चितवन राष्ट्रिय निकुञ्जमा फेरी तस्कर सक्रिय, खाल्डो खनेर गैंडा मारियो


     नेचर न्युज    
     मंसिर १ गते २०८० मा प्रकाशित


चितवन राष्ट्रिय निकुञ्जमा फेरी तस्करहरु सक्रिय भएको पाइएको छ । तस्करहरुले निकुञ्ज भित्र खाल्डो खनेर दुईवटा गैंडा मारेपछि पुनः तस्कर सक्रिय भएको पाइएको हो । यसरी मारिएका दुबै गैडाका खाग पनि लगिएको छ । गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि नै तस्करहरुले गैंडा मार्ने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा बिहीबार कध्यान्ह खाल्डोमा दुईवटा मृत गैंडा भेटिएको हो । दुबै गैंडाको खाग नभएको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् । खगेन्द्रपल्ली पोस्टबाट साढे तीन किलोमिटर पर दक्षिण पूर्वमा पर्ने चपरचुली इलाकामा पासोको रुपमा खाल्डो खनी गैंडालाई मारिएको हो । करिव १८ वर्या र ६ वर्षका मरिएको दुवै पोथी गैंडा हुन् । यसरी मारिएका गैंडा मध्य ठूलो गैडा १० दिन पहिले र सानो गैंडा तीन दिन अघि खाल्डोमा परेको हुन सक्ने बताइएको छ । सानो गैंडाको खाग काटेको आलो घाउ देखिएको छ भने ठूलो गैंडाको खाग छैंन तर घाउँ पनि नदेखिने गरी पुरिएको पुरानो घाउँ छ ।

यस अघि हालै त्यसै क्षेत्रमा गैडाको हाडखोर फेला परेकोले चोरीसिकारी बढेको देखिएको छ । गत वर्षको माघमा चितवन निकुञ्जको मन्यविन्दु नगरपालिका २ नारायणी किनारमा तस्करले करेन्ट लगाएर दुईवटा गैंडा मारेका थिए । यस आथिएक वर्षमा अहिलेसम्म चितवन राष्ट्रिय निकुञ्ज र वरपर आठ वटा गैंडा मरेको तथ्याङ्क छ । गैंडा तस्करहरुको सक्रियता पुनः बढेको पाइएकोले निकुञ्ज प्रशासन र स्थानीय संरक्षण कर्मी चनाखो हुनु पर्ने देखिएको छ । दुर्लभ वन्यजन्तु गैंडा संरक्षणमा स्थानीयको सक्रियता हुनु पर्ने देखिन्छ । गैंडा मारेमा वा यसको अंगको कारोबार गरेमा १० लाख रुपैयँ सम्म जरिवता र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।