प्रकृति

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) २०८५ साल सम्मकालागि नवीकरण

पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को नवीकरणको अन्यौलतालाई तोड्दै सरकारले २०८५ साल सम्मकालागि व्यवस्थापकीय जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई नै दिएको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को २०७७ माघ ३ गते देखि नवीकरण नभएको अवस्थामा पुस ५ गतेको मन्त्रीपरिषद्को निर्णयबाट अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय गरेको हो ।  मन्त्री परिषद्को यो निर्णय सँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) समुदायलाई हस्तान्तरण गर्ने कि कस्ले र कसरी… पुरा पढौ

वातावरणीय सचेतनाकालागी पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता

वातावरण सम्बन्धि सचेतना फैलाउँदै पोखराको वायुमण्डलमा रहेको कार्बन डाइअक्साईडको मापन गर्न जापान सरकारको सहयोगमा विद्यालयस्तरमा अध्ययनका लागि सम्झौता भएको छ । जापान सरकारको शिक्षा मन्त्रालयमार्फत त्यहाँको नागोया साङग्यो विश्वविद्यालयले नेपालका विभिन्न सहरको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्थाबारे अध्ययन गर्न थालेको हो । विद्यालयका विद्यार्थीमार्फत वातावरणसम्बन्धि साक्षरता फैलाउने र वायुमण्डलको कार्बन डाईअक्साइडको मापन गर्न सहकार्य गर्नेगरि गैहपाटनस्थित पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता पनि भएको छ ।पोखरा, काठमाडौं, बुटवल लगायतका सहरका विभिन्न विद्यालयमार्फत ती ठाउँको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको मापन गर्ने… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रबाट ३९० किलो सुनाखरी सहित एक जना पक्राऊँ

पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रबाट ३९० किलो आलो सुनाखरीको गानो सहित एक जना पक्राउ परेका छन् । यो परिमाण अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले सम्मकै सबैभन्दा धेरै परिमाण हो ।  मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ खुदीमा सुनाखरी गाडीमा लोड गर्ने क्रममा प्रहरीले मर्स्याङ्दी गाउँपालिका वडा ४ कालाघिरिङका श्रीप्रसाद लामालाई पक्राउ गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई बुझाएको छ । उनि संकलन गर्ने व्यक्ति रहेको बताइएको छ । सुनाखरी साइसिट अनुसूची दुईमा भएकोले यसको ओसारपोसार गर्न पाइँदैन । यसको राजश्व नै किलोको ५ सय रुपैयाँ… पुरा पढौ

जलवायु परिवर्तनको अध्ययन गर्न मलेशियाका शिक्षक सिक्लेसमा

सिक्लेस कास्की : कास्कीको सिक्लेसमा जलवायु परिवर्तन र यसका असरका विषयमा अध्ययन गर्न मलेशियाका विभिन्न स्कूलका वातावरण विषयका शिक्षक सिक्लेस आएका छन् । मलेशियाबाट आएका शिक्षकहरुले सिक्लेसको नजिकै रहेको कफुचे हिमतालको परिवर्तित अवस्था, सिक्लेसबाट देखिन अन्नपूर्ण दोस्रो, अन्नपूर्ण चौथो र लम्जुङ हिमालमा परेको ग्लोवल वामिङको असरको बारेमा स्थानीय संग अन्तरक्रिया गरेका थिए ।  वातावरण शिक्षाकालागि मलेशिया र सिक्लेसको अन्नपूर्ण स्कूल बिच सहकाय गर्ने समझदारी ।  सिक्लेसको अन्नपूर्ण मावि , एसएमके ला सलेसेन्टल मावि क्वालालाम्पुर मलेशिया, नेचरलर सोसाइटी क्लब बिच वातावरण… पुरा पढौ

जिम्बाब्वेमा खडेरीका कारण पानी खान नपाएर एक सय हात्ती मरे

कहिले अति वर्षा त कहिले खडेरीका कारण विश्वका मान्छे मात्र होइन जनावर पनि समस्यामा पर्दै गएका छन् । यस्तै समस्या अहिले जिम्बाब्वेमा खडेरीका कारण हात्ती मरेका समाचार आइरहेको छ । जिम्बाब्वेमा खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् । जिम्बब्वेस्थित ह्याङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तराष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ । पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञत्ति अनुसार हाल सो खडेरीकाा कारण ग्रीष्मकालीन… पुरा पढौ

