प्रकृति

अवैध वन्यजन्तुका अङ्ग र बन्दुक सहित पोखराबाट एक जना पक्राउ

पोखरा २२ पुम्दिभुम्दीमा अवैध रूपमा वन्यजन्तुको छाला घरमा लुकाई छिपाई राखेको अवस्थामा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको छाला घरमा लुकाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरीले पुम्दीभुम्दीका २८ वर्षीय खो बहादुर थापालाई पक्राउ गरेको जनाएको छ ।  थापाको घरबाट ७ फिट लामो चितुवाको छाला, विभिन्न आकारका डल्लो पदार्थ ३ थान, सानो पटका रहेको रातो रङ्गको पत्ता १ थान फेला परेपछि उनलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ । पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा… पुरा पढौ

वन अधिकार सुनिश्चित गर : सामुदायिक वन महासंघ

सामुदायिक वन महासंघ वन उपभोक्ताको अधिकार सुनिश्चितताको माग गर्दै आन्दोलित भएको छ । वन नियमावलीमा ऐनसँग समेत बाझिने गरि उपभोक्ताको अधिकार कटौती गरिएको भन्दै सामुदायिक वन उपभोक्ता महमासंघ नेपालले सरकारसँग विभिन्न ११ बुँदे माग सहित एक महिने आन्दोलनको घोषणा गरेको हो । समुदायको अधिकार कटौती गर्ने गरि तयार  गरिएको वन नियमावली २०७८ को मसौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र बिस्तार, तेहेरो कर र वन पैदावार सदुपयोगमा लगाएको प्रतिबन्धको विरुद्धमा देशव्यापी आन्दोलन घोषणा गरिएको सामुदायिक वन उपमोक्ता महासंघका केन्द्रीय… पुरा पढौ

गैँडाको आक्रमणबाट दुई जना घाइते

पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिकाको पाछिहानीमा दिउँसो गैँडाको आक्रमणबाट दुई जना घाइने भएका हुन् । दिउँसो साढे तीन बजे गैँडाको आक्रमणबाट स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घर अगाडी घाम तापेर बसिरहेका स्थानीयलाई गैँडाले आक्रमण गरेको बताइएको छ । गैँडाको आक्रमणमा परेका दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्ब जना खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्… पुरा पढौ

नदीलाई मन पर्दैन

तिम्रा धारिला हातले छोएरमेरो शरीरमागिद्धे नजर लगाईसिँगारपटार गरेकोमलाई पटक्कैमन पर्दैन । मलाई दाउमा राखीमेरै नाम बेचेरमहानताको ढ्याङ फुकिरहेछौ मेरो पैतालामा छोएरमुटुमा हान्ने सुर कसिरहेछौ आफ्नो क्षणिक स्वार्थको लागिमेरो अस्मिता लुटेरतिम्रो सपनाका भकारी भर्नझिलीमिली सहरमा बेसरम नाचिरहेछौ । तिमी सक्छौ बरु आऊ मसँगतिमीलाई मेरो नृत्य देखाउँछु, कथा सुनाउँछुमेरा प्रत्येक शरीरको अंग-अंगको परिचय दिन्छुमेरो अस्तित्व, विश्वासर श्रद्धाको अक्षर पढाउँछु। म जे छु, म जस्तो छु यसैमा खुसी र सन्तुष्टि छुमलाई बिथोल्न नआऊमलाई चलाउन नआऊमलाई जिस्काउन नआऊमलाई रिस उठाउन नआऊ। यति भन्दाभन्दै पनितिमी… पुरा पढौ

एसियामा बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ हुनसक्छ

संरक्षण अवस्थाबारे गरिएको एउटा नयाँ अध्ययनमा विश्वभर ३७ सयदेखि ५५ सय ८० वटा परिपक्व अवस्थाका ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ । यस आकलनको तल्लो विन्दुलाई आधार मान्ने हो भने बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ देखिन्छ किनभने अनुमानित तथ्यांकअनुसार अहिले विश्वभर ४ हजार बाघ जीवित रहेको मानिन्छ । नेपालका हिमाली शृंखलाका फेदीदेखि दक्षिण चीन र मलेसियाको दक्षिणसम्म पाइने यो चितुवा विरलै देखिने मांसाहारी हो जसले आफ्नो अधिकांश समय रुखमै बिताउँछ । सुमात्रा र बर्निओमा पाइने सुन्डा ध्वाँसे चितुवा र यो बाघ… पुरा पढौ

