प्रकृति

काली गण्डकी सभ्यता बचाउ अभियानमा जुट्दै युवा

कालीगण्डकी नदीमाथि एकोहोरो दोहन हुने क्रम नरोकिएपछि नदी र यहाँको सभ्यता बचाउ अभियानमा युवा जुट्न थालेका छन्। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा जिल्ला लगायत क्षेत्रमा कालीगण्डकी नदीकाे चौतर्फी दोहन हुनथालेपछी युवाहरू सामाजिक सञ्जाल मार्फत नदी र सभ्यता बचाउ अभियानमा जुटेका हुन्।  मानव सभ्यता नदी किनारबाट भएको हो। यिनै मानव र जैविक विविधताको अस्तित्व सँग गाँसिएका नदी, खोलाबाट गिटी,ढुङ्गा, बालुवा एकोहोरो दोहन हुँदै जाँदा प्रकृति वातावरण र मानव सभ्यता नै अप्ठ्यारोमा पर्ने अवस्था सृजना भएको काली गण्डकी सभ्यता बचाउ अभियानका अभियन्ता आरके… पुरा पढौ

असारको पहिलो दिनमै हिमाल देखि तराइ सम्म भारी वर्षा, रेनस्याडो जोनमै बाढीको ताण्डव

पोखरा : असार महिनाको पहिलो दिनमै देशभर हिमाल, पहाड देखि तराईसम्म वर्षाले वितण्डा मच्चाएको छ। भारी वर्षाको कारण हिमाल, पहाड र तराईका खोला, नदी किनारका घर जोखिममा परेका छन्। पहाडी क्षेत्रमा नदी, खोलामा आएको बाढी र पहिरोले स्थानीय विस्थापित भएका छन्।  रेनस्याडो जोन रूपमा परिचित हिमालपारिको जिल्ला मनाङ, मुस्ताङमा पनि यस वर्ष असारको पहिलो दिनमै  ठुलो वर्षाको कारण वितण्डा मच्चाएको छ। हिमालपारिको जिल्ला निकै कम पानी पर्ने जिल्लाको रूपमा परिचित जिल्ला हुन्।  लगातारको भारी वर्षाले हिमाली जिल्ला मनाङका विभिन्न स्थानका नागरिक… पुरा पढौ

गण्डकी प्रदेश सरकारले जैविक विविधताको अभिलेखीकरण गर्ने

गण्डकी प्रदेश सरकारले प्रदेशको तल्लो तटीय क्षेत्र देखि हिमाली क्षेत्र सम्म फैलिएका जैविक विविधता (प्रजाति परिस्थितिकीय प्रणाली र अनुवांशिक) को अभिलेखीकरणको लागि बायोडाइभर्सिटी प्रोफाइल तयार गर्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले यस्तो कार्यक्रम रहेको सुनाएकी छन् । गण्डकी प्रदेश सरकारले नारायणी नदीमा बिच पार्क बनाउने भएको छ । प्रदेशका धार्मिक सम्पदाहरु जोड्न धार्मिक पथ बनाइने प्रदेश प्रमुख पौडेलले बताइन् । भद्रपुर, सीमरा, जनकपुर, जुम्ला र धनगढीमा सिधा हवाई सेवा सञ्चालन… पुरा पढौ

गण्डकी सरकारको नीति : वातावरणीय प्रभाव मूल्यांकन गरि ढुंगा, गिट्टि, उत्खनन गर्ने

गण्डकी प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरि ढुंगाा, गिट्टि र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरण मैत्री बनाउन आवश्यक समन्वय गरिने जनाएको छ । यसै गरी प्रदेशमा रहेका जैविक विविधता र उच्च हिमालमा रहेका परिस्थितिकिय भूदृश्यमा वातावरणीय अध्ययन बिना गरिने भौतिक विकास निर्माणको कार्यलाई निरुत्साहित गरिने गण्डकी प्रदेश सरकारको नीति कार्यक्रममा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले यस्तो कार्यक्रम रहेको सुनाएकी छन् । यसै गरी नेपाल सरकार र पोखरा महानगरपालिका… पुरा पढौ

झापामा कालो सालकको उद्धार

जेठ ३०  झापा l मेचीनगर नगरपालिकाबाट कालो सालक (Chinese Pangolin) को उद्धार गरिएको छ। बिहानको समयमा बाटो नजिकै सो सालक फेला परेको थियो। स्थानीय संरक्षणकर्मीहरू शंकर लुइँटेल तथा स्वदेश पौडेलले उक्त सालक देखेपछि उद्धारको लागी  पहल सुरु गरेका थिए । सालकको लजालु स्वभाव र सुरक्षालाई मध्यनजर गर्दै मानिसको भिडबाट टाढा लैजाने क्रममा सालकलाई सुरक्षा निकाय सामु पुर्‍याइयो। त्यसपछि डिभिजन वन कार्यालयमा यस विषयमा जानकारी गराइएको थियो। वन कार्यालयबाट सालकलाई प्राकृतिक वासस्थानमा छोड्नु उपयुक्त हुने कुराको निर्णय भयो। वन कार्यालयबाट खटिएका… पुरा पढौ

