प्रकृति

संरक्षण क्षेत्रमा लागेकाे डढेलाेले दुर्लभ वन्यजन्तुका बासस्थान विनास

हिमाल पारीको जिल्ला मनाङमा पटक पटक गरी २८ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । संरक्षण क्षेत्रको वनमा डढेलो लाग्दा जैविक विविधतामा ठूलो नोक्सान पुगेको छ । उच्च हिमाली क्षेत्रको ३२ सय मिटर उचाईको वन क्षेत्र सम्म आगो लागेको हो । मनाङमा लागेकाे डढेलाे निभाउदै सुरक्षाकर्मी । पछिल्लो पटक माघ २९ गते पिसाङ र घ्यारु बिचको जंगलमा लागेको आगो आइतबार दिउँसो देखि नियन्त्रणमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,… पुरा पढौ

फेवातालको गहिराइ बढाउन माटो झिकिदै

फेवातालको बाँध मर्मत गर्न पानीको सतह घटाएको मौका छोपी गण्डकी प्रदेश सरकारले तालमा थुप्रिएको माटो झिक्ने भएको छ । फेवातालमा थुप्रिएको माटो, ढुंगा, गिट्टी, बालुवा लगायत फोहोरमैला व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले समिति बनाएको हो  । फेवा बाँध मर्मत गर्न बाँधकाे ढाेका खाेल्दा घटेकाे फेवातालकाे पानीकाे सतह । तस्बिर : कृष्णमणि बराल पर्यटनमन्त्री विकास लम्सालको अध्यक्षतामा आइतबार बसेको बैठकले वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।तालको पानीको सतह घटेको बेलामा… पुरा पढौ

फेवा देखि गुँदे ताल सम्म संरक्षण साइक्लिङ्ग

विश्व सिमसार दिवस २०२१ को अवसरमा पोखराको फेवाताल देखि गुँदे ताल सम्म साइक्लिङ्ग गरिएको छ । सिमसार क्षेत्र संरक्षण गरौं भन्ने सन्देश सहित पाेखराकाे सबैभन्दा ठुलाे फेवाताल देखि गुँदे ताल सम्म साइक्लिङ्ग यात्रा गरिएकाे हाे । अन्नपूर्ण संरक्षण क्षेत्र, सम्पर्क कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र पोखरा साइकल सिटीद्धारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा आयोजक संस्थाका कर्मचारीहरु र पोखरा साइकल सिटीका सदस्यहरु लगाएत ५० जनाले साइक्लिङ्ग गरेका थिए । सहभागीहरुले विभिन्न सन्देशमुलक प्लेकार्ड बोकेर जनचेतना जगाउने काम गरेका थिए ।… पुरा पढौ

ग्लोबल वार्मिङले मानव जीवन सङ्कटमा पर्छ-हिमाल आरोही पुर्जा

हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोही टिमका लिडर निर्मल पुर्जाले ग्लोबल वार्मिङकाे कारण हिमालको हिउँ पग्लन थालेको बताएका छन् । पोखरामा आयोजित नागरिक सम्मान कार्यक्रममा बोल्दै पुर्जाले ग्लोबल वार्मिङले मानव जीवन अप्ठ्यारोमा पर्ने पनि बताए । बेलैमा सचेत भएर तापक्रम कम गर्न ध्यान नदिए मानव जीवन समस्या पर्ने उनले बताए । डायनासोर समय अनुसार एड्जस्ट हुन नसक्दा पृथ्वीबाट लाेप भएकाे पनि उनले सुनाए । ग्लोबल वार्मिङले भोलि मानव जीवन पनि उस्तै गरी सङ्कटमा… पुरा पढौ

बाँध खोल्दा यस्तो देखियो फेवाताल

फेवातालको बाँध २०३५ साल पछि पहिलो पटक मर्मत गरिदैपोखराको फेवातालको बाँध २०३५ साल पछि पहिलो पटक मर्मतसम्भार गर्न बाँध खोलीएको छ । लामो समय सम्म बाँध मर्मत नहुँदा पानीको चुहावट भएको थियो भने बाँधको तल्लो तट कम्जोर बनेको छ । बाँध मर्मत गर्न शनिबार राति देखि बाँध खोल्दा तालको पानीको सतह एक मिटर घटेको छ । बाँध मर्मत गर्न तालको सतह २ मीटर सम्म घटाउनु पर्ने भएकोले शनिबार देखि बाँध खोलीएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर… पुरा पढौ

