प्रकृति

कालीगण्डकी बचाऔँ अभियान : कविता शृङ्खला सुरु

कालीगण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ । अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो । अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहनविरुद्ध सङ्घर्षरत छ । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेले विसं २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’बाट ‘नदी सप्तक’ कविता शृङ्खला सुरुआत गरिएको अभियानकर्मी आरके अदिप्त गिरीले बताउनुभयो । मन्दक्रान्ता छन्दमा लेखिएको उक्त कवितामा कालीगण्डकीको वैभव र महिमा वर्णन छ । शनिबारदेखि सुरु भएको कविता शृङ्खलामा सयभन्दा बढी… पुरा पढौ

उपल्लो मुस्ताङमा भेटियो नेपालको लागि नयाँ चरा

नेपालमा पहिलो पटक ठेउवा प्रजातिको नयाँ चरा भेटिएको छ l  ‘युरोपियन रोलर’ वा ‘यूरोसियन रोलर’  नाम गरेको सो प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत उपल्लो मुस्ताङबाट अभिलेख गरिएको होl  सांस्कृतिक गाउँ लोमान्थाङ नजिककै केकीघांङ क्षेत्रमा ‘इलाका संरक्षण कार्यालय’ लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले भाद्र १३-१५ गते सो प्रजातिको  तस्बिरहरू  खिचेका हुन्l खिचिएको सो तस्बिरहरु  सुरुमा नेपालमा पाइने गरेको ठेउवा हो कि भनेर अड्कल गरिएको थियो l तर सो तस्बिर पहिचानको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण… पुरा पढौ

बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु

बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । गए राति १० बजेतिर एक जनालाई करेन्ट लागेको थियो । बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।… पुरा पढौ

बिस्तारै उठ्दै छ बाढीले क्षतविक्षत बनाएको मनाङ

हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको छ । मस्र्याङ्दी नदीमा आएको बाढी र पहिराले मनाङको मेरुदण्ड मानिने डुम्रे–बँेसीशहर–चामे सडकखण्ड पूर्णरुपमा क्षति पुगेको छ । बाढीपहिराले क्षति पु¥याएको तीन महिना पूरा भएपछि अहिले भने एकाध भागमा सवारीसाधन चल्न थालेका छन् । केही ठाउँमा भने सडकको निसाना नै नहुँदा नयाँ… पुरा पढौ

ढोरपाटनमा सिकार खेलाउने तयारी

ढोरपाटन सिकार आरक्षमा सिकार खेलाउन पाँच कम्पनीले दरभाउपत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको थियो । विभागका अनुसार सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले बोलपत्रमा भाग लिएको हो । बोलपत्रको प्रक्रिया पूरा गरेपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउँछन् । प्रतिस्पर्धाबाट शिकार गराउनका लागि हरेक शिकार याममा विद्युतीय बोलपत्र आव्हान गर्ने गरिएको विभागका सूचना अधिकारी हरिभद्र… पुरा पढौ

वन किसानको गुनासो ‘आफ्नै वन प्रयोग गर्दा हामी तस्कर ?’

गलकोट: विगत २५ वर्षदेखि फर्निचर व्यवसायमा लाग्नुभएका बागलुङका दुर्गा विश्वकर्माले अहिले फर्निचर उद्योगमा १० जनालाई रोजगारी दिँदै आउनुभएको छ । विसं २०५२ मा तीन हजार तलब खाएर फर्निचर व्यावसाय थाल्नुभएका दुर्गाले अहिले बागलुङ नगरपालिका–४ कुँडुलेमा आफ्नै फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन् । आफूले राज्यलाई कर तिरेर उद्योग चलाउँदासमेत पटक/पटक काठ तस्करीको आरोप सामना गर्दै आएको उहाँको गुनासो छ । “आफ्नै पारिवारिक वनबाट समेत काठ ल्याउँदा काठ तस्कर भनेर जेल हालियो, के हामीले राज्यको निकायमा दर्ता गरेर कर तिरेरसमेत उद्योग सञ्चालन… पुरा पढौ

राजमार्गमा बाघ : त्रासमा स्थानीय

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा छन् । स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँ नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले दैनिक काम गर्नसमेत नसकेको अवस्था छ । गत आइतबार ४५ वर्षीय एक पुरुषलाई महेन्द्रराजमार्गअन्तर्गत पर्ने गाभर… पुरा पढौ

४० माईक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोग नगरौं : वन तथा वातावरण मन्त्रालय

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषण गरेको थियो । मन्त्रालयले सरकारको घोषण कार्यान्वयनका लागि पुन आग्रह गरेको हो ।  वन तथा वातावरण मन्त्रालयका सचिव डा पेम नारायण कंडेलबाट सार्वजनिक सूचनामा वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी… पुरा पढौ

सुदूरपश्चिममा वन्यजन्तु उद्धार केन्द्र नहुँदा समस्या

गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन । बर्दियाबाट आएको उद्धार टोली महेन्द्रनगर पुग्न नपाउँदै बाघको मृत्यु भयो । शुक्लाफाँटाको घाइते बाघ त एउटा प्रतिनिधिमुलक घटना मात्रै हो, सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनमा वन्यजन्तुको उद्धार गर्न यहाँ अहिलेससम्म उद्धार केन्द्र नै छैन् । “बाघ पासोमा परेर घाइते भएकै दिन उद्धार गर्न सकिएको भए बचाउन सकिन्थ्यो, उद्धार टोली… पुरा पढौ

आईजी नोबेल पुरस्कारः गैँडालाई उत्तानो झुन्ड्याएर गरिएको अनुसन्धान पनि पुरस्कृत

अफ्रिकामा वासस्थान स्थानान्तरणका लागि यसरी जनावरहरूलाई ओसार्ने क्रम निकै बढिरहेको छ । गैंडालाई उत्तानो झुन्ड्याएर जनावरहरूमा कस्तो असर पर्छ भन्नेबारे गरिएको एउटा अनुसन्धानलाई यो वर्षको आईजी नोबेल पुरस्कार प्रदान गरिएको छ। फुटपाथमा टाँसिएका चुइगममा पाइने जीवाणु तथा पनडुब्बीमा साङ्ला नियन्त्रणका लागि अनुसन्धान गर्ने टोलीहरूले पनि यो पुरस्कार हात पारेका छन्। तर "नक्कली नोबल" वा "व्याङ्ग्यात्मक नोबेल" पनि भनिने यो पुरस्कारको ख्याति नोबेल पुरस्कारको जस्तो चाहिँ छैन। हार्भर्ड यूनिभर्सिटीमा हुँदै आएको यो पुरस्कार वितरण कार्यक्रम कोरोनाभाइरससम्बन्धी प्रतिबन्धका कारण यो वर्ष भौतिक… पुरा पढौ