प्रकृति

पग्लँदै हिमाली बस्ती

दुई महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर ग¥यो । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने ती बस्तीमा एकाएक ओइरिएको पानीले परम्परागत रुपमा निर्मित माटोका छत भएका यहाँका अधिकांश घरमा क्षति पुगेको मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका ज्येष्ठ नागरिक कालबहादुर थकालीले जानकारी दिनुभयो । “यस क्षेत्रमा यसअघिका वर्षमा यति धेरै पानी परेको मेरो अनुभवमा छैन,” ७५ वर्षीय थकालीले… पुरा पढौ

मादी नदीकाे कटानले ६६३ घरधुरी जोखिममा

गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन् । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन् । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको… पुरा पढौ

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेतीलाई पक्राउ गरिएको हो । चितवनकै भतरपुर महानगरपालिका–२८… पुरा पढौ

पोखराकाे जमिनमा पर्ने भ्वाङ र वैज्ञानिक यथार्थ

पोखरामा विशेषगरी बर्षातको समयमा ठाउँठाउँमा जमिनमा भ्वाङ पर्नु पोखरामा प्राय: हरेक साल भइरहने एउटा प्राकृतिक प्रकोप हो । जसको समयमै उचित व्यवस्थापन गरेन भने विपदमा परिणत धेरै समय लाग्दैन । पोखराको माटो चुनयुक्त छ, जुन पानीसँग मिसिएपछि घुलेर जान्छ । जसले गर्दा माटोभित्र खोक्रोपन उत्पन्न हुन्छ । त्यसपछि माटोको आफ्नो भार बहन शक्ति घटदछ र अन्तत: माथिको माटो तल भासिन्छ, जसलाई हामी भ्वाङ अर्थात् सिङ्क हाेल  भनेर जान्दछौ । भ्वाङ हुन नदिन सबैभन्दा उत्तम उपाय भनेकै पानी परेपछि बगेर आउने… पुरा पढौ

पोखरामा यस वर्षकै धेरै वर्षा : सेतीमा बन्यो ताल, फेवातालमा बढ्यो पानीको सतह

नेपालमै धेरै पानी पर्ने सहर हो पोखरा । पोखरामा २४ घण्टामा सबैभन्दा धेरै ३ सय ५७ मिलिमिटर सम्म पानी परेको रेकर्ड छ । सन् २००१ को अगस्ट १८ मा पोखरामा यति धेरै पानी परेको थियो । पोखरामा गत २४ घण्टामा यस वर्षकै धेरै पानी प¥यो । सोमबार बिहान ८ः४५ मा जल तथा मौसम विज्ञान विभागले प्रकाशन गरेको २४ घण्टाको देशभरको मौसमी विवरणमा पोखरामा २६०.१ मिलिमिटर पानी परेको जनाएको छ । गत वर्ष पोखरामा २४ घण्टामा सबैभन्दा धेरै वर्षा जुलाई १० मा… पुरा पढौ

यार्सागुम्बाको संसार

यार्सागुम्बा उच्च हिमाली घांसेमैदानमा पाइने एक किसिमको बहु उपयोगी जडीबुटी हो । यो प्रकृतिको अद्भुत सृजना हो । आम जनमानसलाई सुन्दा अनि हेर्दा पनि अचम्म लाग्ने तर विश्वास गर्नुपर्ने । तपाइँले सायद यसको बारेमा औधी सुन्नु भएको होला र कतिले त  विभिन्न प्रयोजनका लागि प्रयोग पनि गर्नु भएको होला । संसारमा प्रकृतिको यस्तो पनि सृजना छ जुन आधा प्राणी, मोथ किरा (निशाचर पुतली) र आधा वनस्पति अर्थात् च्याउबाट मिलेर बनेको हुन्छ । संसारमा यसलाई विभिन्न नामले चिनिन्छ । अङ्ग्रेजीमा यसलाई… पुरा पढौ

रोल्पामा बाँदरले खायाे अन्नपात, स्थानीयवासी आतङ्कित

जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी आतङ्कित बनेको परिवर्तत गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताउनुभयो । यहाँका खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित बनेको उहाँको भनाइ छ । ६ महिनासम्म दुःख गरेर लगाएको बाली बाँदरले गाउँमै पसेर नोक्सानी गरिदिएको पुन मगरले जानकारी दिनुभयो । “घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ”, उहाँले भन्नुभयो । बाँदरले बिरुवादेखि बोट हुँदै अहिले घोगा लागेका मकै… पुरा पढौ

अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका अडान कार्यान्वयन गर्न निर्देशन

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका विषयमा राखेका अडान कार्यान्वयन गर्न निर्देशन दिएको छ । जलवायु परिवर्तनका विषयमा भएको छलफलमा सभापति तारादेवी भट्टले विश्व तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेन्टिग्रेड कायम गर्न आवश्यक सहयोग पुर्याउन गर्नुुपर्ने पूर्वतयारीलगायत काम गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको हो । पुरानो अडान कायम राख्दा नेपालले गरेको प्रगति राष्ट्रिय अनुकूलन योजना र राष्ट्रिय प्रतिबद्धतालाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । नेपालको आफ्नै जलवायु परिवर्तन… पुरा पढौ

डार्टिङ गनसहितको जनशक्ति अभाव : एक महिनामा पनि भएन नीलगाई उद्धार

इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै स्थानीय मिफुङ लिम्बुको कृषि फार्ममा असार २२ गते पसेको  नीलगाई एक महिना बढी समय हुँदा पनि अझै उद्धार हुन सकेको छैन । नीलगाई उद्धार गर्न कृषि फार्मका सञ्चालक लिम्बुले प्रहरी प्रशासन, स्थानीय सरकार, डिभिजन वन कार्यालयमा पुगेर हारगुहार गरिरहेका छन् । तर वन कार्यालयले एक महिना बढी समय बितिसक्दा पनि उद्धार नगर्दा फार्म सञ्चालक मर्कामा परेका छन् । कृषि फार्ममा पसेको नीलगाईको बेलैमा उद्धार नहुँदा साढे ४ विगाह कृषि र्फाममा रहेका फलफूलका रुख, बिरुवा,… पुरा पढौ

मनसुन सक्रिय : अझै तीन दिन वर्षा हुने

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । उहाँँका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्ने छ । हाल गण्डकी प्रदेशमा सामन्यदेखि पूर्ण… पुरा पढौ