प्रकृति

कालीगण्डकी डाइभर्सन सधैंका लागि बन्द गर : कालीगण्डकी बचाऔं अभियान

कालीगण्डकी डाइभर्सनले प्रदेशकाे सभ्यता, नदीवरपरका जैविक विविधता विनाश र संकट निम्त्याउने भन्दै डाइभर्सन परियोजना सधैंका लागि रोक्न जनस्तरबाट माग गरिएको छ । ‘कालीगण्डकी बचाऔं अभियान’को तर्फबाट बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विनाशकारी परियोजना तत्काल रोक्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् । कालीगण्डकी प्रदेशको सभ्यता संग जाेडिएकाे महत्वपूर्ण सम्पदा हाे । सिङ्गो नदीलाई अर्कोतर्फ मोड्ने परियोजना गण्डकीवासीको आस्था र संस्कृतिमाथिको खेलबाड हुनुकाे साथै यहाँका जैविक विविधतामाथी पनि खेलबाड हाे । परियाेजना अघि बढाउने गरी कार्यालय स्थापना भएसंगै अभियन्ताहरूले परियाेजना सधैका लागि… पुरा पढौ

कालीगण्डकी डाइभर्सन आयोजना तत्काल रद्ध गर्न गण्डकी प्रदेशवासीको माग

पोखरा : प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि सर्वत्र विरोध भएको छ । यसै विषयमा गण्डकी सरकारले सोमबार सर्वपक्षीय /सर्बपक्षीय बैठक गरेको छ । बैठकमा सहभागी राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिले एक स्वरमा उक्त आयोजनाको विरोध गरेका छन् । उनीहरुले यो आयोजना तत्काल रद्ध गर्न संघ सरकारसँग आग्रह गरेका छन् । बैठकपछि सहभागी सबैले साझा अवधारणासमेत सार्वजनिक गरेका छन् । बैठकपछि जारी निर्णयमा भनिएको छ, ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक र… पुरा पढौ

वृक्षरोपणको नालीबेली : परिणाम र पुनर्स्थापनामुखी वृक्षरोपण आजको आवश्यकता

अङ्ग्रेजी क्यालेन्डरको  जून ५ तारिकको दिन विश्व वातावरण दिवस मनाउँदै गर्दा सामाजिक सञ्जालमा वृक्षरोपण गरेको फोटोहरू प्रशस्तै पोस्ट गरिए । यस्तै पोस्टलाई व्यङ्ग्य गर्दै एक जनाले फेसबुकमा  अर्को पोस्ट गरे ’आज नयाँ बिरुवाको फोटो नहालौँ बरू अघिल्लो  वर्ष रोपेको बिरुवा कस्तो भएछ त्यो देखाऊँ’। यो प्रत्युत्तरले हाम्रो वृक्षरोपण नतिजामुखी भन्दा वातावरणीय योगदानको मानक  बनेको  एक पवित्र  कर्मकाण्डको रूपमा मात्र  देखिएको छ भन्ने कुरा दर्साउँछ। यस्तै पोस्टलाई व्यङ्ग्य गर्दै एक जनाले फेसबुकमा  अर्को पोस्ट गरे ’आज नयाँ बिरुवाको फोटो नहालौँ बरू… पुरा पढौ

कालीगण्डकी डाइभर्सन नरोकिए संघर्षमा उत्रन्छौ : गण्डकी प्रदेश मुख्यमन्त्री नेपाली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी डाइभर्सन गरिए जैविक विविधता, मानव सभ्यता नै प्रभावित हुने भन्दै डाइभर्सन योजना अघि बढ्न नदिइने बताएका छन् । सिंगो प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना सुरु गर्न लागेको भन्दै कुनै हालतमा सफल हुन नदिने बताएका हुन् । प्रदेशको भावनाविपरीत जाने प्रयासलाई नागरिकलाई उतारेर भए पनि सफल हुन नदिने बताएका छन् । विश्व हिन्दु महासंघसहित विभिन्न संघसंस्थाका तर्फबाट आइतबार ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारसँग गरेको आग्रह पालना नभएमा र प्रदेशको आवाजको सुनुवाई… पुरा पढौ

कालीगण्डकी डाइभर्सन जैविक विविधता र मानव समुदायकालागि ठूलो चुनौती : पूर्व मन्त्री गुरुङ

कालीगण्डकी डाइभर्सन भारतीय शासकको स्वार्थ अनुरूप संघीय शासन प्रणालीको भावना, मूल्य र मान्यता विपरीत पोखरा : नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कालीगण्डकी डाइभर्सन जैविक विविधता र मानव समुदायकालागि ठूलो चुनौती हुने भन्दै नदी डाइभर्सन हुने विषयको फेसबुकमा स्टाटस लेखेरे बिरोध गरेका छन् । जैविक विविधता र मानव सभ्यतालाई नै अप्ठ्यारोमा पर्ने गरी कालीगण्डकी नदी डाइभर्सन हुनै नसक्ने भन्दै संघीय सरकारका पूर्व वन मन्त्री समेत रहेका नेकपा एकालेका नेता गुरुङले नदी डाइभर्सन… पुरा पढौ

