प्रकृति

हात्तीको बथान नफर्किँदा त्रास

भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका कारण जिल्लावासी त्रासमा छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते बाहुनडाँगी गौँडा हुँदै भित्रिएका ती हात्ती लामो समय यहीँ रहेकाले उनीहरूमा त्रास सिर्जना भएको हो । मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शङ्कर लुइँटेलका अनुसार भारतको सुकुना वन क्षेत्रबाट मेची नदी तरेर हात्तीको बथान आहारको खोजीमा बर्सेनि नेपाल पस्ने गथ्र्याे । नेपालले बाहुनडाँगीको तिरिङदेखि काँकरभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको सात वर्षपछि हात्तीको… पुरा पढौ

कालीगण्डकी नदीको सभ्यता बचाउन कविताबाट खबरदारी अभियान

कालीगण्डकी नदीमाथिको मनलाग्दी दोहनविरुद्धको अभियानमा कविहरू पनि एकाकार भएका छन् । कालीगण्डकी बचाउने पवित्र लक्ष्यप्रति कविहरूले सिर्जनाकामार्फत एक्येबद्धता जनाएका हुन् । निर्मम दोहन झेलिरहेको कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन रचनात्मक दबाब बढाइरहेको ‘कालीगण्डकी बचाऔँ अभियान’ले कवितामार्फत राज्ययन्त्र र दोहनकारीमाथि खबरदारी सुरु गरेको हो । कविका कालीगण्डकी पक्षधर रचनालाई अभियानले ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गरिने जनाएको छ । अभियानकर्मी आरके अदिप्त गिरीले देशभरका स्रष्टाका प्रतिनिधि कविता सङ्ग्रहमा समावेश हुने बताउनुभयो । “खुलारूपमा कविता आह्वान गरेका छौँ, अहिलेसम्म ६० भन्दा बढी रचना प्राप्त… पुरा पढौ

शनिबारबाट मौसममा सुधार हुने

विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । “मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ”, उहाँले भन्नुभयो ।… पुरा पढौ

हिमालय क्षेत्रहरु जलवायु संकटको उच्च जोखिममा

बेइजिङ: तिब्र रुप फैलिइरहेको जलवायु परिवर्तनका कारण चीनको छिङहाई क्षेत्रमा अवस्थित तिब्बतीयन प्लेटो क्षेत्र जलवायु संकटको उच्च जोखिममा रहेको वैज्ञानिकहरुले बताएका छन् । उक्त क्षेत्रको अध्ययनपछि फर्किएको चिनियाँ वैज्ञानिकको टोलीले तिब्बतीयन प्लेटो क्षेत्रमा जलवायु संकटको जोखिम उच्च रहेको बताएका हुन् । तिब्बतीयन प्लेटो चीनको दुर्गम उत्तरपश्चिम क्षेत्र (तिब्बतको छिङहाइ-गान्सु), नेपालको उत्तरी (हिमाली) क्षेत्र, भारतको लद्धाखदेखि पश्चिमी क्षेत्र, भुटान, पश्चिम ताजकिस्तान र दक्षिण किर्गिस्तानसम्म फैलिएको छ । वैज्ञानिकहरुले तिब्बतीयन प्लेट फैलिएको पूर्वी, मध्य र दक्षिण एसिया क्षेत्र जलवायु संकटको उच्च जोखिममा… पुरा पढौ

मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्न विद्युतीय तारबार

जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै पालिकाका बासिन्दा पीडित हुँदै आएका छन् । क्षति न्यूनीकरणका लागि विगत एक दशकदेखि विद्युतीय तारबार गर्न थालिएको छ । मानव र हात्तीबीच वर्षौंदेखि चल्दै आएको द्वन्द्व न्यूनीकरणमा करिडरले सघाउने अपेक्षा गरिएको छ । यस वर्ष मेचीनगरको चारआली वनदेखि उत्तर मागुरमाडी वनसम्म ५८ किलोमिटर… पुरा पढौ

पग्लँदै हिमाली बस्ती

दुई महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर ग¥यो । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने ती बस्तीमा एकाएक ओइरिएको पानीले परम्परागत रुपमा निर्मित माटोका छत भएका यहाँका अधिकांश घरमा क्षति पुगेको मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका ज्येष्ठ नागरिक कालबहादुर थकालीले जानकारी दिनुभयो । “यस क्षेत्रमा यसअघिका वर्षमा यति धेरै पानी परेको मेरो अनुभवमा छैन,” ७५ वर्षीय थकालीले… पुरा पढौ

मादी नदीकाे कटानले ६६३ घरधुरी जोखिममा

गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन् । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन् । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको… पुरा पढौ

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेतीलाई पक्राउ गरिएको हो । चितवनकै भतरपुर महानगरपालिका–२८… पुरा पढौ

पोखराकाे जमिनमा पर्ने भ्वाङ र वैज्ञानिक यथार्थ

पोखरामा विशेषगरी बर्षातको समयमा ठाउँठाउँमा जमिनमा भ्वाङ पर्नु पोखरामा प्राय: हरेक साल भइरहने एउटा प्राकृतिक प्रकोप हो । जसको समयमै उचित व्यवस्थापन गरेन भने विपदमा परिणत धेरै समय लाग्दैन । पोखराको माटो चुनयुक्त छ, जुन पानीसँग मिसिएपछि घुलेर जान्छ । जसले गर्दा माटोभित्र खोक्रोपन उत्पन्न हुन्छ । त्यसपछि माटोको आफ्नो भार बहन शक्ति घटदछ र अन्तत: माथिको माटो तल भासिन्छ, जसलाई हामी भ्वाङ अर्थात् सिङ्क हाेल  भनेर जान्दछौ । भ्वाङ हुन नदिन सबैभन्दा उत्तम उपाय भनेकै पानी परेपछि बगेर आउने… पुरा पढौ

पोखरामा यस वर्षकै धेरै वर्षा : सेतीमा बन्यो ताल, फेवातालमा बढ्यो पानीको सतह

नेपालमै धेरै पानी पर्ने सहर हो पोखरा । पोखरामा २४ घण्टामा सबैभन्दा धेरै ३ सय ५७ मिलिमिटर सम्म पानी परेको रेकर्ड छ । सन् २००१ को अगस्ट १८ मा पोखरामा यति धेरै पानी परेको थियो । पोखरामा गत २४ घण्टामा यस वर्षकै धेरै पानी प¥यो । सोमबार बिहान ८ः४५ मा जल तथा मौसम विज्ञान विभागले प्रकाशन गरेको २४ घण्टाको देशभरको मौसमी विवरणमा पोखरामा २६०.१ मिलिमिटर पानी परेको जनाएको छ । गत वर्ष पोखरामा २४ घण्टामा सबैभन्दा धेरै वर्षा जुलाई १० मा… पुरा पढौ