प्रकृति

हिमाली क्षेत्रमा हिउँदमा बढ्दै छ पानीको अभाव

एक महिना ढिलागरी हिउँदे वर्षा कृष्णमणि बराल पोखरामा यस वर्ष गत वर्षको तुलनामा एक महिना ढिलागरी हिउँदे वर्षा भयो । यहाँ पानी परे संगै हिमाली क्षेत्रमा पनि एक महिना ढिलागरी हिउँ पर्‍याे । गत वर्ष पुस महिनाको पहिलो साता नै पोखरामा पानी र हिमाली क्षेत्रमा हिउँ परेको थियो । यस वर्ष पानी र हिउँकालागी माघको २३ गते सम्म पर्खनु पर्‍याे । लामो समय पानी नपर्दा हिमाली क्षेत्रमा सुख्खा बढ्यो । पानी आइरहने खोला सुके । माघको पहिलो साता कास्कीको ताङतिङ,… पुरा पढौ

कलेजको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका अखेटोपहार जंगलमा भेटियो

पोखरा ः वन बिज्ञान अध्ययन संस्थान पोखराको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका ओखटोपहार जंगलमा फेला परेको छ । पोखरा १५ टुटुङ्गामा रहेको वन बिज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट माघ ९ गते अखेटोपहार चोरी भएको थियो । प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका ओखटोपहार फेला परेपछि । तस्बिर : जिल्ला प्रहरी कार्यालय कास्की । प्रयोगशालाबाट चितुवाको छाला ४ थान, चितुवाको दाँतहरु, अन्य हाड अखेटोपहार चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबराजबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा मंगलबार (माघ २०… पुरा पढौ

घाइते कालो चीललाई यसरी गरियो उद्धार (फोटो फिचर)

पोखरा ः घाइते भएर राम्रो संग उड्न नसक्ने अवस्थाको एउटा कालो चीललाई पोखरामा उद्धार गरिएको छ । पोखराको बैदाम स्थित बसन्त बैठकका गणेश पहारीले उड्न नसक्ने अवस्थाको चीललाई कागहरुले ठुगेको देखेपछि संरक्षणकर्मी कृष्णमणि बराललाई खवर गरेका थिए । बरालले चीलको उद्धार गरि जिल्ला वन कार्यालय कास्कीलाई खवर गरेका थिए । जिल्ला वन कार्यलयका कर्मचारी वन्यजन्तु उद्धार गर्न हालसालै संचालनमा आएको वाइल्डलाईफ एम्बुलेन्स सहित आएका थिए । उद्धार गरिएको चीललाई वन्यजन्तु उपचार केन्द लेखनाथमा राखिएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी… पुरा पढौ

सिमसार दिवस औपचारिकतामा सिमित

पाेखरा : २४ औं विश्व सिमसार दिवस पोखरामा औपचारिक कार्यक्रम गरि सिमसार क्षेत्रलाई सम्झना गरिएको छ । पोखराको फेवाताल किनार डेमसाइडमा प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालयको आयोजनामा मगलबार सिमसारको अवस्था र संरक्षणका विषयमा प्यानल बहस र वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले प्राधिकरण नै बनाएर सिमसार क्षेत्र संरक्षणकाे काम गरिरहेको सुनाए । ताल, पोखरी, कुवा, कुण्ड संरक्षणका काम भइरहेको उनले बताए । सिमसार संरक्षणमा नागरिकको पनि उतिकै दायित्व… पुरा पढौ

रामसारमा सूचीकृत पोखराका नौ ताल, अन्तर्राष्ट्रिय करण गरियो भएन संरक्षण

पाेखरा :  दिपाङ ताल किनारका ५० वर्षीय नारायणप्रसाद लामिछानेकाे परिवारकाे जमिन सरकारले २०३९ सालमा अहिले निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरेपछि विस्थापित भए । पुर्खाै देखि गाउँघर, छरछिमेकी सग मिलेर बसेकाे परिवार एक्लियाे । बुवाअामासँग ११ वर्षको उमेरमा पोखरा २७ दिपाङ ताल किनारमा बसाइँसराइ गरे । दिपाङ ताल । तस्बिर : कृष्णमणि बराल पोखराको भेडीफारम (छिनेडाँडा) मा १६ रोपनी जमीनसहित सुबिधा सम्पन्न घर थियो। सरकारले विमानस्थलका लागि पुख्यौली थलोबाट उठीबास गरेपछि ४ कक्षा पढ्दा पढ्दै दिपाङतालको पाखामा आएर… पुरा पढौ