गोही संरक्षणको सन्देश दिन मेला

गोही संरक्षणको सन्देश दिन सौराहाको चित्रसारी मैनाह खेलमैदानमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना गरिएको छ । केयर फर नेचको आयोजनामा गोही संरक्षणका साथै खोलाको संरक्षण गर्दै पर्यटन विकासमा जोड दिदैं मेला आयोजना गरिएको हो । मंसीर २२ र २३ गते दुई दिन चलेको मेलामा नदी किनार सरसफाई जनचेतना मुलक ¥याली पनि गरिएको थियो । मेलामा बालबालिकाले गोहीको मुकुट लगाएर संरक्षणको सन्देश दिएका थिए । बालबालिकाले गालामा सेभ घडियाल, सेभ गोही जस्ता सन्देशमुलक सन्देश फेस पेन्टिङ गरेका थिए । सौरहा… पुरा पढौ

माउन्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिमा फेरिन सक्छ : विज्ञ

हिमाल यहि गतिमा पग्लिँदै गए माउन्टेन क्लिाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्ने चिन्ता एक कार्यक्रममा विज्ञहरुले व्यक्त गरेका छन् । पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा आयोजित हिमाल किन कालो हुँदै छ र के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ भन्ने र्शीर्षकको बहसमा सहभागी विज्ञले हिमाल कालो हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । विश्वव्यापी तापमान वृद्धिले हिमालको हिउँ पग्लिँदै गए हिमाल आरोहण कुनै दिन कालापथ्थर आरोहढाको रुपमा फेरिन सक्ने विश्व वन्यजन्तु कोष नेपालका प्रमुख एवं संरक्षण विद डा… पुरा पढौ

पोखरामा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन हुँदै

पोखरा : पोखरामा आठौं पर्वतीय महोत्सवको तयारी गरिको छ । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सवको आठौं संस्करण हुन लागेको हो । महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए । यसवर्षको महोत्सवमा बर्डस कन्जरभेसन नेपाल सँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’… पुरा पढौ

विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि तालिम

वन्यजन्तु संरक्षणमा व्यवहारिक ज्ञान दिने उद्देश्यले स्याङ्जाको पुतली बजारमा विद्यार्थीहरुकालागि वन्यजन्तु अनुसन्धान विधि तालिम भइरहेको छ । नेपालमा वन्यजन्तु र तिनको वासस्थानको अनुसन्धान र संरक्षणको क्षेत्रमा क्षमतावान् युवापुस्ताको निर्माण गर्ने उद्देश्यले प्रकृतिका साथीहरू संस्थाले विगत एक दशक देखि वार्षिक रुपमा सञ्चालन गर्ने ‘वन्यजन्तु अनुसन्धान विधि तालिम’ दिइएको हो । स्याङ्जा जिल्ला, पुतली बजार नगरपालिका २, भैंसेगौंडा सामुदायिक होम स्टेमा विद्यार्थीहरूले तालिम लिइरहेका छन् ।  नेपालको वन्यजन्तु संरक्षण, अनुसन्धान क्षेत्रमा व्यवहारिक ज्ञानको निकै आवश्यक भइरहे बेलामा प्रकृतिका साथीहरू संस्थाले वर्षेनी यस्तो कार्यक्रम… पुरा पढौ

कोप –२८ : नेपाललाई क्षतिपूर्ति देउँ

कास्कीको माछापुच्छ्रे« गाउँपालिका १ टुसेका ७२ बर्सिया दलबहादुर गुरुङले हिमालको हिउँ पग्लिँदै गएको अनुभव प्रत्येक वर्ष हुँदै गएको बताएका छन् । पहिले सेतो देखिने माछापुच्छ्रे« लगायतका हिमाल अहिले कालापत्थर जस्ता देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे । पहिले हामी ठिटो हुँदा हिमाल सेतो हुन्थ्यो । हामी केटकेटी हुँदा गाउँमै पनि हिउँ पथ्यो । अहिले त गाउँको के कुरा लेकमै हिउँ पर्न छाड्दा हिमाल पग्लदै काला चट्टान जस्ता देखिन थालेको उनले सुनाए । सेतो हुनु पर्नेमा हिमाल पग्लदै कालो भयो उनले भने… पुरा पढौ