प्रकृति

वन्यजन्तु चोरी शिकार नियन्त्रण गर्न मुस्ताङमा सिडिओ सहितको टोलीले गरे वन गस्ती

वन्यजन्तु चोरी शिकार नियन्त्रण गर्न हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ लुप्रा वन क्षेत्रमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले पटक पटक छड्के वन गस्ती गरिरहेका छन् । गत कतिक महिनाको दोस्रो साता मुस्ताङ जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको लुप्राको वन क्षेत्रमा सिकारीले थापेको पासोमा परेर दुईवटा भाले कस्तुरी र तीनवटा पोथी कस्तुरी मृग मृत अवस्थामा फेला परेपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, स्थानीय र जिल्लाका तीनै वटा सुरक्षा निकायको टोलीले शनिबार आकस्मीक वन… पुरा पढौ

सालकलाई जिउँदै एक करोडामा बेच्न खोजेको आरोपमा एक पक्राउ

दुर्लभ जिउँदो सालकलाई १ करोड १० लाख रुपैयाँमा बिक्री गर्न खोजेको आरोपमा एक जना काठमाण्डौंमा पक्राउ परेका छन् । काठमाण्डौं महानगरपालिका ३२ मरुछासपाखाबाट महानगरीय अपराध महाशाखाको टोलीले सालक सहित एक जनालाई पक्राउ गरेको हो । तीन किलोको जिउँदो सालकसहित दोलखा कालिञ्चोक गाउँपालिका ६ लिप्टुङका २६ वर्षीय उद्धव थामी पक्राउ परेका हुन् । सालक बिक्री गर्न लागेको सूचनाको आधारमा बिहीबार उनको डेरामा पुगेको प्रहरी टोली संग उनले सो सालक १ करोड १० लाख रुपैयाँमा बिक्री गर्न खोजेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण… पुरा पढौ

संरक्षण कविता : सायद यतै कतै थियो टेथिस सागर

सायद यतै कतै थियो टेथिस सागर म त्यसैको कोखबाट जन्मिएँ कोख किंवदन्ती बन्यो म अझै छु जीवन्त तर छु हुँडारहरुबीचको सिकार जस्तोलाखौं वर्ष खोँचहरु काटेर तिम्रा अहमका पहाडहरु ताछेर म बगिरहेछु कहीँ गर्जन गर्जन कहीँ शान्त सुललित प्रवाह म बगिरहेछु मैले आफै बनाएको हुँ मेरा किनारहरु विशाल-विशाल फाँटहरु हजारौं वर्ष ननिदाएर परिश्रमको गीत गाएर बगाउँदै हिँडेको हुँ शालिग्राम र शिलाहरुसाधनाको उत्कर्षमा पुगेकाहरुको पाउ धोएको पनि हो तिनका अनन्त तिर्खा मेटेको पनि हो म कालीगण्डकी कालको सीमा अतिक्रमण गरेर बगेको छु… पुरा पढौ

सिंह र बाघमाथि कोरोना खोप परीक्षण

सिंह र बाघमाथि कारोना खोप परीक्षण गरिएको छ । चिलिको चिडियाखानामा सिंह र बाघमा कोभिड १९ विरुद्धको परिक्षण खोप लगाइएको हो । चिलिको बुइन चिडियाखानामा रहेका सिंह र बाघमाथि ग्लोवल एनिमल हेल्थ कम्पनी जोयटिसको नेतृत्वमा पहिलो पटक कोभिविरुद्धको परीक्षण खोप लगाइएको बताइएको छ । जनावरहरुमा कोरोना भाइरस संक्रमण फैलिन नदिन र भाइरसबाट बचाउन कोभिड विरुद्धको खोप परीक्षण गरिएको बताइएको छ । चिडियाखानामा रहेका सिंह, बाघ, पुमास र चिम्पान्जी लगायत जंगली जनावरहरुमा कोभिडविरुद्ध पहिलो चरणको खोप लगाइएको हो । खोप प्रभावकारी… पुरा पढौ

न्यानो हुँदै गरेको हिउँद र सगरमाथा क्षेत्रका हिमनदीहरू

सन् २०२०को हिउँदमा काठमाडौँबाट १४४ किलोमिटर पूर्वमा रहेको कालिन्चोकको भ्रमण गर्दा हिमनदीविज्ञ सुदीप ठकुरीले अचम्म मानेका थिए। हिउँले ढाकिएका पहाड हेर्न खोज्ने काठमाडौँवासी माझ लोकप्रिय यो गन्तव्य विगतका वर्षहरूमा जस्तो सेताम्य थिएन। त्यस हिउँदमा उनले सगरमाथा क्षेत्रको दक्षिण पश्‍चिममा रहेको मकालु-वरुण क्षेत्रको भ्रमण पनि गरेका थिए । मध्यपश्‍चिमाञ्चल विश्‍वविद्यालयमा विज्ञान तथा प्रविधि संकायका डीन रहेका ठकुरीले त्यहाँ पनि यस्तै हिउँको अभाव देखे । ‘रिमोट सेन्सिङ’ नामक अन्तर्राष्ट्रिय जर्नलमा हालै प्रकाशित एक लेखका अनुसार नेपालको सगरमाथा आधार सिविर क्षेत्रमा विगत ७२… पुरा पढौ

