प्रकृति

मासिँदै खेती योग्य जमिन : फेवा फाँटमा पनि प्लटिङ

जेठोबुढो धान झुल्ने पोखराका फाँटहरू कङ्क्रिट जङ्गलमा परिणत हुँदै गएका छन् । यहाँका बिरुवा फाँट, कुँडहर फाँट,  चाउथेफाँट यस अघि नै कङ्क्रिट जङ्गलमा परिणत भइसकेका छन् । पोखराको फेवा किनारको खहरे फाँट, खपौदी पनि उसै गरी कङ्क्रिट जङ्गल बनीसके । सेदीफाँट पनि अब भरिने क्रममा छ ।  पोखरामा अहिले सम्म जोगाउन सकिने भनेको फेवा फाँट हो । यहाँ पनि प्लटिङको रोग लागेको छ । यहाँको हर्पन खोला किनारमै पामे नजिकै प्लटिङ गरिएको छ । यसै गरी चंखपुर, भकुन्डे क्षेत्रमा पनि प्लटिङ भइरहेका छन्… पुरा पढौ

वन्यजन्तु संरक्षणमा चुनौती : एक वर्षमा २०५ वन्यजन्तुको मृत्यु

वन्वयन्तुको घर वनको अतिक्रमण बढ्दो क्रममा छ । यसको प्रत्यक्ष असर वन्यजन्तु संरक्षणमा देखिएको छ । देशको महत्वपूर्ण राष्ट्रिय निकुञ्ज मध्येको एक चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पनि यो समस्या चुनौतीको रुपमा देखिएको छ ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण र चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा संकटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मुत्यृ भएको निकुञ्जले जनाएको छ । निकुञ्ज र मध्यवर्ती… पुरा पढौ

जन्मदिनमा वृक्षरोपण र वातावरणीय शिक्षा

जन्मदिन अर्थात् जन्म तिथि, जन्म दिवस, वर्ष प्रवेश, वर्ष वृद्धि भन्ने बुझिन्छ । जन्मदिन सबैकालागि महत्वपूर्ण हुन्छ । पछिल्लो समयमा नेपाली संस्कृति, परम्परा अनुसार जन्मदिन मनाउने भन्दा पनि पश्चिमा संस्कृतिमा रमाउने क्रम बढ्दो छ । जन्मदिनमा आप्नो गच्छे भन्दा बढी खर्च गरी होटेल, रेस्टुरेन्टमा केक काटेर मदिरा सेवनगरी हल्लाखल्ला गरेर मनाउने चलन बढेको हो । यस्तो चलन बढीरहेको समयमा एक चिकित्सकले फरक ढङ्गले आप्नो छोराको जन्मदिन मनाउँदै आएका छन् । पाटन मानसिक अस्पतालका मेडिकल अधिकृत डा ईश्वरी खनालले विगत चार वर्ष देखि… पुरा पढौ

नेपालमा भेटियो अमेरिकी कालो गिद्ध : एसियामा पहिलो पटक भेटिएको दाबी

संयुक्त राज्य अमेरिका, दक्षिण अमेरिकाको पेरु, मध्य चिली, क्यानडा र उरुग्वेसम्म पाइने अमेरिकी कालो गिद्ध नेपालमा पहिलो पटक देखिएको छ । गिद्ध संरक्षण अभियान्ताहरुले पहिलो पटक नयाँ विश्व गिद्ध प्रजातिको कालो गिद्ध बुधबार नवलपरासीको जटायु रेस्टुरेन्ट कावासोतीमा देखेका हुन् । नेपालमा पुरानो विश्व प्रजातिका ९ प्रजातिका गिद्ध पाइन्छन् । लामो समय देखि गिद्धको अनुसन्धान र संरक्षण गर्दे आएका डिबि चौधरी सहितको टोलीले बुधबार बिहान कावासोतीको जटायु रेस्टुरेन्टमा नयाँ विश्व गिद्ध प्रजातिको अमेरिकी कालो गिद्ध भेटेको भन्दै कावासोतीको जटायु रेस्टुरेन्टमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा… पुरा पढौ

ब्रह्माण्डको सुरुवाततिरको स्पष्ट दृश्य देखिने तस्बिर

जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिल्लो पल्ट खिचिएको ब्रह्माण्डको पूर्ण(रङ्गिन तस्बिर सार्वजनिक गरिएको छ । यसले विश्वका मानवलाई उत्साहीत बनाएको छ । ब्रम्हण्डको बोमा थप जान्न र बुझन वैज्ञानिक र समग्र मानवलाई उत्साह जगाएको छ ।यो तस्बिरले ब्रह्माण्डको सबभन्दा गहिरो, अति विस्तृत इन्फ्रारेड दृश्य देखाएको बताइएको छ।तस्बिरमा हामीकहाँ आइपुग्न अरबौँ वर्ष लागेको आकाशगङ्गाहरूको प्रकाश समेत खिचिएको छ। जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिल्लो पल्ट खिचिएको ब्रह्माण्डको पूर्ण रङ्गिन तस्बिर । तस्बिर : नासा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा जानकारी दिने क्रममा… पुरा पढौ

