प्रकृति

धौलागिरी हिमालको चुचुरोमा पहिलो पटक पत्रकार पूर्णीमा सहित दुई नेपाली महिलाको पाइला

विश्वको सातौं अग्लो धौलागिरी हिमालको शिखरमा पहिलो पटक नेपाली महिलाको पाइला परेको छ । फोटो पत्रकार पूर्णीमा श्रेष्ठ र पासाङ लामु शेर्पा अंकिताले पहिलो पटक धौलागिरी हिमालको सफल आरोहण गरेर शिखर चुमेका हुन् । सफल आरोहण संगै पहिलो पटक नेपाली महिलाले धौलागिरी हिमालको आरोहण गर्ने किर्तिमान उनिहरुले बनाएका छन् । सेभेन समिट टे«किङ कम्पनीमार्फत श्रेष्ठ र शेर्पा असोज २ गते ८ हजार १ सय ६७ मिटर उग्लो धौलागिरी हिमालको आरोहणकालागि मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर आरोहणकालागि गएका थिए । पूर्णिमासहित… पुरा पढौ

जलवायु परिवर्तनको असर अध्ययन गर्न विश्वकै सबैभन्दा उच्च सगरमाथा क्षेत्रमा मौसम स्टेसन

पृथ्वी तात्ने क्रम बढे सँगै हिमालय क्षेत्रमा यसको असर तिब्रगतिमा पर्दै गएको छ । हिमालयमा हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी सुक्ने क्रम पनि उस्तै छ । विश्वले नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको छ । अति वर्षाबाट भोग्नु पर्ने समस्या देखि सुक्खा, डढेलोका कारण विश्व समुदायले बेहोर्नु परेका दुःख पनि पछिल्ला वर्षहरूमा बढ्दो छ । यसै क्रममा नेशनल जियोग्राफी र रोलेक्सले हालै गरेको सगरमाथा अभियानमा नयाँ कीर्तिमानहरु कायम गरेको छ । सगरमाथा अभियानमा तीन नयाँ कीर्तिमान… पुरा पढौ

राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री : जलवायु संकट समाधानको दिशामा ब्रेक थुरु हुनु पर्छ

परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रसंघको महासभामा बोल्दै आगामी नोभेम्बर महिनामा हुने जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी सम्मेलनमा कोपा—२६ सम्मेलन जलवायु संकट समाधानको दिशामा ब्रेक थुरु हुनु पर्ने बताएका छन् । संंयुक्त राष्ट्र संघको ७६ औं महासभालाई उनले सम्बोधन गर्दै यसो भनेका हुन् । सम्मेलनमा विश्व तापमानलाई १।५ मा सीमित गर्ने विषयमा छलफल हुने छ । महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले विकोसोन्मुख मुलुकलाई अनुकूलन कार्यक्रम सञ्चालन गर्नका लागि आर्थिक र प्राविधिक सहयोग हुनुपर्ने बताए । सो सम्मेनमा नेपादबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी… पुरा पढौ

संस्मरण : नयाँ वर्षामा यसरी खुवाइयाे गिद्धलाई भोज

जाजरकोट जिल्लाको बारेकोट क्षेत्रमा हुर्किएको म बालापनदेखि नै गिद्धसँग साक्षात्कार र परिचित थिएँ । छिनाझपटी गर्दै सिनो लुटिरहेका गिद्धहरूको बथान र चर्तिकला देख्दा त्यसै-त्यसै मन आनन्दित हुन्थ्यो । समयक्रमसँगै हजारौँको संख्यामा यत्रतत्र सर्वत्र पाइने ती गिद्धहरू पछिल्ला दशकहरूमा सयौँमा र विरलै देखिन थालेका थिए । पेशाले पशु स्वास्थ्यकर्मी म यसरी गिद्धहरूको अप्राकृतिक विनाशको कारण त पशु उपचारमा हामीले नै प्रयोग गर्ने पीडानाशक औषधि डाइक्लोफेनेक पो रहेछ । जुन औषधि डेढ दशक अघिदेखि नै पशु उपचारमा प्रयोगमा प्रतिबन्धित छ र त्यसको… पुरा पढौ

