प्रकृति

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको प्रारम्भिक अनुमान रहेकाे छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ । रासस पुरा पढौ

चितुवाको छालासहित दुई सार्वजनिक

चितुवाको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला प्रहरीको टोलीले शङ्का लागि खानतलासी गर्दा चितुवाको छाला, नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।रासस पुरा पढौ

नेपाल र भारतका बालबालिकाको पर्यावरण संरक्षणमा चासो

नेपाल र भारतका बालबालिकाले संसार बचाउन पर्यावरण बचाउनुपर्ने र वन्यजन्तु र वनस्पति संरक्षण गर्ने दायित्व आफूहरूको रहेको बताएका छन् । हाम्रा भङेरा र पर्यावरण योद्धा, पटना, विहार, भारतले ‘जङ्गल–पशु–पक्षीः बालबालिकाका आँखामा’ विषयमा आयोजना गरेको अनलाइन परिचर्चामा तिनले पर्यावरण संरक्षणका दिशाा जागरूकतामा जोड दिँदै यस कार्यका लागि लिए देशविदेशका धेरै बालबालिका अघि बढिरहेको र वृक्षरोपण अभियान चलाइरहेको बताए । आइतबार भएको परिचर्चामा मोरङ बूढीगङ्गाका बाल पर्यावरण योद्धा डेनिस रिजालले मानव जीवनमा बोटबिरुवा, पक्षी र जनावरका अहम भूमिका रहने भएकाले सबै मिलेर… पुरा पढौ

वन्यजन्तु र चराचुरुङ्गीको तिर्खा मेटाउन वनमा पोखरी निर्माण

डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले जङ्गली जनावर र मानव बिचको द्वन्द्व न्यूनीकरणको लागि सामुदायिक वनमा आठवटा पानीको पोखरी निर्माण गरेको छ । देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । जङ्गलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण हुने डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो ।  वन जङ्गलको छेवैमा रहेका बस्तीमा पुगेर वन्यजन्तुले किन मानिस माथि आक्रमण गरिरहेको छ भन्ने विषयमा स्थलगत अनुगमन गर्दा पानीको मुख्य समस्या देखिएको प्रमुख सुबेदीले बताउनुभयो ।… पुरा पढौ

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ती दुई जिल्लालाई आगामी असोज मसान्तसम्म विपद संकटग्रस्त जिल्ला घोषणा गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । रासस पुरा पढौ

दुई महिनाको केटा सहित दुईवटा गैंडा मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा आइतबार मृत अवस्थामा फेला परेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा गैंडा मृत अवस्थामा फेला परेको हो । यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैंडा मृत अवस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैंडा भेटिएका हुन् । ती गैंडाको खाग र खुर भने सुरक्षित रहेको अधिकारीले जानकारी दिए । बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने अधिकारीले बताए ।… पुरा पढौ

दाङमा करिडोरको पहिचान गरी स्थापना गरियो चेतनामूलक बोर्ड

दाङको लमहीस्थित कर्री सामुदायिक वन क्षेत्रबाट अर्जुनखोला हुँदै अजम्मरी सामुदायिक वन क्षेत्र वन्यजन्तुको ओहोर–दोहोर गर्ने पुस्तैनी बाटो हो । वन्यजन्तु यही बाटो प्रयोग गर्दै बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसम्म पुग्छन् । लमही नगरपालिका क्षेत्रमा पुरानो र घना बोटबिरुवा भएको ठूलो वनजंगल क्षेत्र हो । यहाँ वन्यजन्तुको वासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रशस्त सम्भावना (वन्यजन्तु तथा घाँसपात) पाइन्छ । सोही कारण भएर पनि कर्री सामुदायिक वन क्षेत्रबाट अर्जुनखोला हुँदै अजम्मरी सामुदायिक वन क्षेत्र वन्यजन्तु ओहोर–दोहोर गर्दछन् र लमहीबाट… पुरा पढौ

बालुवाकै डसना, बालुवाकै सिरानीमा रमाउने हामी गोही गोठालाहरू

 गुँडको खोजी र अनुगमन २०७६ चैत्र ११ गतेदेखि मुलुकमा कोरोना रोग नियन्त्रणका लागि लकडाउन गरेपछि नेपाल सरकारले आफ्ना धेरै कर्मचारीलाई फुर्सदिलो बनायो। प्रकृति संरक्षणमा खटिएका कर्मचारीलाई भने त्यो छुट भएन। वन्यजन्तुको संरक्षणमा संलग्न राष्ट्रसेवकहरूले आ-आफ्नो क्षेत्रको संरक्षणको काम गर्नु  पर्दथ्यो । मैले पनि चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रको कार्यभार हेरेको थिएँ । निकुञ्जमा अरूले आ–आफ्नो शाखाहरूको काम सम्हालेजस्तै। चैत्रदेखि असारसम्म घडियाल गोहीको प्रजनन समय भएकोले सो काममा ध्यान दिनु पर्ने अवस्था रह्यो। विगत वर्षहरू जस्तै घडियालले नारायणी… पुरा पढौ

आज विश्व सर्प दिवस, सर्प र मानिसबिच सुमधुर सम्बन्ध स्थापना गरौँ

सर्प र मानिसबिच सुमधुर सम्बन्ध स्थापना गरी सर्प संरक्षण गर्ने हेतुले हरेक वर्ष जुलाई १६ का दिन विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरी सर्प दिवस मनाइन्छ । 'सर्प' नाम सुन्ने बित्तिकै हाम्रो दिमागमा भयानक, विषालु, डसालु जीव भन्ने सोचाइ आउँछ । हामीमध्ये कतिपयलाई सर्पले मानिसलाई देख्नासाथ टोकिहाल्छ र सर्पले टोक्नासाथ मरिहालिन्छ भन्ने लाग्न सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सर्पदंशका कारण विश्वमा हरेक वर्ष करिब १ लाख २५ हजार मानिसले ज्यान गुमाउँछन् । सर्पको टोकाइबाट यसरी ठूलो सङ्ख्यामा मान्छेहरूको मृत्यु हुने… पुरा पढौ

सिनो, कुकुर र गिद्धहरू

गत साता ठुलो वर्षा हुँदा पोखरा २२ पिपलडाली नजिकै फुस्रे खोलाले मुहान क्षेत्रबाट गोरु बगाएर ल्याएर फाँटमा मिल्कायो। बुधवार मरेको गोरु खेतमै लडेको थियो। किसानहरू नजिकै खेतमा धान रोप्न व्यस्त थिए।  मरेको गोरुको दुर्गन्ध हावामा फैलिसकेको थियो। गिद्धहरू त्यही सिनोको गन्ध पछ्याएर सिनोमा झुम्मिएका थिए। खोला किनारमा रहेको सिमलका रुखमा बस्ने गिद्धको सङ्ख्या पनि उतिकै थियो। कुनै गिद्ध आकाशमा कावा खाँदै सिकार हेरिरहेका थिए भने  कुनै सिनो भए तिर वेग हान्दै थिए।  १५-२० वर्ष पहिले सिनोमा डेढ दुई सय गिद्ध… पुरा पढौ