प्रकृति

आचार्य बने रुफर्ड परियोजनाका सबै अनुदान पाउने पहिलो नेपाली

लाटोकोसेरोको  अनुसन्धान र संरक्षणको लागि ‘रुफर्ड स्मल ग्रान्ट’बाट पाइने सबै ५ वटा अनुदान पाउने राजु आचार्य  पहिलो नेपाली बनेका छन्l हाल सम्म १ सय ५०  वटा राष्ट्रबाट सबै  परियोजना पाउने उनीसमेत जम्मा ३७ जना अनुसन्धानकर्मी/संरक्षणकर्मी मात्र छन् l सन् २०१३ मा उनले पहिलोपटक ५ हजार पाउन्डको पहिलो अनुदान पाए l सो रकम लाटोकोसेरो अनुसन्धान र संरक्षणमा खर्चिएका उनले क्रमशः सन्  २०१५, २०१६, २०१७ र २०२१ मा अन्तिम अनुदान पाएका हुन् lअहिलेसम्म नेपालमा करिब ३ सय ८२  परियोजनाहरूमा सहयोग गरेको ‘रुफर्ड… पुरा पढौ

धरती जलेको छ,मान्छे ताराको खोजीमा

गुँडमा बचेरा छन् ,चरा चाराको खोजीमाधरती जलेको छ, मान्छे ताराको खोजीमा साँझपख अस्ताउनु अघि उदास छ घामफेरि उदाउनलाई अर्को सहाराको खोजीमा जङ्गल पीठमा बोकेर बसेको यहाँ पहाडतिर्खाले तप्त छ कुनै छहराको खोजीमा वर्षौं देखि उभिएको उभियै छ यहाँ रुखआफूसँग बेरिन आउने लहराको खोजीमा बाँच्न सकिएन मान्छेको दुष्टताले गर्दा यहाँआकाश छ आत्महत्या गर्न पहराको खोजीमा  पुरा पढौ

कछुवा बेच्दै गर्दा तीन पक्राउ

संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए । वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले उनीहरुलाई काठमाडौँको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट पक्राउ गरेको जनाइएको छ । संरक्षित वन्यजन्तु अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको… पुरा पढौ

कालीगण्डकी नदीकाे बालुवा चोरी

म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मङ्गलबार उत्खनन भइरहेको बगरको अनुगमन गरेको थियो ।… पुरा पढौ

चिउरीको बिरुवा संरक्षण हुन नसक्दा मह उत्पादनमा कमि

चितवन  : बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा यहाँका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् । चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो ।     कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि आउने बाढीपहिराका कारण चिउरीका बोटबिरुवाको संरक्षण हुन नसकेको बताउनुहुन्छ । “डिभिजन वन कार्यालय, मौरीपालन विकास कार्यालयले चिउरीको बिरुवा उपलब्ध गराएको छ”, वडाध्यक्ष प्रजाले भन्नुभयो, “ती बिरुवा रोपिए पनि… पुरा पढौ

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दो

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो । गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र एक हजार ४२१ सङ्ख्यामा नाउर रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख गणेशप्रसाद तिवारीले जानकारी दिए । यो विगतका वर्षको तुलनामा बढ्दो सङ्ख्या हो । कञ्चनजङ्घा संरक्षण क्षेत्रको समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि माथिका स्थानमा… पुरा पढौ

पारिवारिक तथा निजी वनको नीतिगत यात्रा : इतिहासदेखी वर्तमानसम्म

नेपालमा पारिवारिक तथा निजी वनको विकासको क्रम धिमा गतिमा भइरहेको छ । यसका धेरै कारणहरू मध्ये एक प्रमुख कारण अस्पष्ट, अपर्याप्त तथा झन्झटिला नीतिगत व्यवस्था र संस्थागत अस्पष्टताहरू रहेका छन् । निजी वन विकासका लागि सबै भन्दा पहिलो नीति ‘वन विकास गुरुयोजना २०४७’ ले लिएको थियो । यो निजी वन विकासका लागि नेपालको इतिहासमै सबैभन्दा उत्साहजनक नीति तथा योजना थियो। उक्त गुरुयोजनाले निजी र सामुदायिक वनलाई मुख्य प्राथमिकता क्षेत्र तोकेको थियो । तर विडम्बना मान्नुपर्छ, उपयुक्त कार्यक्रम बिना तथा कानुनी… पुरा पढौ

तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । सो प्रणालीका कारण आज सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मङ्गलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए । साथै प्रदेश नं १ र बागमती प्रदेशका… पुरा पढौ

सेती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ५५ टिप्पर र ट्याक्टर कारबाहीमा

सेती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ५५ वटा सवारी साधन कारबाहीमा परेका छन् । पोखरा १९ पुरनचौर स्थित ढोडेनीघाट स्थित सेती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरिरहेका २२ टिप्पर, १७ वटा मिनी टिप्पर र १६ वटा ट्याक्टर गरी ५५ वटा ढुवानी गर्ने सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो ।  नियन्त्रणमा लिएका सवारी साधन आवश्यक कारबाहीकालागि पोखरा महानगरपालिकामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए। असार, साउन र भदौ मसान्तसम्म नदीजन्य पदार्थ… पुरा पढौ

सोमबारदेखि मनसुन सक्रिय हुने

सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । “आइतबार रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो”, मौसमविद् पौडेलले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी… पुरा पढौ