यसरी हुन्छ मह सिकार

जङ्गली मौरी (भीर मौरी) चट्टानी भीरमा बस्ने गर्दछन् । आफूलाई सुरक्षित राख्न पहाडका भीरपाखा जङ्गली मौरीको रोजाइँ हुने गर्दछ । बाँदर लड्ने भीरमा महुरीले जम्मा गरेकाे मह पनि सिकारीले छाड्दैनन् ।   कास्कीको मादी गाउँपालिका ७ थाकको जंगलमा मह सिकार गर्दै । तस्बिरहरु : कृष्णमणि बराल त्यस्ता डरलाग्दो भीरमा मह सिकारी डोरीको भर्‍याङ्को सहायतामा मह सिकार गर्न मौरीसँग पौठेजोरी खेल्छन् । कास्कीको मादी गाउँपालिका ७ थाकको जंगलमा मसिरकाे तेस्रो साता मह सिकार गर्नेको मेला नै लाग्यो । थाक गाउँबाट २… पुरा पढौ

हिमाली क्षेत्रमा हिउँदमा बढ्दै छ पानीको अभाव

एक महिना ढिलागरी हिउँदे वर्षा कृष्णमणि बराल पोखरामा यस वर्ष गत वर्षको तुलनामा एक महिना ढिलागरी हिउँदे वर्षा भयो । यहाँ पानी परे संगै हिमाली क्षेत्रमा पनि एक महिना ढिलागरी हिउँ पर्‍याे । गत वर्ष पुस महिनाको पहिलो साता नै पोखरामा पानी र हिमाली क्षेत्रमा हिउँ परेको थियो । यस वर्ष पानी र हिउँकालागी माघको २३ गते सम्म पर्खनु पर्‍याे । लामो समय पानी नपर्दा हिमाली क्षेत्रमा सुख्खा बढ्यो । पानी आइरहने खोला सुके । माघको पहिलो साता कास्कीको ताङतिङ,… पुरा पढौ

कलेजको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका अखेटोपहार जंगलमा भेटियो

पोखरा ः वन बिज्ञान अध्ययन संस्थान पोखराको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका ओखटोपहार जंगलमा फेला परेको छ । पोखरा १५ टुटुङ्गामा रहेको वन बिज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट माघ ९ गते अखेटोपहार चोरी भएको थियो । प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका ओखटोपहार फेला परेपछि । तस्बिर : जिल्ला प्रहरी कार्यालय कास्की । प्रयोगशालाबाट चितुवाको छाला ४ थान, चितुवाको दाँतहरु, अन्य हाड अखेटोपहार चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबराजबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा मंगलबार (माघ २०… पुरा पढौ

घाइते कालो चीललाई यसरी गरियो उद्धार (फोटो फिचर)

पोखरा ः घाइते भएर राम्रो संग उड्न नसक्ने अवस्थाको एउटा कालो चीललाई पोखरामा उद्धार गरिएको छ । पोखराको बैदाम स्थित बसन्त बैठकका गणेश पहारीले उड्न नसक्ने अवस्थाको चीललाई कागहरुले ठुगेको देखेपछि संरक्षणकर्मी कृष्णमणि बराललाई खवर गरेका थिए । बरालले चीलको उद्धार गरि जिल्ला वन कार्यालय कास्कीलाई खवर गरेका थिए । जिल्ला वन कार्यलयका कर्मचारी वन्यजन्तु उद्धार गर्न हालसालै संचालनमा आएको वाइल्डलाईफ एम्बुलेन्स सहित आएका थिए । उद्धार गरिएको चीललाई वन्यजन्तु उपचार केन्द लेखनाथमा राखिएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी… पुरा पढौ

सिमसार दिवस औपचारिकतामा सिमित

पाेखरा : २४ औं विश्व सिमसार दिवस पोखरामा औपचारिक कार्यक्रम गरि सिमसार क्षेत्रलाई सम्झना गरिएको छ । पोखराको फेवाताल किनार डेमसाइडमा प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालयको आयोजनामा मगलबार सिमसारको अवस्था र संरक्षणका विषयमा प्यानल बहस र वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले प्राधिकरण नै बनाएर सिमसार क्षेत्र संरक्षणकाे काम गरिरहेको सुनाए । ताल, पोखरी, कुवा, कुण्ड संरक्षणका काम भइरहेको उनले बताए । सिमसार संरक्षणमा नागरिकको पनि उतिकै दायित्व… पुरा पढौ