राजगोमन सर्पको गुँड जोगाउन पोखरादेखि पर्वतको यात्रा

बिहीबारको दिन करिब २ बजे मेरो फोनमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम व्यवस्थापक नरेश सुवेदी सरको फोन आयो । पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा उहाँकी दिदीको घरनजिकैको अलपेश्वर गुफा नजिकै एउटा ठूलो सर्प एक हप्तादेखि बसिराखेको रहेछ । मेलै फोटो पठाउन अनुरोध गरेँ । फोटोप्राप्त लगतै मैले राजगोमन (कालीनाग)ले गुँड बनाउँदै गरेको हो भनेँ । उहाँले गाउँका मान्छे आवतजावत गरिरहने ठाउँमा नै सर्प बसिरहेको सुनाउनुभयो । त्यो सर्प समातेर अर्को ठूलो जंगलमा लगेर छाडिदिन उहाँले अनुरोध गर्नुभयो । स्थानीय विदुर… पुरा पढौ

चितुवाको छाला, सालकको खपेटा र आखेटोपहार सहीत युवा पक्राउ

पोखरामा एक युवा चितुवाको छाला, सालकको खपेटा र आखेटोपहार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोेलीले चेकजाँचको क्रममा मंगलवार साँझ पोखरा ३१ शिसुवाबाट बनपोखरी तर्फ जाँदै गरेको अवस्थामा २८ वर्षीय एक युवकलाई अबैध चितुवाको छाला, अबैध खपेटा र आखेटोपहार सहित पक्राउँ गरेको हो । प्रदेश नम्बर ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलमा सवार धादिङ गल्छी गाउँपालिका ४ बस्ने वर्ष २८ का सन्तोष लामिछाने पक्राउ परेका हुन् । उनले मोटरसाइकल पछाडी जेब्रा… पुरा पढौ

पोखरामा ११ वटा चित्रकूट चरा मृत भेटिए

पोखरा ५ पस्याङ्मा एकै ठाउँमा ११ वटा चित्रकूट नाम गरेका चरा मृत अवस्थामा भेटिएका छन्।  आइतबार ११ बजेस्थानीय कञ्चन थापा कोइरालाको घरको बरण्डामा चार वटा चित्रकूट नामका चरा आकाशबाट घाइते अवस्थामा खसेका थिए। ‘पानी खुवाएपछि एउटा भुर्र उडेर गयो’, उनले भनिन, ‘तीनवटा पानी खुवाउँदै गर्दा हातमै मरे।’  घर अगाडीको भुइँमा पनि आकाशबाट एक्कासी ९ वटा यही प्रजातीका चरा खसेको र पानी खुवाएपछि एउटा उडेको र अरु ८ वटालाई बचाउन नसकिएको उनले सुनाइन्।  एकै पटक यति धेरै संख्यामा चरा पहिलो पटक… पुरा पढौ

कालाे माछापुच्छ्रे हिमाल र सेताे गिद्ध

माछापुच्छ्रे हिमाल यति बेला कालापथ्थर जस्तै कालाे देखिएकाे छ । लामाे समय पानी नपरेकाेले पुस महिनाकाे दाेस्राे साता सम्म पनि हिमाली क्षेत्रमा हिउँ परेकाे छैन् । हाेचाे हिमाल माछापुच्छ्रे यति बेला अरु हिमाल भन्दा कालाे चट्टान जस्तै देखिएकाे हाे । ग्लोबल वार्मिंङकाे कारण ( विश्वमा तापक्रम बड्दै जाँदा) हिमालमा हिउँ पग्लदै गएकाे बिभिन्न अध्यन अनुसन्धानका रिपाेटहरु सार्वजनिक हुँदै अाएका छन् । पाेखराबाट कालाे चट्टान जस्तै देखिएकाे माछापुच्छ्रे हिमाल नजिकै भएर उडान भर्दै गरेकाे सेताे गिद्ध । तस्बिर : कृष्णमणि बराल… पुरा पढौ