कास्की : पछिल्लो समयमा आन्तरिक पर्यटकले मादी गाउँपालिका अन्तर्गत सिक्लेस क्षेत्रलाई रुचाउन् थाले पछि यसको व्यवस्थापनमा स्थानीयहरू कस्सिएका छन् । संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसले छनोट गरेका १० जना युवाहरुको लागि नेचर गाइड तालिम सुरु भएको छ l युरोपियन आउटडोर कन्जर्वेसन एसोसियसनको आर्थिक सहयोगमा संचालित ३ दिने सो तालिम प्रकृतिका साथीहरु, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना/इलाका संरक्षण कार्यालय सिक्लेस र मादी गाउँ पालिकाको सयुंक्त संयोजना संचालित गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै इलाका संरक्षण कार्यालय, सिक्लेसका निमित्त कार्यालय प्रमुख ढक बहादुर भुजेलले ‘पर्यटन, प्रकृति र स्थानीय जीविकोपार्जन’ लाई सँग सँगै लैजान यस्ता तालिमहरू…
पुरा पढौ