
पोखरा: सामान्य अवस्थामा दैनिक सयौँको संख्यामा तालबाराही मन्दिर दर्शन गर्न पुग्ने भक्तजनले परेवा र माछालाई चारा दिने गर्दथे। यति बेला तालबाराही मन्दिर क्षेत्र लकडाउनका कारण सुनसान छ। याे अवस्थामा करिव ५ सय बढी संख्यामा रहेका परेवालाई चाराको अभाव नहोस् भनेर सुनसान फेवा किनार पुगेर मनकारी एक युवाजोडीले तालबाराही मन्दिरका परेवालाई दैनिक चारा दिँदै आएका छन्।
‘एस हेल्पिङ ह्याण्ड’ पोखराका संस्थापक दिनेश कुमार थापा र लीला दवाडी थापा बिहान ६:१५ मा दाना लिएर तालबाराही मन्दिर अघि बाराहीघाट पुग्छन्। दिनेश र लीला ताल किनार पुगेपछि परेवा उड्दै रमाउँदै उनिहरु नजिकै पुग्छन्। परेवा चारा खान मन्दिरदेखि बाराहीघाट सम्म आउँछन्। दिनेश र लीलाले परेवालाई चारा दिन्छन्। शनिबार बिहान दिनेश परेवालाई चारा दिँदै थिए। उनकी श्रीमती लीला कागलाई चारा दिँदै थिइन्।

कागलाई छुट्टै चारा नदिए परेवालाई दुःख दिने भएकोले कागलाई छुट्टै चारा दिने गरेको लीलाले सुनाइन्। पहिलो लकडाउनमा परेवालाई चाराको अभाव भएको भन्ने सुनेपछि यो अभियान थालेको दिनेशले सुनाए। मन्दिर दर्शन गर्न आउने भक्तजनले दाना किनेर परेवा र माछालाई दिन्थे। लकडाउनका कारण भक्तजन आउन रोकियो। यसैले पहिलो लकडाउनदेखि नै तालबाराही मन्दिरका परेवालाई चारा दिँदै आएको उनले बताए।

तालबाराही मन्दिरमा ५ सय बढी संख्यामा परेवा रहेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कार्यालय सचिव लक्ष्मण पहारीले बताए। कोरोना सङ्क्रमणपछि दर्शनार्थी आउन छाडेकोले पहिलो लकडाउनदेखि मन्दिर व्यवस्थापन समितिले निरन्तर रूपमा मन्दिरका परेवा र माछालाई दाना दिँदै आएको उनले सुनाए।
‘पहिलो लकडाउनको ९ महिनापछि हिसाब गर्दा ८६ हजार रुपैयाँ बराबरको दाना परेवा र माछालाई दिइएको रहेछ’ उनले भने। अहिले पनि निरन्तर तीनजनाले दैनिक माछा र परेवालाई दाना दिने र मन्दिर वरपर सरसफाइ गर्नमा बित्ने गरेको उनले सुनाए। थापाले पहिलो लकडाउनदेखि नै चारा दिँदै आएको उनले बताए। यसरी चारा दिँदा धेरै संख्यामा रहेका परेवाकालागि थप सहयोग पुगेकाे पहारीले बताए।




२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…