरा पढौ

वनस्पति र नदीलाई पूजा गर्ने पर्व हरिबोधिनी एकादशी

हरिबोधिनी एकादशी औषधीय गुण भएको वनस्पति तुलसी र नदीलाई पूजा गर्ने पर्व हो । यो पर्वमा हिन्दू धर्मावलम्बीले घर घरमा तुलसीको मठ बनाएर तुलसी रोपेर पूजा गर्ने गर्दछन् ।  तुलसी औषधीय गुण भएको वनस्पति हो । तुलसीको पात, डाँठ, फूलको रस रुघाखोकी लगायत रोगका लागि औषधी हुने आयुर्वेदका चिकित्सक बताउँछन् । तुलसीको रस शरीरमा लगाएमा लामखुट्टेले टोक्दैन । तुलसीको हावाले विषालु कीटाणुलाई नष्ट गर्ने विज्ञ बताउँछन् । हरिबोधिनी एकादशीमा नदीलाई पूजा गरेर फूल तार्ने परम्परा रही आएको छ । हरिबोधिनी एकादशीमा… पुरा पढौ

मुस्ताङमा भीषण हिमपहिरो ११ जना घाइते

हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपािलकाको कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोट क्षेत्रको लेकमा आइतबार भीषण हिम पहिरो गएको छ । हिमपहिरो आएपछि भागदौडमा ११ जना घाइते भएका छन् । थासाङ गाउँको पश्चिममा पर्ने धौलागिरी हिमाल क्षेत्रको हिमालबाट ठूलो आवाजसहित भीषण हिम पहिरो खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । ठूलो आवाजसहित कालो मुस्लो हिमाली क्षेत्रबाट खस्न थालेपछि स्थानीयको भागदौड मच्चिदा स्थाीय घाइते भएका हुन् । घाइतेको जिल्ला अस्पतला जोमसोममा उपचार भइरहेको छ । हिमपहिरोमा परेर घाइते भएकाहरुलाई गण्डकी प्रदेश सरकारका… पुरा पढौ

कालीगण्डकी बचाऔँ अभियान : आऊ, हातेमालो गरौं

सदियौंदेखि अविरल बग्दैरुखबिरुवा र प्राणी जगतमा निरन्तर जीवनपान गराउँदैकैयौं परिवर्तनहरुको मूक साक्षी बसिरहेको एउटा प्राचीन नदी हुँ म। तिमीले देख्ने, लेख्ने र टेक्ने सबैमा छु म कहीँ न कहीँतर खै के सोचेर हो कुन्निअब मेरो प्राचीन मार्गमा धावा बोल्दै छौ अरेतर नबिर्सनु कहिल्यै म छु र तिमीहरु छौ म हुनु भनेको तिमीहरु हुनु हो। मेरो मार्ग बदल्न खोज्नु अगाडिमेरो प्रवाह छेक्न खोज्नु अगाडि मसँग जुध्नु अगाडि फुर्सदले पढ्नु सिन्धु र मायान सभ्यताका जन्म र मृत्युका पानाहरुयदि कुनै फरक परेन भने… पुरा पढौ

पेन्गुइन हिँड्याे ३ हजार किलोमिटर !

अन्टार्टिका महादेशमा एउटा पेन्गुइन ३ हजार किलोमिटर हिँडेको नयाँ रेकर्ड बनेको पाइएको छ । दुर्लभ पेन्गुइन यस अघि यति धेरै हिँडेको जानकारीमा थिएन । आप्नो बासस्थानबाट पेन्गुइन ३ हजार किलोमिटर हिँडेर न्युजिल्याण्डको कोस्टमा पुगेको पाइएको हो । सो पेन्गुइनले एक्लै १ हजार ८ सय ६४ माइलको लामो दूरीको यात्रा गरेको बीबीसीले स्थानीयको भनाई उदृत गर्दै समाचार लेखेकाे छ । पेन्गुइनले समुन्द्रको छेउछाउमा गुँड लगाउने गर्छ । एडेल्ली जातको पेन्गुइनको वासस्थान अन्टार्टिकाको प्रायद्धिप क्षेत्र रहेको बताइएको छ । यो जातको पेन्गुइन… पुरा पढौ

कोप २६: चीन र अमेरिकाबीच जलवायु सहकार्यलाई तीव्रता दिने सहमति

चीन र अमेरिकाले ग्लास्गोमा आयोजित कोप२६ जलवायु सम्मेलनमा एउटा आश्चर्यजनक घोषणा गर्दै आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन्। विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्ना कामलाई तीव्रता दिने उल्लेख गरिएको एउटा दुर्लभ संयुक्त वक्तव्य जारी गरेका छन्। सो वक्तव्यले प्यारिस सम्झौताले तय गरेको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न 'उनीहरूको सहकार्यको दृढ बाचालाई स्मरण' गरेको जनाएको छ। उनीहरूले उक्त लक्ष्य भेट्नका लागि रहेका 'उल्लेख्य खाडलहरू' पुर्ने प्रयासहरू बढाउने बताएका छन्। चीन र अमेरिकाले के भने?… पुरा पढौ

राष्ट्रिय जनगणना २०७८ सुरु : प्रकृतिदेखि संस्कृतिसम्मको गणना गरिँदै

राष्ट्रिय जनगणना २०७८ बिहीबार देखि सुरु हुदै छ । देश संघीयतामा गएपछि पहिलो पटक राष्ट्रिय जनगणना हुन लागेको हो । गणकहरुले घर घरमा पुगेर ८० वटा प्रश्नावली सोधेर विवरण भर्दैछन् । केन्द्रिय तथ्यांक विभागले ४० हजार गणक र साढे ८ हजार सुपरिवेक्षक खटाएको जनाएको छ । यसपटकको राष्ट्रिय जनगणनामा मान्छे मात्र होइन, प्रकृतिदेखि संस्कृतिसम्मकै विवरण लिइने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताएका छन् । यसपटकको जनगण्नामा व्यक्तिगत र पारिवारिक विवरण मात्रै संकलन नभएर आर्थिक सामाजिक, भौगोलिक अवस्थादेखि प्राकृतिक साधनस्रोतका विवरण पनि… पुरा पढौ

ओ कालीगण्डकी

सृष्टिको उद्भव र निरन्तरताको ब्रह्मसूत्र आफूभित्र समाहित गरेरपवित्रताको अमृतमय सुवास छर्दै गतिशीलताका औंलाहरुलेछङछङ र कलकलको अनुपम संगीत भर्दै बगिरहेकी प्रिय कालीगण्डकी तिम्रै पानीका थोपाहरुसँग मेरा आँसुले लिएका हुन् रङको सापटी ओ प्रिय कालीगण्डकी तिम्रा तिनै गहिरा छालहरुबाटैसिकेर जिन्दगीको दर्शनशास्त्र मेरा खुसीहरुले हालेका हुन् पखेटा तिमीले सिँचेर नै हराभरा भएको हो यो प्रकृतिको भूगोल चराहरुले गाइरहेका हुन् हर्षको चिरबिरर जलचरहरुले हानेका हुन् तृप्तिको बाँकटे तिम्रै बुई चढेर मुक्तिनाथ पुगीमैले देखेको हुँ परम मोक्षको सपना कागबेनीको किनारमा सुस्ताउँदैफेरेको हो मैले शान्तिको श्वासतिम्रै… पुरा पढौ