प्रकृति

कालीगण्डकी डाइभर्सन जैविक विविधता र मानव समुदायकालागि ठूलो चुनौती : पूर्व मन्त्री गुरुङ

कालीगण्डकी डाइभर्सन भारतीय शासकको स्वार्थ अनुरूप संघीय शासन प्रणालीको भावना, मूल्य र मान्यता विपरीत पोखरा : नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कालीगण्डकी डाइभर्सन जैविक विविधता र मानव समुदायकालागि ठूलो चुनौती हुने भन्दै नदी डाइभर्सन हुने विषयको फेसबुकमा स्टाटस लेखेरे बिरोध गरेका छन् । जैविक विविधता र मानव सभ्यतालाई नै अप्ठ्यारोमा पर्ने गरी कालीगण्डकी नदी डाइभर्सन हुनै नसक्ने भन्दै संघीय सरकारका पूर्व वन मन्त्री समेत रहेका नेकपा एकालेका नेता गुरुङले नदी डाइभर्सन… पुरा पढौ

सिल्टेसन ड्याम निजी कम्पनीलाई २४ वर्षकालागि दिने महानगरको निर्णय विवादमा

कास्की: फेवाताल पुरिनबाट जोगाउन निर्माण भएका तालको मुहानका ४ वटा सिल्टेसन ड्याम २४ वर्षकालागि निजी कम्पनीलाई ‘सार्वजनिक निजी साझेदारीअनुसार दिने पोखरा महानगरपालिकाको निर्णय स्थानीयले विरोध गरेका छन्।  सिल्टेसन ड्याम सरोकार समितिका सहसंयोजक बिष्णु दहालले सिल्टेसन पोखरी मर्मत, सम्भारको नाममा यहाँको खोला दोहन गर्ने गरी महानगरपालिकाले २४ वर्ष सम्म निजी कम्पनीलाई दिने निर्णय मान्य नहुने बताए। सम्झौतामा सिल्टेसन ड्यामको साथै यहाँका सबै खोलाबाट गिटी, बालुवा, ढुङ्गा उत्खनन गर्ने गरी सम्झौता भएकोले बस्ती र ताल नै जोखिम हुने गरी भएको सम्झौता मान्य… पुरा पढौ

सिमसार जोगाउन तीन तहकै सरकारको बेवास्ता: फेवा सिमसार जोगाउनै मुस्किल

मानव सभ्यताको विकास नै नदी, खोला किनारबाट भएको हो। मानिसको सभ्यता मात्र होइन सिमसार जैविक विविधताको घर हो। सिमसारमा विभिन्न प्रजातिका वनस्पति पाइन्छन् । सिमसार मानिसकालागि स्वस्च्छ पानीका स्रोत हुन् । चराचुरुङ्गीदेखि विभिन्न प्रजातिका जलचरको वासस्थान पनि हाे । यसैले सिमसार नासिँदा जैविक विविधताको घर नष्ट हुने र वातावरणमा पनि खलल पुग्ने सिमसारविद  डा. शलु अधिकारी बताउँछिन्। सिमसार क्षेत्रबाट छानिएर शुद्ध पानी नदी, खोला र तालमा पुग्छन्। यसरी सिमसारले हाम्रो मिर्गौलाले शरीरलाई हानी गर्ने पदार्थलाई फाली सफा शुद्ध रगत मुटुमा… पुरा पढौ

मुस्ताङको मार्चेखर्कमा हाम्रो मार्चपास

मार्चे खर्कमा प्रत्येक श्रावण महिनाको पहिलो हप्ता चौँरीको रगत खाने मेला लाग्छ। यस समयमा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतलगायत थुप्रै जिल्लाका मानिसहरूको घुइँचो लाग्ने गर्छ।  चौँरीको रगत खायो भने ग्यास्टिकलगायतका अन्य रोगहरू सन्चो हुन्छ भन्ने जनविश्वास छ। चौँरी (याक)ले विषादी भएको खानेकुरा खाँदैनन् र लेकको जडीबुटी खाएर स्वस्थ भएकोले  यिनको रगत राम्रो हुन्छ भन्ने विश्वास गरिन्छ।  थकाली भाषामा चौँरीको रगत खाने परम्परालाई ‘प्रियकाथुङब’ भनिन्छ, ‘प्रिय’ अर्थात् चौँरी, ‘का’ अर्थ रगत र ‘थुङब’ अर्थ पिउने हो । एउटा वयस्क भाले चौँरीबाट ३०… पुरा पढौ

विश्व चर्चित साढे दुई करोड बढीको परियोजना पुरस्कार पाउने पहिलो नेपाली

हुम्लाका युवा अनुसन्धानकर्मी रिन्जिन फोन्जोक लामाले विश्वमै चर्चित परियोजना पुरस्कार पाएका छन्l  उनले पाएको यो पुरस्कारको रकम २ लाख स्विस फ्रेंक रहेको छl उपल्लो हुम्लाको जैविक विविधता संरक्षणको लागि सो रकम खर्च गरिने छl उनले सो परियोजनाकोको परिकल्पना गतबर्षको लकडाउनमा गरेका थिएl उनी भन्छन्’ यो पुरस्कारले म एकदमै खुसी भएको छुl  स्थानीय नेतृत्व अभिवृद्धि, संस्कृति र वन्यजन्तु संरक्षणमा सो रकमको प्रयोग हुनेछ’l हाल उनी थर्ड पोल कन्जरभेन्सी र माउन्टेन स्प्रिट नाम संस्थासँग आबद्ध छन् l उपल्लो हुम्लाको नाम्खा , निन्बा… पुरा पढौ

के किरा-फट्याङ्ग्रा मार्दै हुनुहुन्छ? यिनको महत्व यस्तो छ !