अफ्रिकामा खडेरी : वन्यजन्तु र मानिसले पालेका बस्तुभाउ मर्न थाले

अफ्रिका महादेशको पूर्वी भेगमा पर्याप्त पानी नपर्दा परेको खडेरीले साढे दुई करोड जनाभन्दा बढी मानिस प्रभावित भएको छ । वर्षायाममा पानी नपरेपछि उत्तरी केन्या, सोमालियाका अधिकांश भाग र दक्षिण इथियोपियामा नराम्रो खडेरी परेको छ । धेरै ठाउँमा वन्यजीव र किसानले पालेका बस्तुभाउँ मर्न थालेको बीबीसीले समाचारमा लेखिएको छ । आगामी वर्षको मध्यसम्म सुख्खा कायम रहने अनुमान गरिएको छ ।केन्याको साबुली वन्यजन्तु आरक्षण केन्द्रमा वन्यजन्तु मृत भेटिएका तस्बिर र भिडियो सार्वजनिक भएका छन् । यस आरक्षण केन्द्रमा कम्तीमा ११ वटा जिराफ… पुरा पढौ

माल्टामा नयाँ कानुन : गाँजाका ४ बोट घरमा लगाउन पाइने, सात ग्राम बोक्न पाइने

युरोपेली मुलुक माल्टामा घरमा ४ बोट गाँजा रोप्न पाइने र सात ग्राम गाँजा बोक्ने पाइने गरि गाँजासम्बन्धी नयाँ कानुन पारित भएको छ । यो संगै माल्टा व्यक्तिगत प्रयोगकालागि गाँजा लगाउन र बोक्न पाइने पहिले यसरोपेली मुलुक बनेको हो । माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ कानुन पारित गरेको बीबीसीले जनाएको छ । संसदमा नयाँ कानुन पक्षमा ३६ र विपक्षमा २७ मत परेको हो । नयाँ कानुनले सार्वजनिक स्थलमा गाँजा तान्न प्रतिबन्ध लगाएको छ । उमेर हद पनि कानुलले तोकेर १८ वर्षमूनिका… पुरा पढौ

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना आजदेखि सुरु हुँदै

बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबार देखि बाघ गणना सुरु हुदै छ । ठाकुरद्धारामा एका औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बाघ गणना फागुन मसान्तमा सकिने गरि गणना देशका बाघ पाइने क्षेत्रमा गणना भइरहेको छ । मंसिर १९ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जबाट बाघ गणनाको सुरु गरिएको थियो । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा आज देखि चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने बताइएको छ । यसकालागि आवश्यक प्राविधिकसहित… पुरा पढौ

बस्ती झर्‍यो जङ्गली गधा, यसपालि ठुलो हिउँ पर्न सक्छ !

केही दिन अघि उपल्लो मुस्ताङका गाउँहरूमा जङ्गली गधा देखिएको खबर आइरहेको थियो । जुन कुरा पत्याउन निकै गाह्रो थियो । यस भन्दा अघि लोमान्थाङ वरपर यो वन्यजन्तु बस्ती नजिक आएको थाहा थिएन । मुस्ताङ लगायत उपल्लो हिमाली भागमा यसलाई क्याङ भनिन्छ ।   कसैले ५ वटा त कसैले एक  वटा मात्र देखेको खबर आइरहेको थियो । तर आफैले देख्ने मौका पाइएको थिएन । मिति २०७८/०८/१० गतेका दिन चराङ खोलामा एउटा क्याङ छ भन्ने खबर आयो । शनिवार बिहानै क्यामरा बोकेर… पुरा पढौ

चराको संकटग्रस्त अवस्था बढ्दो

चराहरूको विश्वव्यापी अध्ययन, अनुसन्धान र संरक्षणमा काम गर्ने छाता संस्था ‘बर्डलाईफ इन्टरनेशनल’ले बिहीबार राति सार्वजनिक गरेको चराको वर्तमान संरक्षण अवस्था प्रतिवेदनमा नेपालमा पनि पाइने तीन प्रजातिका चरा आईयुसियनको संकट सूचि रेडलिष्टमा कम जोखिमबाट बढी जोखिमको अवस्थामा उक्लिएका छन् ।  सानो खरमुजूर, सुनौलो तोपचरा र पहाडी सदलचिल बढी संकटग्रस्त अवस्थामा परेका हुन । उक्त प्रतिवेदन अनुसार विश्वमा पाइने चराका हरेक आठ प्रजाति मध्ये एक प्रजाति संकटमा रहेको जनाएको छ र यसो हुनुको मुख्य कारण चराको वासस्थान विनाशलाई मानेको छ । हाल… पुरा पढौ