
दाङको लमहीस्थित कर्री सामुदायिक वन क्षेत्रबाट अर्जुनखोला हुँदै अजम्मरी सामुदायिक वन क्षेत्र वन्यजन्तुको ओहोर–दोहोर गर्ने पुस्तैनी बाटो हो । वन्यजन्तु यही बाटो प्रयोग गर्दै बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसम्म पुग्छन् । लमही नगरपालिका क्षेत्रमा पुरानो र घना बोटबिरुवा भएको ठूलो वनजंगल क्षेत्र हो । यहाँ वन्यजन्तुको वासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रशस्त सम्भावना (वन्यजन्तु तथा घाँसपात) पाइन्छ । सोही कारण भएर पनि कर्री सामुदायिक वन क्षेत्रबाट अर्जुनखोला हुँदै अजम्मरी सामुदायिक वन क्षेत्र वन्यजन्तु ओहोर–दोहोर गर्दछन् र लमहीबाट बाँके बर्दिया निकुञ्ज हुँदै पुनः लमहीका विभिन्न सामुदायिक वन क्षेत्रमा वन्यजन्तु आउजाउ गर्छन् ।
पछिल्लो समयमा डिभिजन वन कार्यालय देउखुरी दाङ लमहीले, लमही नगरपालिकाअन्तर्गत पर्ने सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुलाई आवागमन सहज होस् भनेर करिडोरको पहिचान गरी वन क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई जनचेतना जगाउनुका साथै वन क्षेत्रभित्र पानीका मुहान संरक्षण तथा तलाउ निर्माण गरिन थालिएको छ ।
पछिल्लो समयमा डिभिजन वन कार्यालय देउखुरी दाङ लमहीले, लमही नगरपालिकाअन्तर्गत पर्ने सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुलाई आवागमन सहज होस् भनेर करिडोरको पहिचान गरी वन क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई जनचेतना जगाउनुका साथै वन क्षेत्रभित्र पानीका मुहान संरक्षण तथा तलाउ निर्माण गरिन थालिएको छ ।
बाँके र दाङको सिमाक्षेत्रमा पर्ने अर्जुनखोलादेखि लमही नगरपालिका वडा नम्बर ९ शिवखोलासम्म वन्यजन्तुलाई आउजाउ गर्न सहज होस् भनेर वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतनामूलक होर्डिङ बोर्डको स्थापना गरिएको डिभिजन वन कार्यालय देउखुरी दाङका प्रमुख बेसिन्द्रराज सुबेदीले जानकारी गराए ।

‘वन्यजन्तु हिँडडुल गर्ने बाटोमै रहेको बस्तीमा स्थानीयलाई सास्ती नहोस् र मानव तथा वन्यजन्तुबिचको द्वन्द्व कम होस् भनेरै हामीले वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतनामूलक बोर्डको स्थापना गरेको छौँ’ प्रमुख सुबेदीले बताए । उनले थपे ‘हामी वन्यजन्तुलाई सहजता होस् भनेरै वन्यजन्तु हिँडडुल गर्ने करिडोर पत्ता लगाएर बोर्डको स्थापना गरेका हौँ ।’ वन्यजन्तुलाई आवत–जावतमा सहजता होओस् भनेरै लमहीका विभिन्न सामुदायिक वनहरूमा पन्ध्रवटा जनचेतनामूलक बोर्डको स्थापना गरिएको छ’ ।
देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनभित्रै पानीको मुहान संरक्षण गर्न ताल निर्माण र जङ्गलमा बाह्रै महिना वन्यजन्तुलाई पानी पिउनका लागि स्रोत ठाउँ-ठाउँमा पोखरी निर्माणसमेत गरिएको छ ।
‘हामी सबै सामुदायिक वनहरूले वन्यजन्तुको संरक्षणका लागि हरेक क्षेत्रबाट प्रयास गरिरहेको छौँ’ अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए ।
यता स्थानीय अमर कँवर नवीनले डिभिजन वन कार्यालय देउखुरी दाङ लमहीले वन्यजन्तु संरक्षणका लागि गरिएको प्रयास सह्राहनीय भएको जानकारी गराए । लमहीको अर्जुनखोलादेखि बाँके र दाङको सिमाक्षेत्र शिव खोलासम्मका सामुदायिक वन क्षेत्रमा विभिन्न वन्यजन्तुको तस्बिर सहितको पन्ध्रवटा जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ ।
वन्यजन्तु संरक्षण गरौँ, वन्यजन्तु हामी सबैको साझा सम्पत्ति हो, वन्यजन्तु संरक्षण गर्नु हामी सबैको दायित्व हो लगायतका विभिन्न सन्देशहरू बोर्डमा उल्लेख गरिएको छ । वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जीवी खनालले जनचेतनामूलक बोर्डले सडक दुर्घटना न्यूनीकरण गर्नुका साथै सवारी साधनको प्रयोगबाट हुने ओखेटोपहार ओसार पसार नियन्त्रण गर्न सहयोग पुग्ने बताए । उनले समुदायस्तरमा वन्यजन्तु संरक्षणसम्बन्धी प्रचारप्रसार र चोरी सिकारी नियन्त्रणको आवश्यकता रहेको टिप्पणी गरे ।
(शिवु खनाल दाङ स्थित पत्रकार हुन् l)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…