प्रकृति

४० माइक्रोनसम्मका प्लाष्टिकको झोला प्रतिबन्ध

काठमाडौं । देशभर प्लाष्टिक प्रदूषण बढीरहेकाे छ । देशका प्रमुख सहरका नदी,खाेला, ताल र सहर बजार पनि प्लाष्टि प्रदूषणकाे चपेटामा पर्दै गएकाछन् । प्लाष्टिक प्रदूषण बढीरहेकाे अवस्थामा सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा साउन १ देखि ४० माइक्रोनभन्दा बढीका एवं सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ । सरकारकाे याे घाेषणाले प्लाष्टिक प्रदूषण नियन्त्रणमा महत्वपूर्ण हुने वातावरण संरक्षणकाे क्षेत्रमा काम गरेका संरक्षणकर्मीले… पुरा पढौ

सामाजिक सञ्जालमार्फत डेढ घण्टामा विषालु करेतको उद्धार

बेलवास बुटवल निवासी ऋषभ अर्याल जालीमा अल्झिएको सर्प देखेपछि आत्तिए । कसरी उद्धार गर्ने होला भनेर चिन्तित बने । उनले आफ्नो साथी सुमन घिमिरेलाई फोटोसहित सूचना उपलब्ध गराए । साथसाथै उनले बुटवल आसपासमा कोही सर्प उद्धारकर्ताको फोन छ भने दिनुहोस् समेत भने । उक्त सूचना घिमिरेले भोइस अफ नेचर नामक फेसबुक समूहमा राखे । सामाजिक सञ्जाल ‘सेभ स्नेक सेभ नेचर’ तथा ‘हप्स नेपाल’ मा समेत पोष्ट भयो । फोटोसहित बुटवल आसपासमा सर्प उद्धारकर्ता भए ऋषभलाई सम्पर्क गर्न अनुरोध पनि गरे… पुरा पढौ

लकडाउनमा परेवालाई माया गर्ने जोडी

पोखरा: सामान्य अवस्थामा दैनिक सयौँ‌को संख्यामा तालबाराही मन्दिर दर्शन गर्न पुग्ने भक्तजनले परेवा र माछालाई चारा दिने गर्दथे। यति बेला तालबाराही मन्दिर क्षेत्र लकडाउनका कारण सुनसान छ। याे अवस्थामा करिव ५ सय बढी संख्यामा रहेका परेवालाई चाराको अभाव नहोस् भनेर सुनसान फेवा किनार पुगेर मनकारी एक युवाजोडीले तालबाराही मन्दिरका परेवालाई दैनिक चारा दिँदै आएका छन्।  ‘एस हेल्पिङ ह्याण्ड’ पोखराका संस्थापक दिनेश कुमार थापा र लीला दवाडी थापा बिहान ६:१५ मा दाना लिएर तालबाराही मन्दिर अघि बाराहीघाट पुग्छन्। दिनेश र लीला… पुरा पढौ

गोरखामा उद्दार गरिएको सालकबारे जानौं यी कुराहरु

गोरखा: गोरखाको आरुघाट गाउँपालिका ९ बाट स्तनधारी वन्यजन्तु कालो सालकको उद्धार गरिएको छ। आरुघाट पुल नजिकैबाट कालो सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए। सालक भेटिएपछि स्थानीयको सूचनाको आधारमा वन कार्यालय र इलाका प्रहरी कार्यालयबाट गएको संयुक्त टोलीले सोमबार सालकको उद्धार गरेको हो।  उद्धार गरिएको सालक गोरखा नगरपालिका स्थित सामुदायिक वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी पौडेलले बताए। सो सामुदायिक वन क्षेत्र सालकका लागी उपयुक्त वासस्थान भएकोले त्यस वन क्षेत्रमा छाडिएको पौडेलले… पुरा पढौ

रहेनन् रुखका मित्र सुन्दरलाल बहुगुणा

‘क्या है जङ्गल के उपकार, मिट्टी, पानी और बयार। मिट्टी, पानी और बयार, जिन्दा रहने के आधार।’ माथि उल्लेखित वाक्य सुन्दरलाल बहुगुणाले चिप्को आन्दोलन घोषणा गर्दा भनेका हुन्।  वातावरण, विशेष गरी वन संरक्षणमा सक्रिय चिप्को आन्दोलनका प्रणेता सुन्दरलाल बहुगुणाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ। भारतीय प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूले शोक व्यक्त गरेका छन् l उपचारको क्रममा शुक्रवार ९४ वर्षीय बहुगुणाको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।  उनको जन्म सन् १९२७ मा उत्तराखण्डमा भएको थियो।  बहुगुणा दश दिनदेखि ऋषिकेश स्थित… पुरा पढौ