२० लाखदेखि ३ करोडसम्म रहेका किराहरु सबैभन्दा बढी पाइने जिवहरुमा पर्दछl यिनको पनि संरक्षण गर्नुपर्छ भन्यो भने मानिसहरु अचम्भित हुन्छन् l किनभने मानिसहरु किरा-फट्याङ्ग्रा मार्नुलाई सामान्य मान्छन्l तर तिनीहरूलाई मार्नुअघि हामीले सोच्न आवश्यक छ किनभने तिनीहरूको सङ्ख्या विश्वभर नै नराम्ररी घट्ने क्रममा छ। हाम्रो पर्यावरणको संरक्षण गर्नका लागि र खानेकुरा उत्पादन गर्न किरा-फट्याङ्ग्राको महत्त्वपूर्ण भूमिका हुन्छ।‘हामीले संसारबाट किरा-फट्याङ्ग्रालाई हटायौँ भने हामी पनि मर्छौँ,’ लण्डनको न्याचुरल हिस्ट्री म्यूजियमका वरिष्ठ क्यूरेटर इरिका मक्यालिस्टरले बीबीसीलाई बताएकि छिन्l किरा-फट्याङ्ग्राले जैविक संरचनालाई भत्काउँछन् जसका कारण… पुरा पढौ

काली गण्डकी सभ्यता बचाउ अभियानमा जुट्दै युवा

कालीगण्डकी नदीमाथि एकोहोरो दोहन हुने क्रम नरोकिएपछि नदी र यहाँको सभ्यता बचाउ अभियानमा युवा जुट्न थालेका छन्। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा जिल्ला लगायत क्षेत्रमा कालीगण्डकी नदीकाे चौतर्फी दोहन हुनथालेपछी युवाहरू सामाजिक सञ्जाल मार्फत नदी र सभ्यता बचाउ अभियानमा जुटेका हुन्।  मानव सभ्यता नदी किनारबाट भएको हो। यिनै मानव र जैविक विविधताको अस्तित्व सँग गाँसिएका नदी, खोलाबाट गिटी,ढुङ्गा, बालुवा एकोहोरो दोहन हुँदै जाँदा प्रकृति वातावरण र मानव सभ्यता नै अप्ठ्यारोमा पर्ने अवस्था सृजना भएको काली गण्डकी सभ्यता बचाउ अभियानका अभियन्ता आरके… पुरा पढौ

असारको पहिलो दिनमै हिमाल देखि तराइ सम्म भारी वर्षा, रेनस्याडो जोनमै बाढीको ताण्डव

पोखरा : असार महिनाको पहिलो दिनमै देशभर हिमाल, पहाड देखि तराईसम्म वर्षाले वितण्डा मच्चाएको छ। भारी वर्षाको कारण हिमाल, पहाड र तराईका खोला, नदी किनारका घर जोखिममा परेका छन्। पहाडी क्षेत्रमा नदी, खोलामा आएको बाढी र पहिरोले स्थानीय विस्थापित भएका छन्।  रेनस्याडो जोन रूपमा परिचित हिमालपारिको जिल्ला मनाङ, मुस्ताङमा पनि यस वर्ष असारको पहिलो दिनमै  ठुलो वर्षाको कारण वितण्डा मच्चाएको छ। हिमालपारिको जिल्ला निकै कम पानी पर्ने जिल्लाको रूपमा परिचित जिल्ला हुन्।  लगातारको भारी वर्षाले हिमाली जिल्ला मनाङका विभिन्न स्थानका नागरिक… पुरा पढौ

गण्डकी प्रदेश सरकारले जैविक विविधताको अभिलेखीकरण गर्ने

गण्डकी प्रदेश सरकारले प्रदेशको तल्लो तटीय क्षेत्र देखि हिमाली क्षेत्र सम्म फैलिएका जैविक विविधता (प्रजाति परिस्थितिकीय प्रणाली र अनुवांशिक) को अभिलेखीकरणको लागि बायोडाइभर्सिटी प्रोफाइल तयार गर्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले यस्तो कार्यक्रम रहेको सुनाएकी छन् । गण्डकी प्रदेश सरकारले नारायणी नदीमा बिच पार्क बनाउने भएको छ । प्रदेशका धार्मिक सम्पदाहरु जोड्न धार्मिक पथ बनाइने प्रदेश प्रमुख पौडेलले बताइन् । भद्रपुर, सीमरा, जनकपुर, जुम्ला र धनगढीमा सिधा हवाई सेवा सञ्चालन… पुरा पढौ

गण्डकी सरकारको नीति : वातावरणीय प्रभाव मूल्यांकन गरि ढुंगा, गिट्टि, उत्खनन गर्ने

गण्डकी प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरि ढुंगाा, गिट्टि र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरण मैत्री बनाउन आवश्यक समन्वय गरिने जनाएको छ । यसै गरी प्रदेशमा रहेका जैविक विविधता र उच्च हिमालमा रहेका परिस्थितिकिय भूदृश्यमा वातावरणीय अध्ययन बिना गरिने भौतिक विकास निर्माणको कार्यलाई निरुत्साहित गरिने गण्डकी प्रदेश सरकारको नीति कार्यक्रममा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले यस्तो कार्यक्रम रहेको सुनाएकी छन् । यसै गरी नेपाल सरकार र पोखरा महानगरपालिका… पुरा पढौ