बाघले फेरि लियो एकको ज्यान : त्रासमा सर्वसाधारण

बाँकेमा बाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं ६ हवल्दारपुरकी ३२ वर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । माघीको लागि पात टिप्न भनेर बाँके राष्ट्रिय नजिकैको सामुदायिक वनमा पात टिप्न गएकी थारुको बाघले अक्रमण गरी ज्यान लिएको हो । माघीकालागि पात टिप्न गएका ६÷७ जनाको समूहमा बाघले थारुलाई झम्टिएर मारेको प्रहरीले बताएका छन् । बाघले आक्रमण गरेर मृत्यु भएकी थारुको शव जंगलमा भेटिएको छ । समूहमा रहेकी थारुलाई… पुरा पढौ

कावासोतीको जटायु रेष्टुरेन्टमा अहिले सम्मकै धेरै गिद्ध

नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टेरेन्टमा अहिले सम्मकै धेरै गिद्ध देखा परेका छन् । एसियामै गिद्ध संकटमा परेको समयमा गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउने उद्देश्यले सन् २००६ मा नवरपरासीको पिठौलीमा जटायु रेस्टुरेन्ट संञ्चालनमा आएको हो । यो रेस्टुरेन्ट समुदायद्धारा सञ्चालनमा आएको विश्वकै पहिलो जटायु रेस्टुरेन्ट हो । पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनक औषधिको अत्याधिक प्रयोगले गिद्धको विनाश भएपछि डाइक्लोफेनक रहित शुद्ध आहारा उपलब्ध गराउन रेस्टुरेन्ट संञ्चालनमा आएको हो । पशु उपचारमा डाइक्लोफेनक खुवाइएका पशु उपचारका क्रममा मरेपछि गिद्धले त्यो सिनो खाँदा… पुरा पढौ

हिमपातको समयमा वन्यजन्तु जोगाउन सकस

हिमपातकाे समयमा वन्यजन्तु जाेगाउन सकस हुँदै गएकाे छ । हिमााली क्षेत्रमा ठूलाे हिमपात हुँदा वन्यजन्तु हिउँमा पुरिने र हिउँबाट बच्न गाउँ नजिक आश्रय खाेज्दै आउँदा सिकारीबाट मारिने गरेका छन् । गत बुधबार देशभरका हिमाली क्षेत्र तथा लेकमा परेको भारी हिमपातका कारण वन्यजन्तु सकसमा परे । उच्च हिमाली क्षेत्रमा पाइने हिउँचितुवा, हाब्रे, कस्तुरी मृग, भालु लगायत वन्यजन्तु जोखिममा पर्ने गरेका हुन । हिउँ बाक्लो परेपछि हिउँमा पुरिएर, आहारा र पानी खान नपाएर वन्यजन्तु मर्ने गरेका छन् । लामो समय सम्म हिउँ… पुरा पढौ

पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव : देशभरका लेक र हिमाली क्षेत्रमा हिमपात

वर्षा संगै देशभरका उच्च लेक बस्ती र हिमाली क्षेत्रमा हिमपात भएको छ । हिपातले हिमाली क्षेत्रको जनजीवन कष्ठकर भएको भएको स्थानीयले बताएका छन् । हिमालपारीको जिल्ला मुस्ताङ, मनाङमा बाक्लो हिमपात भएको छ । यस्तै गरी म्याग्दी र कास्कीको लेकाली बस्तीम पनि हिमपात भएको छ । गण्डकी प्रदेशका हिमाली जिल्लामा मात्र होइन देशभरकै उच्च लेक र हिमाली जिल्लामा बाक्लो हिमपात भएको हो । सोलुखुम्बुमा पनि बाक्लो हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा,… पुरा पढौ

गिद्ध हाम्रो साथी

गिद्धले वातावरण सफा राख्छ । सिना खाएर वातावरण स्वच्छ र सफा बनाएर मान्छे र अन्य जनावरको जीवन स्वस्थ्य राख्न महत्वपूर्ण भूमीका खेल्ने भएर गिद्धलाई प्रकृतिको कुचीकार भनिन्छ । धर्तीमा सिनो खाएर वातावरण सफा गरेर मात्र होइन गिद्ध आकाशमा उड्दा पनि मान्छेका साथमा रमाउने र साथीको भूमीका निर्वाह गर्ने गरेको प्यारा पाइलोटकाे अनुभव रहेकाे छ । सन् १९९८ देखि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दै आएका नेपालकै पहिलो व्यवसायिक प्यारापाइलोट राजेश बमजन गिद्धले आकाशमा मान्छेको साथमा रमाउने र साथी जस्तै व्यवहार गर्ने अनुभव… पुरा पढौ