सारसको उद्धारमा प्रदेश सचिवदेखी स्थानीय संरक्षणकर्मीको सक्रियता

भएको के थियो ? जेठ ८, २०७८ को बिहान ११ बजे अस्मिता अर्यालले घाइते सारसको बारेमा के गर्ने होला भनेर इमेल गरिन्। उक्त घाइते सारसको अवस्था नाजुक थियो।  स्थानीयले घाइते अवस्थामा एक दिनअघि मात्र उक्त सारस देखेका थिए। ‘यस्तो लकडाउनको बेलामा कसले उद्धार गर्ला र ?’ सबैलाई यस्तै लागेको थियो । उक्त चरा वास्तवमा भन्ने हो भने मृत्यु कुरेर बसेको जस्तो लागिरहेको थियो। यसरी जानकारी भयो सबैलाई रुपन्देही जिल्लाको सैनामैना-४, कुस्मा चोकदेखि २ सय मिटर दाहिनेतिर थियो त्यो सारस।   ‘कसैले… पुरा पढौ

चराको स्वर्ग बर्जु ताल

चराहरू शान्त वातावरणमा बस्न रुचाउँछन् । ताल, पोखरी, नदी, खोला, वन क्षेत्र चराका लागि स्वर्ग नै मानिन्छ । पछिल्लो समयमा देशभरका प्राकृतिक सम्पदा मानव अतिक्रमणमा परेका छन् । यसैले चराका  वासस्थान पनि  मासिँदै गएका छन् । राजधानी काठमाण्डौको बागमती नदी प्रदुषणका कारण त्यहाँ पाइने रैथाने चरा हराउँदै गएको चरा विज्ञहरू  बताउँछन् । पछिल्लो  समयमा पोखराको फेवाताल पनि मानव अतिक्रमणले त्यहाँका रैथाने चरा पनि हराउँदै गएका छन् । सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको चिम्डी (बर्जु) ताल चराका लागि स्वर्ग जस्तै छ ।… पुरा पढौ

गाँजा गन्थन

जमानीमा खाएको गाँजा अहिले मलाई ला छ नमजा कालिकोट जिल्लाका कुना कन्दरामा यो गीत खुबै चर्चित छ अझैपनि। धेरै गाँजा खाएर असर गरेका केही मानिसहरूले गाएको यो गीत जस्तो गाँजा भने छैन। यसलाई अमृत मान्नेहरु धेरै छन्। संसारभर गाँजाका तीन प्रजातिहरू अभिलेख गरिएका छन्। यो प्रजाति रोप्न नपर्ने तर खेत, बारी, पाखो तथा वन जङ्गलमा  जताततै प्रशस्तै उम्रन्छन् । तीन दशक अघिसम्म कालिकोटका केही मानिसको जीविकोपार्जनको सहयोगी थियो।  कालिकोटमात्र नभै कर्णाली क्षेत्रकै नगदे बाली जस्तै थियो।  कालिकोटका स्थानीय प्रभाकर बराल भन्छन् '… पुरा पढौ

के नेपालमा पनि लागु गर्न सकिएला त सहरी वनको ३-३०-३०० नियम ?

सहरी वनले मानिसलाई थुप्रै सेवा दिएको हुन्छ । जलवायु परिवर्तन, वातावरणको विनास र  कोरोनाजस्ता विश्वव्यापी महामारीले झन् सहरी वन र हरियालीको थप आवश्यकता महसुस भएको  छ।  विभिन्न सरोकारवालाहरुले  प्रश्न गर्छन, त्यो ‘सहरी वन’, ‘सहरी हरियाली’ कसरी कायम गर्ने ?  के कुनै गाइडलाइन छ ? कोभिड–१९ महामारीको बेला मानिसहरू अक्सर आफ्नो घर वा छरछिमेकमा घर सम्ममात्र सिमित भएका छन् । जसले गर्दा नजिकै देखिने रुख, छिमेकीकोमा देखिने रुख र नजिकैका बाटाहरुमा देखिने रुखहरुको ठूलो भूमिका हुने गर्दछ।  परिस्थिति सधैं जटिल र… पुरा पढौ

मान्छेभन्दा चरालाई माया गर्ने ‘काजी दाइ’ रहेनन्

पोखरा । नेपालका चराहरूको अध्ययन र संरक्षण क्षेत्रका अग्रज हरिशरण नेपाली रहेनन् l  उनी ‘काजी दाइ’ को नामले विख्यात थिए l उनको नेतृत्वमा  सन् १९८२ मा ‘नेपाल पन्छी संघ’ को स्थापना भएको थियो l तर त्यस बेला सो संस्थालाई ‘चरा अवलोकन क्लब’का नामले चिनिन्थ्यो l ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, ‘प्रबल गोरखा दक्षिण बाहु’ लगायत उनले अनगिन्ती पुरस्कार र सम्मानहरु  प्राप्त गरेका छन् l पहिलो पटक उनले चराको नमुना सन् १९५६ मा संकलन गरेका थिए l ६० वर्षको अवधिमा उनले करिब ५ सय ७५… पुरा पढौ