माछापुच्छ्रे गाउँपालिकाको बजेट : जलवायु परिवर्तनको असर र न्युनिकरणकालागि ५ लाख


     नेचर न्युज    
     असार १० गते २०७९ मा प्रकाशित


माछापुच्छ्रे गाउँपालिकाबाट देखिएको माछापुच्छ्रे हिमाल ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी वर्षका लागि ६३ करोड ३३ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले प्रस्तुत गरेको बजेटमा सडक छेउछाउ बजार क्षेत्र सार्वजनिक क्षेत्र लगायतमा हरियाली प्रवर्धन कार्यक्रमका लागी ७ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यसै गरी जलवायु परिवर्तनको असर र न्युनिकरणका उपायबारे जनस्तरमा सचेतनामूलक कार्यक्रमका लागी ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन सम्बन्धि योजना तथा कार्यक्रमका लागी जम्मा ६६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने प्रकोप व्यवस्थापन कोषमा ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।