प्रकृति

फेवा किनारमा संरक्षण पदयात्रा

वातावरण संरक्षणकालागि महाअभियान कास्कीले पोखराको फेवाताल किनारमा संरक्षण पदयात्रा कार्यक्रम गरेको छ । यस अघि पोखरा उपत्यका बृहत् सरसफाइ अभियानको नाममा सरसफाइ कार्यक्रम गर्दै आएको यस संस्थाले पछिल्लो समयमा वातावरण संरक्षणकालागि सचेतना कार्यक्रम अन्तर्गत स्वच्छ वातावरणकालागि पदयात्रा कार्यक्रम सुरु गरेको हो ।  वातावरण संरक्षणकालागि महाअभियान कास्कीको आयोजना र खहरे आमा समूहको संयोजनमा भएको कार्यक्रम हल्लनचोकबाट गैराको चौतारा सम्म सरसफाइ गर्दै पदयात्रा गरिएको हो । कार्यक्रममा बंगलादी आमा समूह, खहरे आमा समूह, माछापुच्छ्रे« महिला क्लब, अभियान आमा समूह, सामुदायिक सेवा केन्द्र,… पुरा पढौ

वर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

वर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । कर्णली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको आक्रमणबाट मउत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजापुर नगरपालिका १० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किदै गर्दा हात्तीले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताएका छन् । हात्तीको आक्रमणबाट मृत्यु भएका दहितको शव आइतबार बिहान फेला परेको थियो । पुरा पढौ

विश्वकाे नमुना सामुदायिक वन व्यवस्थापनमा समस्या देखियाे : मुख्यमन्त्री पोखरेल

वनमाथिको अधिकारमा संघ सरकारको हस्तक्षेप रहेकाे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले बताएका छन् । वन व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि आवश्यक नीति निर्माणका लागि गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिले तनहुँको बन्दीपुरमा भएकाे क्लोज क्याम्पमा बाेल्दै मुख्यमन्त्री पाेखरेलले । प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने सवालमा संघ उदार हुन नसकेकाे बताएका हुन् । वन ३ तहकै सरकारको साझा अधिकारको सूचीमा छ । ३ तहका सरकारबीच समन्वय हुनुपर्नेमा त्यसो हुन सकेको छैन । संघले २०७६ मा वन ऐन ल्यायो । जुुुन… पुरा पढौ

नेपालबाट बारिरिन थाल्यो मनसुन : विशेष मनसुन बुलेटिन सहित

यस वर्षको मनुसन नेपालबाट बाहिरिन थालेको छ । मनसुन बाहिरिन लागे संगै ठूलो पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागबाट नेपालको मनसुन बाहिरिन थालेको हो । औसत समय भन्दा एक साता ढिलो गरी शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मनसुनको वहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनुसन केही पछाडी सरेको हो । पुरा पढौ

रेन्जरकाे काखमा भाइरल गोरिल्ला एनडीआकासीको निधन

एनडीआकासी नामक गोरिल्लाको निधन भएको छ । यस गोरिल्लाले रेन्जरसँग खिचेको सेल्फी निकै भाइरल भएको थियो । गोरिल्लाले सेल्फी खिच्ने क्रममा प्रकट गरेको आनन्द भावको सुन्दर तस्बिरका कारण गोरिल्ला भाइरल भएको थियो । सन् २००७ मा सिकारीले आमाबाबु दुबैलाई मारिदिएपछि रेन्जर एन्द्रे बाउमाले उद्धार गरेर एनडीआकासीलाई संरक्षण गर्दे आएका थिए । त्यस बेला एनडीआकासी मृत आमासँगै टाँसिइरहेको अवस्थामा उद्धार गरिएको बताइएको छ । १४ वर्षको उमेरमा मृत्यु भएको समाचारमा जनाइएको छ । अफ्रिकाको पुरानो राष्ट्रिय निकुञ्ज भिरुङ्गामा उद्धार गरेर संरक्षण… पुरा पढौ

विश्व अक्टोपस दिवस: अक्टोपसबारे रोचक तथ्य

मस्तिष्कका कोषहरू शरीरभरि फैलिएको अक्टोपस रमाइलो, जिज्ञासु र उपद्रवी जीव हो। जसका विशेषताले हामीलाई आश्चर्यमा पार्न सक्छ।दार्शनिक तथा स्कुबा डाइभर पिटर गडफ्रे स्मिफले आफ्नो अडियो पुस्तक अदर माइन्डस: द अक्टोपस एन्ड द इभोलुसन अफ इन्टेलिजेन्ट लाइफमा यसबारे रोचक विवरणहरू समेटेका छन्। यी अस्थिपञ्जरविहीन प्रजातिको जन्तुबारे केही रमाइला विवरण: १. मस्तिष्कको कोष 'हात'मा हुन्छ अक्टोपसको स्नायु प्रणाली ठूलो हुन्छ। औसत अक्टोपसमा ५० करोड मस्तिष्कका कोषहरू हुन्छन्। त्यसले उनीहरूको मस्तिष्कको शक्ति कुकुरजस्ता साना स्तनधारी जन्तु जत्तिकै हुन्छ। कुकुर, मानव र अरूभन्दा फरक… पुरा पढौ

