
देशका विभिन्न भागमा लागेको डढेलोका काण देशभर वायु प्रदूषण बढेको छ । जंगलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको अवस्था छ । यस्तो अवस्थामा बेस्सरी आवा नचल्दा र पानी पनि नपरेको कारण प्रदूषण बढेको हो ।
वातावरण विभागका अनुसार मंगलबार दिउँसो सबैभन्दा धेरै वायु प्रदूषण पोखरामा छ । विभागका अनुसार मंगलबार पोखराको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१७ रहेको छ । यस्तै सिमरामा र भरतपुरमा १६३ रहेको छ । कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको एक्युआई १५२ रहेको छ । हावामा प्रदूषणको मात्रा बढेसँगै काठमाण्डौं संसारमै प्रदूषित हावा भएको सहरमा चौंथो नम्बरमा परेको छ ।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (इक्यूआई) मा मापन गरिन्छ । एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ । ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ । यस्तै इक्यूआई २०० सम्म पुगे सबैकालागि अस्वस्थ हुन्छ । एक्यूआई ३०० पुग्नुलाई जोमिपूर्ण मानिन्छ । यो भन्दा माथि जानुचाहिँ घातक मानिन्छ । जनस्वास्थ्यका दृष्टिले यो तहलाई निकै जोखिम र हानिकारक मान्ने गरिन्छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…