प्रकृति

दाङमा करिडोरको पहिचान गरी स्थापना गरियो चेतनामूलक बोर्ड

दाङको लमहीस्थित कर्री सामुदायिक वन क्षेत्रबाट अर्जुनखोला हुँदै अजम्मरी सामुदायिक वन क्षेत्र वन्यजन्तुको ओहोर–दोहोर गर्ने पुस्तैनी बाटो हो । वन्यजन्तु यही बाटो प्रयोग गर्दै बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसम्म पुग्छन् । लमही नगरपालिका क्षेत्रमा पुरानो र घना बोटबिरुवा भएको ठूलो वनजंगल क्षेत्र हो । यहाँ वन्यजन्तुको वासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रशस्त सम्भावना (वन्यजन्तु तथा घाँसपात) पाइन्छ । सोही कारण भएर पनि कर्री सामुदायिक वन क्षेत्रबाट अर्जुनखोला हुँदै अजम्मरी सामुदायिक वन क्षेत्र वन्यजन्तु ओहोर–दोहोर गर्दछन् र लमहीबाट… पुरा पढौ

बालुवाकै डसना, बालुवाकै सिरानीमा रमाउने हामी गोही गोठालाहरू

 गुँडको खोजी र अनुगमन २०७६ चैत्र ११ गतेदेखि मुलुकमा कोरोना रोग नियन्त्रणका लागि लकडाउन गरेपछि नेपाल सरकारले आफ्ना धेरै कर्मचारीलाई फुर्सदिलो बनायो। प्रकृति संरक्षणमा खटिएका कर्मचारीलाई भने त्यो छुट भएन। वन्यजन्तुको संरक्षणमा संलग्न राष्ट्रसेवकहरूले आ-आफ्नो क्षेत्रको संरक्षणको काम गर्नु  पर्दथ्यो । मैले पनि चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रको कार्यभार हेरेको थिएँ । निकुञ्जमा अरूले आ–आफ्नो शाखाहरूको काम सम्हालेजस्तै। चैत्रदेखि असारसम्म घडियाल गोहीको प्रजनन समय भएकोले सो काममा ध्यान दिनु पर्ने अवस्था रह्यो। विगत वर्षहरू जस्तै घडियालले नारायणी… पुरा पढौ

आज विश्व सर्प दिवस, सर्प र मानिसबिच सुमधुर सम्बन्ध स्थापना गरौँ

सर्प र मानिसबिच सुमधुर सम्बन्ध स्थापना गरी सर्प संरक्षण गर्ने हेतुले हरेक वर्ष जुलाई १६ का दिन विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरी सर्प दिवस मनाइन्छ । 'सर्प' नाम सुन्ने बित्तिकै हाम्रो दिमागमा भयानक, विषालु, डसालु जीव भन्ने सोचाइ आउँछ । हामीमध्ये कतिपयलाई सर्पले मानिसलाई देख्नासाथ टोकिहाल्छ र सर्पले टोक्नासाथ मरिहालिन्छ भन्ने लाग्न सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सर्पदंशका कारण विश्वमा हरेक वर्ष करिब १ लाख २५ हजार मानिसले ज्यान गुमाउँछन् । सर्पको टोकाइबाट यसरी ठूलो सङ्ख्यामा मान्छेहरूको मृत्यु हुने… पुरा पढौ

सिनो, कुकुर र गिद्धहरू

गत साता ठुलो वर्षा हुँदा पोखरा २२ पिपलडाली नजिकै फुस्रे खोलाले मुहान क्षेत्रबाट गोरु बगाएर ल्याएर फाँटमा मिल्कायो। बुधवार मरेको गोरु खेतमै लडेको थियो। किसानहरू नजिकै खेतमा धान रोप्न व्यस्त थिए।  मरेको गोरुको दुर्गन्ध हावामा फैलिसकेको थियो। गिद्धहरू त्यही सिनोको गन्ध पछ्याएर सिनोमा झुम्मिएका थिए। खोला किनारमा रहेको सिमलका रुखमा बस्ने गिद्धको सङ्ख्या पनि उतिकै थियो। कुनै गिद्ध आकाशमा कावा खाँदै सिकार हेरिरहेका थिए भने  कुनै सिनो भए तिर वेग हान्दै थिए।  १५-२० वर्ष पहिले सिनोमा डेढ दुई सय गिद्ध… पुरा पढौ

कालीगण्डकी नदी डाइभर्सन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कालीगण्डकी नदी डाइभर्सन नगर्न अन्तरिम आदेश दिएको छ।  प्रकाशमणि शर्माको रिटमा सुनुवाइ गर्दै बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराकाे एकल इजलासले कालीगण्डकीको वहाव रोक्ने गरी काम नगर्न अन्तरिम आदेश दिएको हो। आदेशमा कालीगण्डकीको प्राकृतिक वहावलाई डाइभर्सन गरेर रिजर्भवालयल बनाउने काम गर्नु पर्यावरण प्रतिकुल नहुने भन्दै त्यो काम नगर्न नगराउन भनिएको छ। आदेशमा नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम निकासी गर्ने लगायत प्राकृतिक र पर्यावरण प्रतिकुल हुने गरी काम नगर्न भनिएको हाे ।  कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन सरकारले तयारी गरेपछि वातावरण संरक्षणकर्मीले रिट दायर गरेका… पुरा पढौ

वनका च्याउले झुक्याउछ सङ्गतै नगरौँ !

