प्रकृति

कोसी टप्पु वन्यजन्तु आरक्षबाट भारत छिरेका गोहीलाई नेपाल फर्काउन सकिएला त ?

सन् १९७०को दशकमा नेपालमा बाघ गैँडा जस्तै घडियाल गोही पनि लोप हुन सक्ने अवस्थामा पुगी सकेको थियो । त्यस वेला नारायणी नदीमा ५७ वटा मात्र घडियाल बाँकी रहेका थिए । न्यून सङ्ख्यामा रहेका घडियाल गोहीहरूलाई के कसरी बचाउने भन्ने कुराले तत्कालीन अवस्थाका संरक्षणविदहरुमा  हुटहुटी जाग्यो । फलस्वरूप चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल प्रजनन केन्द्रको स्थापना भयो। नारायणी नदीको बगरमा घडियाल गोहीका गुँडहरू पहिचान गरी तिनले पारेका अण्डाहरू सुरक्षित कसरामा ल्याई बच्चा कोरल्ने र हुर्काउने कार्यक्रम निरन्तर चली रह्यो । घडियालका… पुरा पढौ

नरभक्षी बाघ नियन्त्रणमा

बाँकेमा लामो प्रयासापछि नरभक्षी बाघ नियन्त्रणमा आएको छ । राप्तीसोनारी गाउँपािलकामा नरभक्षी बाघ नियन्त्रणमा आएको अधिकारीले बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले बुधबार बिहान साप्तीसोनारी स्थित सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिएको कोषले जनाएको छ । पाडा राखेर बाघलाई नियन्त्रणको प्रयास गरिएको थियो । राति बाघले पाडो खाएको थियो । त्यही पाडो फेरि बिहान खान आएको बेलामा नियन्त्रणमा लिन गरिएको डार्टकाे (बेहोस बनाउने) प्रयास असपल भएपछि दोस्रोपटकको प्रयास सफल भएको हो । राप्तीपारी मात्र एक वर्षको अवधिमा बाघको… पुरा पढौ

जहाजमा लाटोकोसेरो ठोक्किएपछि

यात्रु लिएर काठमाडौं उडेको गुण एयरलाइन्सको जहाजमा लाटोकोसेरो ठोक्किएको छ । यात्रु लिएर विराटनगरबाट काठमाडौंका लागि उडेको जहाज चरा ठोक्किएपछि फर्काएर विराटनगर विमास्थलमै अवतरण गरिएको थियो । धावनमार्ग छाड्ने क्रममा लाटोकोसेरो ठोक्किएपछि ३० सिटे जहाजलाई आइतबार साँझ विराटनगर फर्काइएको हो । साँझ साढे ६ बजेतिर काठमाण्डौंकालागि उडेको जहाजमा लाटोकोसेरो ठोक्किएपछि गन्तव्यमा पुग्न नसके पछि ५ मिनेटमै फर्काएर जहाजलाई सुरक्षित रुपमा विराटनगरमा अवतरण गरिएको विमानस्थल प्रमुख उत्सवराज खरेलले बताएका छन् । ७२४ उडान नम्बर रहेको जहाजमा ३० जना यात्रु र ३… पुरा पढौ

पृथ्वीको मिर्गौला सिमसार जोगाउन ढिला नगर

पानी बिना सजीव प्राणीको कल्पना पनि गर्न सकिँदैन । पृथ्वी जीवनकालागि अद्भुत र महत्त्वपूर्ण हुनु नै पानी हुनुका कारण हो । यसैले पानी जीवन हो ।पृथ्वीमा रहेका पानीका स्रोत सिमसार यस कारणले मानिका लागि मात्र होइन सम्पूर्ण प्राणी जगतका लागि महत्त्वपूर्ण छ । पानीको शुद्धीकरण, मानवीय स्वास्थ्य र पर्यावरणीय सन्तुलनका लागि सिमसारले योगदान दिइरहेको छ । यसैले पानी शुद्धीकरणको लागि  सिमसारको महत्त्वपूर्ण भूमिका रहेको छ । छिपछिपे पानी दलदल, धाप, मूलबाट बगेर शुद्धीकरण हुँदै थोपा थोपा पानी मिसिएर ताल बनेको हुन्छ… पुरा पढौ

वन्यजन्तुको मार्ग अवरोध नगर

सडक फराकिलो बनाउन खनेर छाडेको खाल्डोमा परी आइतबार (माघ ९ गते ) दिउँसो एउटा भाले गैंडाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गको भरतपुर गोद्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर करिब ११ वर्षको भाले गैंडा मारिएको छ ।  वन्यजन्तु ओहोरदोहोर भइरहने क्षेत्रमा वन्यजन्तुलाई पासो थापे जस्तो गरेर खनिएको खाल्डो बेलैमा नपुर्दा यस्तो दुर्घटना भएको देखिन्छ । काम सकिएपछि पासो जस्तो खाल्डो पुरेको भए दुर्लभ गैंडा यसरी मारिने थिएन । वन्यजन्तु ओहोरदोहोर गर्ने संवेदनशील क्षेत्रको अवस्थालाई बुझेर त्यसैअनुसार निर्माणको काम गरिनु पथ्यो… पुरा पढौ

