
बाँकेमा बाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं ६ हवल्दारपुरकी ३२ वर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । माघीको लागि पात टिप्न भनेर बाँके राष्ट्रिय नजिकैको सामुदायिक वनमा पात टिप्न गएकी थारुको बाघले अक्रमण गरी ज्यान लिएको हो ।
माघीकालागि पात टिप्न गएका ६÷७ जनाको समूहमा बाघले थारुलाई झम्टिएर मारेको प्रहरीले बताएका छन् । बाघले आक्रमण गरेर मृत्यु भएकी थारुको शव जंगलमा भेटिएको छ । समूहमा रहेकी थारुलाई बाघले झम्टिएर लगेपछि अन्यले भागेर ज्यान जोगाउन सफल भएका छन् । दुई दिन अघि पनि बाघको आक्रमणबाट घाँस काट्न गएकी राप्ती सोनारीकी ५३ वर्षीय लिला विष्टको बाघको आक्रमणबाट ज्यान गएको थियो । शुक्रबार राप्ती सोनारीका बलबादुर पुन बाघको आक्रमणबाट जोगिएका थिए ।
राप्ती सोनारीमा भदौयता चार सर्वसाधारणको बाघको आक्रमणबाट ज्यान गएको छ । बाघले एक पछि अर्को गर्दै मान्छेलाई आक्रमण गर्न थालेपछि सर्वसाधारण त्रसित छन् । नरभंक्षी बाघ नियन्त्रण गर्न निकुञ्जको प्रयास विफल भएको छ भने स्थानीयले बाघ नियन्त्रणमा लिन माग गरेका छन् ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…