अवकाश लिँदै मानिस बचाउने मुसा

कम्बोडियामा मोगावा नामको मुसाले विगत पाँच वर्षदेखि जमिनमा राखिएका दर्जनौं विस्फोटक पदार्थहरू पत्ता लगाउँदै आएको छ। जसले विस्फोटक पदार्थहरूबाट मानिसहरूको ज्यान जान सक्ने जोखिमबाट बचाउँदै आएको छ। यो मुसा स्वस्थ भए तापनि उमेरका कारण पहिलाजस्तो छिटो काम गर्न नसक्ने भएकाले यसै महिनादेखि उक्त जिम्मेवारीबाट सम्मानित अवकाश दिने सोच अधिकारीहरूले बनाएका छन्। जब मुसाहरू काम गर्न नसक्ने अवस्थामा पुग्छन् त्यसपश्चात उनीहरूलाई अवकाश गृहमा पठाइन्छ र खाना बस्नको राम्रो सुविधासहित उनीहरू खेल्दै रमाउँदै बाँकी जीवन व्यतित गर्छन्। मोगावा सन २०१४ मा तान्जानियामा… पुरा पढौ

भारतमा कोरोना सङ्क्रमणको कारण सिंहको मृत्यु

भारतको चेन्नईस्थित चिडियाखानामा राखिएकाे एउटा ९ वर्षको सिंहको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। चिडियाखानामा राखिएको निला नाम गरेकी सिंहको बिहीबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको भारतीय सञ्चार माध्यम  हिन्दुस्तान टाइम्सले जनाएको छ। सिंहको मृत्यु हुनु अघि नाकबाट तरल पदार्थ आएपछि उपचार थालिएको भए पनि सिंहलाई बचाउन नसकिएको बताइएको छ। चिडियाखानामा रहेका अरू ९ वटा सिंहको कोरोना टेस्ट रिपोट पनि पोजेटिभ आएको छ। एकै स्थानमा राखिएका ११ सिंहको कोरोना परीक्षण गरिएको थियो। कोरोना सङ्क्रमणको थपयकिन गर्न थप अनुसन्धानकालागि हैदरावादस्थिन भारतीय पशु स्वास्थ्य अनुसन्धान… पुरा पढौ

जडीबुटीबारे खोज्न जाँदा झन्नै हामीलाई खोज्नु परेको: हुम्ला जिल्लाको लाम्पाटाको यात्रा

२०७२ साल साउन ९ गते शनिवार म र एक जना भाइ चितवनबाट रात्रिकालीन बसमा नेपालगन्ज पुग्यौँl  भोलिपल्ट बिहान ९:३० मा तारा एयरको विमान चढेर १०:१५ बजेतिर सिमकोट पुग्यौँ । करिब ४५ मिनेटमा हामी नेपालकै अग्लो ठाउँमा रहेको विमानस्थल झर्यौंl  चितवनदेखि नेपालगञ्जको गर्मीलाई सिमकोटको विमानस्थल ओर्लनासाथ चिसो हावाले बिर्साइदियो।अनुसन्धान सहायक भाइ मेरो विद्यावारिधिको तथ्याङ्क सङ्कलनका लागि सँगै गएका थिएl मेरो विद्यावारिधिको विषय जडीबुटीको व्यापार भएकोले स्थानीय जडीबुटी व्यापारी विजय लामाको सिमकोटको होटेलमा हाम्रो बस्ने प्रबन्ध पहिले नै मिलेको थियो। सिमकोटमा तीन दिन… पुरा पढौ

सगरमाथा सहित छ हिमालबाट फोहर सङ्कलन

नेपाली सेनाकाे अगुवाइमा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम सहित ६ हिमालको सफा गरिएकाे छ । सफा हिमाल अभियान-२०२१ मा २७ हजार ६७१ केजी फोहोर संकलन भएको छ । संकलन भएको फाेहाेर मध्ये २५ सय ५  केजी फोहोर कुहिने र २५ हजार १६६ केजी फोहोर संकलन भएको नेपाली सेनाले बताएकाे छ । नेपाली सेनाले जंगी अड्डामा भर्चुल कार्यक्रम गर्दै यस वर्षकाे सफा हिमाल अभियान सम्पन्न भएको जानकारी गराएको हो। सफाइ अभियान २०७७ चैत ३१ गतेबाट सुरु भएर जेठ १५… पुरा पढौ

ओझेलमा परेको कोचलगाँडे जोगाउने कि !

जेठ ५, २०७८l सेतीपाखा ललितपुर निवासी यादव राउतले आफ्नो घरपछाडिको करेसा बारीमा कोचलगाँडे लाटोकोसेरोको बच्चा गुँडबाट झरेको अवस्थामा फेला पारेका थिए। आफ्नो माऊसँगै नजिकैको रुखको गुँडमा बसेको लाटोकोसेरोको परिवारबारे उनी सचेत थिए। त्यसैले उनले त्यस पन्छीलाई गुँडमा फर्काए। यस घटनालाई उनले सामाजिक संजालमा पनि पोष्ट गरे। मैले त्यस लाटोकोसेरोप्रति जिज्ञासा राख्दा उनले सहजै आफ्नो अनुभव सुनाए र यिनीहरुले वातावरणमा टेवा पुर्‍याउने बारे उनी सचेत रहेछन। मानिसलाई लाटोकोसेरोको महत्त्वबारे थाहा पाएको देखेर खुसी लाग्यो l तर सबै मानिसहरु यादव जस्ता प्रकृतिप्रेमी… पुरा पढौ