
पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को नवीकरणको अन्यौलतालाई तोड्दै सरकारले २०८५ साल सम्मकालागि व्यवस्थापकीय जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई नै दिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को २०७७ माघ ३ गते देखि नवीकरण नभएको अवस्थामा पुस ५ गतेको मन्त्रीपरिषद्को निर्णयबाट अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय गरेको हो । मन्त्री परिषद्को यो निर्णय सँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) समुदायलाई हस्तान्तरण गर्ने कि कस्ले र कसरी चलाउने भन्ने अन्योल ५ वर्ष सम्मकालागि अन्त भएको छ । संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणकालागि जग्गा उपलब्ध गराउँनेसम्बन्धी कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय पनि मन्त्री परिषद्ले गरेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक प्रवेश शुल्कबाट सबैभन्दा धेरै आम्दानी हुने संरक्षण क्षेत्र हो । यसैले यस संरक्षण क्षेत्रको आम्दानीमा तीन तहकै सरकारको आँखा लाग्दै आएको छ । तर संरक्षणमा भने तीन तहकै सरकारको ध्यान गएको पाइँदैन । संरक्षण र पर्यटन आगमनमा नाम कमाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीय निकाय बिच समन्वय हुन नसक्दा स्थानीयले संरक्षण क्षेत्रको सरकारी जमिनमा आफूखुसी होटेल, रेस्टुरेन्ट बनाएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को म्याद थप भए सँगै आयोजनाले स्थानीय निकाय सँग समन्वय गरेर संरक्षण क्षेत्रमा जुट्नु पर्ने देखिन्छ । संरक्षण क्षेत्रमा हुने जडीबुटीको चोरी, वन्यजन्तुको सिकार नियन्त्रणमा पनि पछिल्लो समयमा चुनौती थपिएको छ । संरक्षण क्षेत्रका बस्ती नभएका क्षेत्रमा पनि सडक सञ्जाल बिस्तारले वन्यजन्तु, जडीबुटी संरक्षणमा चुनौती थपिएको संरक्षण विद्ध डा हुम गुरुङ बताउँछन् । स्थानीय सरकार, प्रदेश सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) आफूहरूले व्यवस्थापन गर्न पाउनु पर्ने माग बेला बेलामा राख्दै आएको अवस्थामा आयोजनालाई संरक्षण र पर्यटन सँग सँगै प्रभावकारी रुपमा लग्नु पर्ने दायित्व आयोजनालाई आएको छ ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…