
चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ । मृत्युको कारण खुल्न सकेको छैन । निकुञ्जले आज जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ ।
सोही खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत फेला परेको छ । खोरमा १२ अर्ना थिए । यस निकुञ्जमा १२ कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ चिडियाखानाबाट स्थानान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याईएको थियो ।
यहांँ ल्याएपछि ७ वटा बच्चा जन्मिएका छन् । विभिन्न कारणले १० अर्ना मरेका कारण १२ वटा अर्ना मात्र बांँकी छन् । रासस



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …