प्रकृति

माल्टामा नयाँ कानुन : गाँजाका ४ बोट घरमा लगाउन पाइने, सात ग्राम बोक्न पाइने

युरोपेली मुलुक माल्टामा घरमा ४ बोट गाँजा रोप्न पाइने र सात ग्राम गाँजा बोक्ने पाइने गरि गाँजासम्बन्धी नयाँ कानुन पारित भएको छ । यो संगै माल्टा व्यक्तिगत प्रयोगकालागि गाँजा लगाउन र बोक्न पाइने पहिले यसरोपेली मुलुक बनेको हो । माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ कानुन पारित गरेको बीबीसीले जनाएको छ । संसदमा नयाँ कानुन पक्षमा ३६ र विपक्षमा २७ मत परेको हो । नयाँ कानुनले सार्वजनिक स्थलमा गाँजा तान्न प्रतिबन्ध लगाएको छ । उमेर हद पनि कानुलले तोकेर १८ वर्षमूनिका… पुरा पढौ

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना आजदेखि सुरु हुँदै

बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबार देखि बाघ गणना सुरु हुदै छ । ठाकुरद्धारामा एका औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बाघ गणना फागुन मसान्तमा सकिने गरि गणना देशका बाघ पाइने क्षेत्रमा गणना भइरहेको छ । मंसिर १९ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जबाट बाघ गणनाको सुरु गरिएको थियो । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा आज देखि चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने बताइएको छ । यसकालागि आवश्यक प्राविधिकसहित… पुरा पढौ

बस्ती झर्‍यो जङ्गली गधा, यसपालि ठुलो हिउँ पर्न सक्छ !

केही दिन अघि उपल्लो मुस्ताङका गाउँहरूमा जङ्गली गधा देखिएको खबर आइरहेको थियो । जुन कुरा पत्याउन निकै गाह्रो थियो । यस भन्दा अघि लोमान्थाङ वरपर यो वन्यजन्तु बस्ती नजिक आएको थाहा थिएन । मुस्ताङ लगायत उपल्लो हिमाली भागमा यसलाई क्याङ भनिन्छ ।   कसैले ५ वटा त कसैले एक  वटा मात्र देखेको खबर आइरहेको थियो । तर आफैले देख्ने मौका पाइएको थिएन । मिति २०७८/०८/१० गतेका दिन चराङ खोलामा एउटा क्याङ छ भन्ने खबर आयो । शनिवार बिहानै क्यामरा बोकेर… पुरा पढौ

चराको संकटग्रस्त अवस्था बढ्दो

चराहरूको विश्वव्यापी अध्ययन, अनुसन्धान र संरक्षणमा काम गर्ने छाता संस्था ‘बर्डलाईफ इन्टरनेशनल’ले बिहीबार राति सार्वजनिक गरेको चराको वर्तमान संरक्षण अवस्था प्रतिवेदनमा नेपालमा पनि पाइने तीन प्रजातिका चरा आईयुसियनको संकट सूचि रेडलिष्टमा कम जोखिमबाट बढी जोखिमको अवस्थामा उक्लिएका छन् ।  सानो खरमुजूर, सुनौलो तोपचरा र पहाडी सदलचिल बढी संकटग्रस्त अवस्थामा परेका हुन । उक्त प्रतिवेदन अनुसार विश्वमा पाइने चराका हरेक आठ प्रजाति मध्ये एक प्रजाति संकटमा रहेको जनाएको छ र यसो हुनुको मुख्य कारण चराको वासस्थान विनाशलाई मानेको छ । हाल… पुरा पढौ

मेलम्ची बाढीबाट विस्थापितकाे ६ महिनापछि पनि बेहाल

“फोटो नखिचौँ है,” दीपबहादुर ज्योतिले टाढैबाट चिच्याए । राजधानी काठमाडौंदेखि करिब ४० किलोमिटर उत्तरपूर्वमा मेलम्ची नदीको दायाँ किनारमा अवस्थित गनिसे गाउँका बासिन्दा हुन् ज्योति । गएको वर्षामा दुई पटकसम्म आएको विनाशकारी बाढीले ध्वस्त बनाएका गाउँमध्ये एक थियो, नदीकिनारको यो गाउँ पनि । सो बाढीमा परी २५ जनाको ज्यान गयो भने ठूलो भौतिक क्षति भएको थियो । यो नदीको किनारमा पर्ने अन्य कैयौँ बस्तीमा जस्तै गनिसेमा पनि सर्वत्र बालुवा र ठूला–ठूला ढुंगाका थुप्राबाहेक अरु केही देख्नै मुश्किल पर्छ ।मैले क्यामरा बन्द… पुरा पढौ

वन्यजन्तुलाई आहारको कमी : बस्ती पस्ने क्रममा गुल्मीकाे सडकमा मृत अवस्थामा भेटियाे चितुवा

