सरकारले जलवायु परिवर्तनबाट जनजीवनमा परेको जोखिमलाई न्यूनीकरण गर्न जलवायु अनुकूलन, न्यूनीकरण र पुनरूत्थान कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि संशोधित बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै जलवायुमैत्री, दिगो, दरिलो र समावेशी हुनेगरी विकास आयोजना र कार्यक्रमहरू कार्यान्वयन गरिने जानकारी गराउनुभयो । यसगरी काठमाडाँ उपत्यकालगायतका शहरी क्षेत्रमा जनस्वास्थ्य तथा स्वच्छ वातावरण कायम गर्न खुला स्थानको प्रबन्ध गरिने बजेट बक्तव्यमा उल्लेख छ…
पुरा पढौ