प्रकृति

यार्सागुम्बाको संसार

यार्सागुम्बा उच्च हिमाली घांसेमैदानमा पाइने एक किसिमको बहु उपयोगी जडीबुटी हो । यो प्रकृतिको अद्भुत सृजना हो । आम जनमानसलाई सुन्दा अनि हेर्दा पनि अचम्म लाग्ने तर विश्वास गर्नुपर्ने । तपाइँले सायद यसको बारेमा औधी सुन्नु भएको होला र कतिले त  विभिन्न प्रयोजनका लागि प्रयोग पनि गर्नु भएको होला । संसारमा प्रकृतिको यस्तो पनि सृजना छ जुन आधा प्राणी, मोथ किरा (निशाचर पुतली) र आधा वनस्पति अर्थात् च्याउबाट मिलेर बनेको हुन्छ । संसारमा यसलाई विभिन्न नामले चिनिन्छ । अङ्ग्रेजीमा यसलाई… पुरा पढौ

रोल्पामा बाँदरले खायाे अन्नपात, स्थानीयवासी आतङ्कित

जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी आतङ्कित बनेको परिवर्तत गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताउनुभयो । यहाँका खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित बनेको उहाँको भनाइ छ । ६ महिनासम्म दुःख गरेर लगाएको बाली बाँदरले गाउँमै पसेर नोक्सानी गरिदिएको पुन मगरले जानकारी दिनुभयो । “घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ”, उहाँले भन्नुभयो । बाँदरले बिरुवादेखि बोट हुँदै अहिले घोगा लागेका मकै… पुरा पढौ

अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका अडान कार्यान्वयन गर्न निर्देशन

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका विषयमा राखेका अडान कार्यान्वयन गर्न निर्देशन दिएको छ । जलवायु परिवर्तनका विषयमा भएको छलफलमा सभापति तारादेवी भट्टले विश्व तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेन्टिग्रेड कायम गर्न आवश्यक सहयोग पुर्याउन गर्नुुपर्ने पूर्वतयारीलगायत काम गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको हो । पुरानो अडान कायम राख्दा नेपालले गरेको प्रगति राष्ट्रिय अनुकूलन योजना र राष्ट्रिय प्रतिबद्धतालाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । नेपालको आफ्नै जलवायु परिवर्तन… पुरा पढौ

डार्टिङ गनसहितको जनशक्ति अभाव : एक महिनामा पनि भएन नीलगाई उद्धार

इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै स्थानीय मिफुङ लिम्बुको कृषि फार्ममा असार २२ गते पसेको  नीलगाई एक महिना बढी समय हुँदा पनि अझै उद्धार हुन सकेको छैन । नीलगाई उद्धार गर्न कृषि फार्मका सञ्चालक लिम्बुले प्रहरी प्रशासन, स्थानीय सरकार, डिभिजन वन कार्यालयमा पुगेर हारगुहार गरिरहेका छन् । तर वन कार्यालयले एक महिना बढी समय बितिसक्दा पनि उद्धार नगर्दा फार्म सञ्चालक मर्कामा परेका छन् । कृषि फार्ममा पसेको नीलगाईको बेलैमा उद्धार नहुँदा साढे ४ विगाह कृषि र्फाममा रहेका फलफूलका रुख, बिरुवा,… पुरा पढौ

मनसुन सक्रिय : अझै तीन दिन वर्षा हुने

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । उहाँँका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्ने छ । हाल गण्डकी प्रदेशमा सामन्यदेखि पूर्ण… पुरा पढौ

मेलम्चीको बाढीले थप तीन घर बगायो

अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको थापाले बताए । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ… पुरा पढौ

मनाङका बाढी पीडितलाई प्रदेश सरकारको राहत : पूर्ण क्षति भएका घर बनाउन प्रति परिवार २ लाख रुपैयाँ

गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई विशेष राहतको घोषणा गरेको छ । प्रदेशको दुर्गम जिल्लामा बाढीले पु¥याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सोमबार जिल्लाको नासों गाउँपालिका २ ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन गरेका छन् । स्थानीय पीडितसँगको अन्तक्र्रियाका क्रममा मुख्यमन्त्री पोखरेलले बर्खाको सुरुमै भएको क्षतिबाट आफू दुखी भएको भन्दै बाढीले पूर्ण क्षति पु¥याएका घर निर्माणका लागि प्रति घर २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे… पुरा पढौ

पोखराका प्राकृतिक सम्पदा भाडामा लगाउने प्रक्रिया अघि नबढाउन उच्च अदालतको आदेश

पोखराका महत्वपूर्ण प्राकृतिक सम्पदा भाडामा लगाउन पोखरा महानगरपालिकाले गरेका सम्झौता र भाडामा लगाउने सम्पूर्ण प्रक्रिया अघि नबढाउन उच्च अदालत पोखराले आइतबार अन्तरिम आदेश दिएको छ । पोखरा महानगरपालिकाले सेती नदी, पाताले छाँगो, रामघाट सहित पोखराका ५ प्राकृतिक सम्पदा सार्वजनिक निजी साझेदारी (सानिसा) कार्यक्रम अन्तर्गत लामो समयका लागि भाडामा दिन गरेको निर्णय र सम्झौता खारेजीको माग गर्दै पोखराका कानुन व्यवसायीले साउन १७ मा रिट दायर गरेका थिए । महानगरपालिकाले सेती खोंचमा साहसिक पर्यटकीय पूर्वाधार र डेभिज फल्समा सिसाको पुलसहितका पूर्वाधार बनाउन… पुरा पढौ

सालकको खपटासहित दुई पक्राउ

नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक किलो ५०० ग्राम सालकको खपटासहित मकवानपुर बकैया गाउँपालिका–२ का ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँकै ४० वर्षीय धनबहादुर योञ्जनलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले सालकको खपटा झोलामा बोकेर बेचबिखन गर्न हिँडिरहेको अवस्थामा बालाजुबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले… पुरा पढौ

नागपञ्चमी : नागकाे पूजा र संरक्षण एक दिनमात्र हाेइन वर्षभरी गरौं

वैदिककालदेखि सुरु भएको नाग पूजा शुक्रबार देशभर नागको पूजा अर्चना गरी नागपञ्चमी मनाइँएको छ । नागदह, कुण्ड, मन्दिरमा रहेका नाग, गाउँ र परिवारले बनाएका नागस्थानमा पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगाउतका परिकार प्रसादको रुपमा चढाएर नागपञ्चमी मनाइँएको हो । नागको पूजा अर्चना गरेपछि घरका मूलढोकामा नागको चित्र टाँसेर नागपञ्चमी मनाइँन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइँन्छ । यसरी नागपञ्चमी मनाइँउदा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुको साथै अग्नि, मेघ र चट्याङको भयबाट… पुरा पढौ