सिल्टेसन ड्याम निजी कम्पनीलाई २४ वर्षकालागि दिने महानगरको निर्णय विवादमा

कास्की: फेवाताल पुरिनबाट जोगाउन निर्माण भएका तालको मुहानका ४ वटा सिल्टेसन ड्याम २४ वर्षकालागि निजी कम्पनीलाई ‘सार्वजनिक निजी साझेदारीअनुसार दिने पोखरा महानगरपालिकाको निर्णय स्थानीयले विरोध गरेका छन्।  सिल्टेसन ड्याम सरोकार समितिका सहसंयोजक बिष्णु दहालले सिल्टेसन पोखरी मर्मत, सम्भारको नाममा यहाँको खोला दोहन गर्ने गरी महानगरपालिकाले २४ वर्ष सम्म निजी कम्पनीलाई दिने निर्णय मान्य नहुने बताए। सम्झौतामा सिल्टेसन ड्यामको साथै यहाँका सबै खोलाबाट गिटी, बालुवा, ढुङ्गा उत्खनन गर्ने गरी सम्झौता भएकोले बस्ती र ताल नै जोखिम हुने गरी भएको सम्झौता मान्य… पुरा पढौ

सिमसार जोगाउन तीन तहकै सरकारको बेवास्ता: फेवा सिमसार जोगाउनै मुस्किल

मानव सभ्यताको विकास नै नदी, खोला किनारबाट भएको हो। मानिसको सभ्यता मात्र होइन सिमसार जैविक विविधताको घर हो। सिमसारमा विभिन्न प्रजातिका वनस्पति पाइन्छन् । सिमसार मानिसकालागि स्वस्च्छ पानीका स्रोत हुन् । चराचुरुङ्गीदेखि विभिन्न प्रजातिका जलचरको वासस्थान पनि हाे । यसैले सिमसार नासिँदा जैविक विविधताको घर नष्ट हुने र वातावरणमा पनि खलल पुग्ने सिमसारविद  डा. शलु अधिकारी बताउँछिन्। सिमसार क्षेत्रबाट छानिएर शुद्ध पानी नदी, खोला र तालमा पुग्छन्। यसरी सिमसारले हाम्रो मिर्गौलाले शरीरलाई हानी गर्ने पदार्थलाई फाली सफा शुद्ध रगत मुटुमा… पुरा पढौ

मुस्ताङको मार्चेखर्कमा हाम्रो मार्चपास

मार्चे खर्कमा प्रत्येक श्रावण महिनाको पहिलो हप्ता चौँरीको रगत खाने मेला लाग्छ। यस समयमा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतलगायत थुप्रै जिल्लाका मानिसहरूको घुइँचो लाग्ने गर्छ।  चौँरीको रगत खायो भने ग्यास्टिकलगायतका अन्य रोगहरू सन्चो हुन्छ भन्ने जनविश्वास छ। चौँरी (याक)ले विषादी भएको खानेकुरा खाँदैनन् र लेकको जडीबुटी खाएर स्वस्थ भएकोले  यिनको रगत राम्रो हुन्छ भन्ने विश्वास गरिन्छ।  थकाली भाषामा चौँरीको रगत खाने परम्परालाई ‘प्रियकाथुङब’ भनिन्छ, ‘प्रिय’ अर्थात् चौँरी, ‘का’ अर्थ रगत र ‘थुङब’ अर्थ पिउने हो । एउटा वयस्क भाले चौँरीबाट ३०… पुरा पढौ

विश्व चर्चित साढे दुई करोड बढीको परियोजना पुरस्कार पाउने पहिलो नेपाली

हुम्लाका युवा अनुसन्धानकर्मी रिन्जिन फोन्जोक लामाले विश्वमै चर्चित परियोजना पुरस्कार पाएका छन्l  उनले पाएको यो पुरस्कारको रकम २ लाख स्विस फ्रेंक रहेको छl उपल्लो हुम्लाको जैविक विविधता संरक्षणको लागि सो रकम खर्च गरिने छl उनले सो परियोजनाकोको परिकल्पना गतबर्षको लकडाउनमा गरेका थिएl उनी भन्छन्’ यो पुरस्कारले म एकदमै खुसी भएको छुl  स्थानीय नेतृत्व अभिवृद्धि, संस्कृति र वन्यजन्तु संरक्षणमा सो रकमको प्रयोग हुनेछ’l हाल उनी थर्ड पोल कन्जरभेन्सी र माउन्टेन स्प्रिट नाम संस्थासँग आबद्ध छन् l उपल्लो हुम्लाको नाम्खा , निन्बा… पुरा पढौ

के किरा-फट्याङ्ग्रा मार्दै हुनुहुन्छ? यिनको महत्व यस्तो छ !

२० लाखदेखि ३ करोडसम्म रहेका किराहरु सबैभन्दा बढी पाइने जिवहरुमा पर्दछl यिनको पनि संरक्षण गर्नुपर्छ भन्यो भने मानिसहरु अचम्भित हुन्छन् l किनभने मानिसहरु किरा-फट्याङ्ग्रा मार्नुलाई सामान्य मान्छन्l तर तिनीहरूलाई मार्नुअघि हामीले सोच्न आवश्यक छ किनभने तिनीहरूको सङ्ख्या विश्वभर नै नराम्ररी घट्ने क्रममा छ। हाम्रो पर्यावरणको संरक्षण गर्नका लागि र खानेकुरा उत्पादन गर्न किरा-फट्याङ्ग्राको महत्त्वपूर्ण भूमिका हुन्छ।‘हामीले संसारबाट किरा-फट्याङ्ग्रालाई हटायौँ भने हामी पनि मर्छौँ,’ लण्डनको न्याचुरल हिस्ट्री म्यूजियमका वरिष्ठ क्यूरेटर इरिका मक्यालिस्टरले बीबीसीलाई बताएकि छिन्l किरा-फट्याङ्ग्राले जैविक संरचनालाई भत्काउँछन् जसका कारण… पुरा पढौ