
पेरुमा एउटा घरपालुवा कुकुर फ्याउरोमा परिणत भएको दाबी गरिएकाे छ । किनेको केहि महिनाको अन्तरालमै सो कुकुर फ्याउरोमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी लिमास्थित सानो पसलबाट एक व्यक्तिले १३ अमेरिकी डलरमा कुकुरको छाउरो किनेका थिए । हस्की जातको कुकुर भनेर किनेका उनले कुकुरको नाम ‘रन रन’ नाम राखेका थिए ।
तर सो कुकुरले जंगली जनावरको सिकार थालेको भन्दै गाउँले र सम्बन्धित निकायका मानिसले उजुरी गर्न थालेपछि सो कुकुर फ्याउरो भएको पुष्टि भएको हो । सो कुकुर किनेको करिब चार/पाँच महिनामै फ्याउँरोमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फ्याउरोमा परिणत भएको सो कुकुर जंगली जनावर भएको पेरुको राष्ट्रिय वन तथा वन्यजन्तु विभागले बताएको समाचारमा जनाइएकाे छ।
विभागका अनुसार तस्करहरुले अमेजोनियन क्षेत्रबाट अवैध रुपमा जंगली जनावर ल्याउने गरेको र राजधानी लिमालगायत शहरी क्षेत्रमा बेचविखन गर्ने गरेको पाइन्छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…