वन्यजन्तुको काल बन्दै मानव निर्मित संरचना : नालीमा परेर गैंडाको मृत्यु

मानव निर्मित संरचना वन्यजन्तुकालागि काल बन्दै गएको छ । अव्यवस्थित रुपमा निर्माण भएका संरचनामा परेर बेलाबेलामा वन्यजन्तु मर्ने गरेका छन् । यस्तै आइतबार घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैंडाको मृत्यु भएको हो । आइतबार दिउँसो तीन बजे अन्दाजी वाषर््को भाले गैडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तारको काम भइरहेको पूर्वपश्चिम महेन्द्रराजमार्गको निर्माणाधीन नालामा खसेर भाले गैंडाको मृत्यु भएको हो । यो स्थान राजमार्गको भरतपुर गोन्द्राङ… पुरा पढौ

अवैध वन्यजन्तुका अङ्ग र बन्दुक सहित पोखराबाट एक जना पक्राउ

पोखरा २२ पुम्दिभुम्दीमा अवैध रूपमा वन्यजन्तुको छाला घरमा लुकाई छिपाई राखेको अवस्थामा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको छाला घरमा लुकाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरीले पुम्दीभुम्दीका २८ वर्षीय खो बहादुर थापालाई पक्राउ गरेको जनाएको छ ।  थापाको घरबाट ७ फिट लामो चितुवाको छाला, विभिन्न आकारका डल्लो पदार्थ ३ थान, सानो पटका रहेको रातो रङ्गको पत्ता १ थान फेला परेपछि उनलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ । पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा… पुरा पढौ

वन अधिकार सुनिश्चित गर : सामुदायिक वन महासंघ

सामुदायिक वन महासंघ वन उपभोक्ताको अधिकार सुनिश्चितताको माग गर्दै आन्दोलित भएको छ । वन नियमावलीमा ऐनसँग समेत बाझिने गरि उपभोक्ताको अधिकार कटौती गरिएको भन्दै सामुदायिक वन उपभोक्ता महमासंघ नेपालले सरकारसँग विभिन्न ११ बुँदे माग सहित एक महिने आन्दोलनको घोषणा गरेको हो । समुदायको अधिकार कटौती गर्ने गरि तयार  गरिएको वन नियमावली २०७८ को मसौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र बिस्तार, तेहेरो कर र वन पैदावार सदुपयोगमा लगाएको प्रतिबन्धको विरुद्धमा देशव्यापी आन्दोलन घोषणा गरिएको सामुदायिक वन उपमोक्ता महासंघका केन्द्रीय… पुरा पढौ

गैँडाको आक्रमणबाट दुई जना घाइते

पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिकाको पाछिहानीमा दिउँसो गैँडाको आक्रमणबाट दुई जना घाइने भएका हुन् । दिउँसो साढे तीन बजे गैँडाको आक्रमणबाट स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घर अगाडी घाम तापेर बसिरहेका स्थानीयलाई गैँडाले आक्रमण गरेको बताइएको छ । गैँडाको आक्रमणमा परेका दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्ब जना खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्… पुरा पढौ

नदीलाई मन पर्दैन

तिम्रा धारिला हातले छोएरमेरो शरीरमागिद्धे नजर लगाईसिँगारपटार गरेकोमलाई पटक्कैमन पर्दैन । मलाई दाउमा राखीमेरै नाम बेचेरमहानताको ढ्याङ फुकिरहेछौ मेरो पैतालामा छोएरमुटुमा हान्ने सुर कसिरहेछौ आफ्नो क्षणिक स्वार्थको लागिमेरो अस्मिता लुटेरतिम्रो सपनाका भकारी भर्नझिलीमिली सहरमा बेसरम नाचिरहेछौ । तिमी सक्छौ बरु आऊ मसँगतिमीलाई मेरो नृत्य देखाउँछु, कथा सुनाउँछुमेरा प्रत्येक शरीरको अंग-अंगको परिचय दिन्छुमेरो अस्तित्व, विश्वासर श्रद्धाको अक्षर पढाउँछु। म जे छु, म जस्तो छु यसैमा खुसी र सन्तुष्टि छुमलाई बिथोल्न नआऊमलाई चलाउन नआऊमलाई जिस्काउन नआऊमलाई रिस उठाउन नआऊ। यति भन्दाभन्दै पनितिमी… पुरा पढौ