मौरीले टोक्दा दर्जनौँ अफ्रिकी पेन्ग्विनको मृत्यु

एउटा दुर्लभ घटनामा मौरीले चिल्दा दक्षिण अफ्रिकाको केप टाउननजिकै दर्जनौँ सङ्कटापन्न अफ्रिकी पेन्ग्विन मरेको पक्षी संरक्षणकर्मीहरूले बताएका छन्। साइमनस्टाउनमा बस्ने झुन्डका ती ६३ वटा पक्षीहरू समुद्री किनारमा मृतावस्थामा फेला परेका थिए। तिनको शरीरमा धेरै मौरीले टोकेको देखिएको थियो। तर अरू चोटपटक थिएन। प्रसिद्ध बाउल्डर्ज बीचमा उक्त प्रकारको घटना भएको पहिलो पटक थाहा पाइएको राष्ट्रिय निकुञ्जका अधिकारीहरूले बताएका छन्।“प्रायः पेन्ग्विन र मौरीको सह(अस्तित्व हुन्छ,” दक्षिण अफ्रिकाको वन्य निकुञ्ज हेर्ने निकाय स्यानपार्क्समा कार्यरत जीववैज्ञानिक डा। एलिसन ककले भनिन्। “नबिच्किएसम्म मौरीले टोक्दैनन् –… पुरा पढौ

कुकुर पाल्न पोखरामा पनि दर्ता अनिवार्य

कुकुर व्यवस्थापनमा समस्या देखिएपछि पोखरामा अव कुकुर पाल्न दर्ता गर्नु पर्ने भएको छ । कुकुर पाल्ने तर कुकुरका स्याहारसुसार नगर्ने अवस्थाका कारण पोखरा लगायत देशभर सडक कुकुरको सङ्ख्या बढ्दो क्रममा छ ।  यसैलाई ध्यानमा राखेर पोखरा महानगरपालिकामा बिहीबार देखि वडा कार्यालयबाट अनुमति पत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ बाट महानगरपालिकाले यो अभियान सुरु गरेको हो । दर्ता गर्दा प्रति कुकुर सय रुपैयाँ तिर्नु पर्ने छ । कुकुर पाल्ने तर स्याहार सुसार नगर्ने, सडक, पार्कमा… पुरा पढौ

हिमाली क्षेत्रमा नयाँ भ्यागुता र हाब्रेहरू

हिमाली क्षेत्रका वैज्ञानिकहरूले आनुवंशिक प्रविधिको प्रयोग गरेर नयाँ प्रजातिहरू पत्ता लगाउँदै छन् र आनुवंशिक विविधताको उजागर पनि गर्दैछन् । उनीहरूले पत्ता लगाएका कुराहरूले हिमाली क्षेत्रमा पाइने जैविक विविधताको संरक्षणसित सिधा सम्बन्ध राख्दछन् । सन् २०१५को गर्मी याममा वन्यजन्तु वैज्ञानिक जनक खतिवडाले नेतृत्व गरेको टोलीले अरुण नदीको किनारैकिनार उत्तरतर्फ चार हप्ता हिँडेर नेपालको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने उच्च पहाडी क्षेत्रसम्म यात्रा गरेको थियो । टोलीको उद्देश्य नेपालको पूर्वी क्षेत्रमा रहेका ‘हेरेप्टोफाउना’ (घस्रने जीव तथा उभयचरहरू) को सर्वेक्षण गर्नु थियो । यात्रामा… पुरा पढौ

तस्करको निसानामा रेडपाण्डा

रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो ।  विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेड पाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ । संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्करले रेड पाण्डालगायत अन्य जनावर चोरी–निकासी गर्ने क्रम बढेको हो ।  खुलेआम रेडपाण्डालगायत अन्य जनावरको सिकार गरी अङ्ग ल्याउन व्यापारी गाउँगाउँमा पुग्ने गरेको बारेकोट गाउँपालिका–५ का प्रेम सिंहले जानकारी दिए… पुरा पढौ

जुम्लाका किसान भालु भगाउन रातभर जाग्राम

मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । यहाँको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् । सो गाउँपालिका–६ का स्थानीयवासी नरिमान रावतले भने, 'भालुले मकै सखाप पार्न थालेपछि किसान मकै बारीमै बस्न थालेका छन् ।'  यहाँको प्रमुख बाली भनेकै मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हुँदैन । यही मकै भालुले… पुरा पढौ

कालीगण्डकी बचाऔँ अभियान : कविता शृङ्खला सुरु

कालीगण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ । अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो । अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहनविरुद्ध सङ्घर्षरत छ । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेले विसं २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’बाट ‘नदी सप्तक’ कविता शृङ्खला सुरुआत गरिएको अभियानकर्मी आरके अदिप्त गिरीले बताउनुभयो । मन्दक्रान्ता छन्दमा लेखिएको उक्त कवितामा कालीगण्डकीको वैभव र महिमा वर्णन छ । शनिबारदेखि सुरु भएको कविता शृङ्खलामा सयभन्दा बढी… पुरा पढौ