माटो जोगाऔं अभियानमा युवा विद्यार्थी : प्रधानमन्त्रीलाई पत्र

माटो जोगाऔं अभियानमा युवा विद्यार्थी लागेका छन् । पोखराका विद्यार्थीले माटो जोगाउन अभियान सुरु गरेका हुन् । युवा विद्यार्थीले माटो जोगाउन सरकारी नीति निर्माण गर्न भन्दै प्रधानमन्त्री शेरबहादुरलाई पत्र पनि लेखेका छन् । करिब ३० विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुले विश्वव्यापी माटो जोगाऔं ९कबखभ कयष्०ि अभियान अन्तर्गत माटो जोगाऔं सचेतना कार्यक्रम सहित लेखिएको पत्र संकलन गरिएको छ । विद्यालय बाहेक बिभिन्न माटो जोगाऔं सचेतना कार्यक्रमहरु पनि आयोजना भैरहेका छन् । विश्व वातावरण दिवसको अवसरमा पोखरा परिक्रमा गरि साइकल र्याली गरिएको थियो… पुरा पढौ

निजगढ फैसलामा गठबन्धनका नेताबाट सर्वोच्चको मानहानि – पूर्वन्यायाधीश र वातावरण संरक्षणकर्मी

सर्वोच्चले निजगढमा विमानस्थल निर्माण गर्ने सरकारी निर्णयलाई बदर गरिदिएपछि पनि त्यहीं विमानस्थल बनाउने अडान राख्नु फैसलाको अवज्ञा भएको विज्ञहरुले बताएका छन् । बाराको निजगढमा विमानस्थल निर्माणसम्बन्धी सम्पूर्ण निर्णय बदर गरिदिने फैसलापछि पनि सरकार र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मानहानि गरेको विज्ञहरुले बताएका हुन् । सरकारले अदालतको फैसला कार्यान्वयन गर्नुपर्नेमा गठबन्धनका प्रधानमन्त्री र शीर्ष नेताले निजगढमै पुगेर त्यहीँ विमानस्थल बनाउने अडान दोहो¥याउनुलाई पूर्वन्यायाधीश, वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीहरुले अदालतको मानहानिका रुपमा अथ्र्याएका हुन् । वातावरण कानुन समाज नेपाल, जनहित संरक्षण मञ्च… पुरा पढौ

उदयपुरको जंगलमा बोको खाँदै गरेको अजिंगर

उदयपुरमा बोको खाँदै गरेको अवस्थामा अजिंगर भेटिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरस्थित सामुदायिक वन क्षेत्रमा आइतबार साँझ एउटा अजिंगर बाको निल्दै गरेको अवस्थामा फेला परेको हो । सगरमाथा सामुदायिक वन क्षेत्रमा करिब १२ किलोग्रामको बोको अजिंगरले निल्दै गरेको अवस्थामा भेटिएको स्थानीयहरुले बताएका छन् । स्थानीयले जंगलमा अजिंगरले बोका खाँदै गरेको देखेका थिए । अजिंगरले बोको खाएको दृश्य देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरलाई खवर गरेपछि अजिंगरलाई सुरक्षित तरिकाले बोरामा राखेर सवडिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई बुझाएको छ। २०… पुरा पढौ

निजगढ विमानस्थल फैसला : दुई न्यायाधीशको फरक राय

बाराको निजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायाधीशबीच राय बाझिएको छ । यस विमानस्थलमा सरकारले गरिरहेको काम रोक्ने गरी जेठ १२ गते सर्वोच्च अदालतबाट भएको आदेशमा बृहत पूर्ण इजलासका ५ मध्ये २ न्यायाधीशले फरक राय दिएका हुन् । न्यायाधीहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासमा न्यायाधीश कार्की र शर्माले फरक राय दिएका हुन् । उनीहरुले निजगढमा हाल प्रस्ताव गरिएको क्षेत्रको दक्षिणतर्फको सरकारी स्वामित्वको खाली जमीन र सोसँग जोडिएको व्यक्तिगत जग्गाहरु समेतलाई जोडेर वा सो… पुरा पढौ

सगरमाथा क्षेत्र कब्जा गर्दैछन् हिमाली व्वाँसाे

अप्रिल २०२२ को एक बिहान नाम्चेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयबाट सगरमाथाको शिखर प्रस्ट देखिएको थियो । चुचुरोबाट हिउँ पग्लिएर उडेको वाफले बादलको एउटा पातलो पत्र बनाएकाे थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई भने त्यो सुन्दर दृश्य हेर्ने फुर्सद थिएन । उनी पार्ककाे पछिल्लो वार्षिक प्रतिवेदनका पाना पल्टाउँदै थिए । एउटा अनुच्छेदमा उल्लिखित तथ्यांक औँल्याउँदै उनले भने, “सन् २०२० को मध्यदेखि २०२१ को मध्यसम्ममा पार्क र मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट तीनसयभन्दा बढी घरपालुवा जनावर मारिए । त्यसका लागि हामीले समुदायलाई… पुरा पढौ