गुल्मी :  जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौर तल्लाफाँटमा चितुवा मृत अवस्थामा भेटिएको छ । गुल्मीको मिमिया फाँट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवा भेटिएको स्थानीयले बताएका छन् । मृत अवस्थामा चितुवा भेटिएपछि स्थानीयले प्रहरी कार्यालय मजुवामा र कालीगण्डकीको  चन्द्रकोट सब डिभिजन बन कार्यालय सोतामा जानकारी गराएका थिए ।  डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत पंकज कुमार ठाकुरसहितको टोलीले घटनास्थल पुगी मृत चितुवालाई डिभिजन वन कार्यालय गुल्मीमा ल्याइएको छ । वनमा चितुवाको आहार कम हुँदा आहाराको खोजीमा चितुवा सहर पसेको… पुरा पढौ

बाघ गणना सुरु : पूरा होला त २५० पुर्‍याउने लक्ष्य

राष्ट्रिय बाघ सर्वेक्षण (गणना) आइतबार देखि सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा गणनामा प्रयोग हुने क्यामेराको वनमत्री रामसहायप्रसाद यादवले स्वीच अन गरेर गणना सुरु भएको घोषणा गरे । नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बाँके शुक्लाफाँट, बर्दिया गरी पाँचवटा राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्रमा बाघको बसोबास रहेको छ । गणनामा बाघ ओहरदोहर गर्ने क्षेत्रमा दुईतर्फ क्यामेरा राखिन्छ । क्यामेराको फ्रेम भित्र पर्ने गरी बाघ वा अन्य जनावर ओहरदोहर गर्दा स्वचालित क्यामेरामा तस्बिर कैद हुन्छ… पुरा पढौ

पोखरामा फिस्टेल रेस : हिमाल हेर्दै नाच्दै, रमाउँदै, उफ्रदै (तस्बिर सहित )

फेवाताललाई फनको मार्दै पोखरामा शनिबार फिस्टेल रेस भएको छ । १८ देशका करिव २ सय जनाको सहभागीता रहेको रेसमा सहभागीहरु पुम्दीको डाँडामा पुगेपछि हिमाल हेर्दै, उफ्रदै रमाएका थिए । शनिबार मध्यान्हसम्म पोखरा बजार र फेवातालमाथी बाक्दो कुहिरो लागेको थियो । पोखरा १७ डेभिज फलबाट बिहान ठ बजे सुरु भएको रेसमा सहभागीहरु कुहीरोले ढपक्कै ढाकीएको पोखरा बजारबाट दौडेर पुम्दी पुग्दा न्यानाे घाम र छ्वाङ् खुलेकाे हिमाल देखेपछि रमाएका थिए । विदेशी सहभागी मात्र होइन नेपाली पनि फेवाताल माथीको बाक्लो कपास जस्तो… पुरा पढौ

एमाले महाधिवेशन र लोपोउन्मुख गैंडा बहस

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा विश्वमै लोपउन्मुख एकसिंगे गैंडालाई लोगोमा र मस्कटकाे रुपमा राखेर बनाएको विषयले चर्चा पाएको छ । महाअधिवेशनमा ३ लाख ५० हजार रुपौयाँ खर्च गरेर गैडाको मस्कट पनि तयार गरिएको हाे। चितवन लोपोन्मुख जनावर गैडा संरक्षणका हिसाबले विश्वमै ख्याति प्राप्त भएकोले महाअधिवेशनमा लोगो र मस्कटको रुपमा प्रयोग गरिएको मञ्च व्यवस्थापन समितिका सदस्य विनोद श्रेष्ठले बताएका छन् । यसले संरक्षणमा र पर्यटन प्रवद्धनमा पनि महत्वपूर्ण रहने चितवनका पर्यटन व्यवसायीले बताएका छन् । संरक्षणकर्मीले पनि मस्कट र लोगोमा गैडाको… पुरा पढौ

मुस्ताङमा बिनाकालागी कस्तुरीलाई सिकारीकाे पोसो

हिमाल पारीको जिल्ला मुस्ताङमा रहेका कस्तुरी र बिनामा सिकारीको आँखा लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रभित्रको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ को जंगलमा सिकारीले बहुमुल्य बिना कालागि पासोमा पारेर वन्यजन्तु कस्तुरी मार्ने गरेको पाइएको हो । कस्तुरीको सिकारकालागि वन्यजन्तु तस्करले जंगलमा थापेको पासोमा परेर अन्य वन्यजन्तु पनि मरेका छन् । सूचनाको आधारमा गस्ती गर्दा पाँचवटा कस्तुरी पासोमा परेर मरेको अवस्थामा फेला परेको एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले बताए । पासोमा परेर दुईवटा रातो प्याउरो पनि मरेको उनले जानकारी… पुरा पढौ