वर्षा याममा वन पाखा, बारी, खोला, चौरमा विभिन्न थरीका च्याउ प्रशस्त उम्रन्छन् । यसरी उम्रेका सबै च्याउ खानयोग्य हुँदैनन् । कतिपय निकै विषालु हुन्छन् ।  यसैले च्याउ पाइयो, भेटियो भन्दैमा टिपेर खानु हुँदैन ।  वर्षा याम सुरूसँगै देशका विभिन्न जिल्लामा विषालु च्याउ सेवनबाट ज्यान गुमाएका समाचार आउन थालेका छन् । पोखरा ३३ पुँडीमा असार १२ गते शनिवार एकै परिवारका ६ जना सहित ८ जना विषालु च्याउ खाएपछि बिरामी परे । स्थानीय धारापानी सामुदायिक वनबाट ल्याएको च्याउ खाँदा बिरामी परेको प्रदेश… पुरा पढौ

फेवाताल पुरिनबाट जोगाउन बनाइएको ड्याम नै बिरामी

फेवाताल पुरिनबाट जोगाउन बनाइएको सिल्टेसन ड्याम बाढीले बगाएको छ । फेवातालको मुहान पोखरा २३ हर्पन खोलामा एक वर्ष अघि बनेको ड्याम बुधवार राति भत्केको हो । ड्याम भत्केपछि खोला ठूलाखेतको बस्ती नजिकै भएर बगेको छ । ड्याममा थुप्रिएको गेगर, कमेरो लगायत बाँध भत्केपछि हर्पन खोला हुँदै तालमा थुपारेको छ । तालको मुहान क्षेत्रमा गएको पहिरो पनि खोला हुँदै तालमा मिसिँदा फेवा हिलाम्य भएको छ । तालको मुख्य खोला हर्पन, अधेरी खोला, बेतयानी खोला लगायतका खोला हुँदै मुहान क्षेत्रमा वर्षा याममा गएको पहिरो तालमा… पुरा पढौ

वन बढेर बाँदरको बिगबिगी

२०७५ साल असार महिना । अध्ययनको सिलसिलामा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न गाउँहरू पुगेको थिएँ । मानव र बाँदर बिचको द्वन्द्वसम्बन्धी खोज गर्ने उद्देश्यले त्यहाँ पुगेको थिएँ ।मौसमले भने खासै साथ दिएको थिएन । यो अध्ययनका लागि उपयुक्त समय पनि रहेनछ।  मानिसहरू धानको बिउ काढ्ने, आली लगाउने, खेत रोप्ने काममा व्यस्त थिए । उनीहरूलाई रोपाइँको चटारो थियो । म भने बाँदर देख्नै नपाइने हो कि भन्ने चिन्तामा थिएँ । पहिलोपटक असारमा जाँदा मैले कुनै… पुरा पढौ

वर्षा याममा यसरी पुरिन्छ फेवाताल (फाेटाे फिचर)

रामसार क्षेत्रमा सूचीकृत पोखराको फेवाताल प्राकृतिक र मानवीय व्यवहारका कारण साँगुरिँदै गएको छ। वर्षा याममा ठुलो परिमाणमा गेग्र्यान, कमेरो र माटो थ्रुप्रिंदै जाँदा ताल सङ्कटमा पर्दै गएको छ । जलाधार क्षेत्रमा जाने पहिरो खहरे खोला हुँदै तालको मुख्य स्रोत हर्पन खोलामा मिसिएर तालमा थुप्रिन्छ। तालको गहिराइ पनि तीव्र रूपमा कम हुँदै गएको छ।  फेवातालको मुहानबाट तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्र्यान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ। समय श्रृखला विश्लेषणबाट यो अवस्था देखिएको हो। नापी विभागको… पुरा पढौ

जङ्गली ब्वाँसाहरू कसरी भए घर पालुवा कुकुर ?

कुकुरका छाउराहरू चञ्चल हुन्छन । खेल्न मन पराउँछन् । चाहे बलसँग होस, चाहे डोरीतान्ने खेल होस् वा साना साना गुडियाहरूलाई च्यातच्युत पार्ने कामहरूमा रमाइरहेका हुन्छन् । मानिसहरू यिनै कुकुरसँग खेल्दा आनन्द मान्छन् र हौसला बढेको ठान्दछन् । अध्ययनहरूले कुकुर पाल्ने मानिसहरू बिरालो पाल्ने मानिसहरू भन्दा धेर खुसी हुन्छन् र बढी हाँस्छन् भन्ने देखाएको छ।   कुकुरहरू मानिसहरूसँग खेल्न इच्छुक हुन्छन् । यो नै कुकुरहरूलाई घरपालुवा बनाउनुको मुख्य कारण भएको अध्ययनहरूको निष्कर्ष छ। यसैकारण नै मानिसहरूले कुनै निश्चित प्रयोजनका लागि कुकुरहरूको प्रजनन… पुरा पढौ