हराउँदै चरा, माछा र जीवहरु

अमेरिकाको माछा र वन्यजन्तु संरक्षण निकायले हालै २३ प्रजातिका चरा, माछा र अन्य प्रजातिहरु लोप भएको घोषण गरेको छ । अब कहिल्यौ नदेखिने चरा, माछा र अन्य जीवहरु भन्दै बीबीसीले प्रसारण गरेको भिडियो समाचारमा लोप भएकामध्ये ११ प्रजातिका चरा, दुई प्रजातिका माछा, एउटा प्रजातिकाे चमेरो र एउटा प्रजातिकाे बिरुवा रहेको छ । हामी जीवहरुलाई लोपहुनबाट बचाउन आप्नो जीवन समर्पण गछौं । त्यसैले कुनै प्रजाति लोप भएको घोषण गर्नु पर्दा हामीले हार स्विकार गरेको जस्तै असहज हुने यूएस फीस एन्ड वाईल्ड… पुरा पढौ

“ माफ गर्नुहोस् चुम् बासी – लोक्पा पहिरोसँग हारेँ ”

उत्तरी गोरखाको चुम् उपत्यका प्राकृतिक सुन्दरता, जैविक विविधता अनि सांस्कृतिक र धार्मिक पहिचानबाट संसारभर नै प्रख्यात छ । एउटा अहिंसाको क्षेत्र भनेर चुम् उपत्याकाकाे भिन्नै पहिचान छ । त्यही चुम् उपत्यका जाने मुख्य पद मार्ग, बिगत् दुई महिनादेखि निरन्तर चलिरहेको लोक्पा र सार्दी भिर बीचको पहिरो (जसलाई सबैले लोक्पाको पहिरो भनेर चिन्दछन्) ले गर्दा ठप्प भएको दुई महिना बढी भै सकेको छ । हेली चार्टर गरेर, त्यहाँ जानुबाहेक अरू विकल्प अहिलेलाई छैन । चुम् उपत्यका साबिकको चुम्चेत गा. बि. स.… पुरा पढौ

चार वटा बाघले घेरिएका गोठालालाई हात्तीले बचायो

बाँकेमा भैसी र बाख्रा चराउन जंगल गएका गोठालालाई चार वटा बाघले घेरेपछि हात्तीले बचाएको छ । बाँकेको राप्ती सोेनारी गाउँपालिका १ गाभरमा स्थानीय २५ वर्षीय हिरा खड्का, २४ वर्षीया कालिका खड्का र ५६ वर्षीया सेतु ओलीलाई बाघले घेरा हालेको थियो । पूर्व—पश्चिम राजमार्गदेखि करिब १ किलोमिटर दक्षिणमा उनिहरुको घरदेखि करिब २ किलो मटिर नजिकै सामूदायिक वन क्षेत्रमा गोठालाहरुलाई बाघले घेरेको हो । बाघले बिस्तारी गोठालालाई र बाख्रालाई आक्रमण गर्ने गरि घेरोहाल्दै अगाडी बढेपछि सबै जना रुखमा चढेर हारगुहार मागेको सेतु… पुरा पढौ

प्रसिद्ध पप गायिका शकिरा परिन् बँदेलको आक्रमणमा

पप सुपरस्टार शकिराले आफ्नो आठ वर्षीय छोरासँग बार्सिलोनास्थित एउटा पार्कमा डुलिरहँदा अचानक दुइटा बँदेलको आक्रमणमा परेको बताएकी छन्। कोलम्बियाकी यी गायिकाले आफ्नो झोला थुत्नुअघि बँदेलहरूले आफूमाथि आक्रमण गरेको र पछि रूखहरूबीच लुकेको बताइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् बुधवार शकिराले शृङ्खलाबद्ध रूपमा त्यस्तो अनौठो भोगाइ साझा गरेकी हुन्। च्यातिएको झोला क्यामेरातिर देखाउँदै उनले भनिन्न, : हेर्नुहोस् पार्कमा ममाथि आक्रमण गरेका दुइटा बँदेलले मेरो झोला कस्तो हालतमा छोडेका छन्। पछिल्लो पीडिततिनीहरूले मोबाइल भएको मेरो झोला रूखहरूबीच लगिरहेका थिए । पप गायिकाले भनिन सबथाेक… पुरा पढौ