
पाँच दर्शक पछि पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिङ सडक खण्ड स्तरोन्नति हुँदै छ । सन् १९७४ मा चीन सरकारको सहयोगमा बनेको दुई लेनको सडक सामान्य मर्मत मात्र हुँदै आएको थियो । पहिलो पटक पूर्णरुपमा स्तरोन्नति हुन लगेको हो ।
सडक स्तरोन्नति भएर ४ देखि ६ लेनका बन्ने क्रममा सडक दायाँबायाँका रुख कटान हुने भएका हुन् । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा –मुग्लिङ (९२ किलोमिटर) सडक खण्ड अन्तर्गत आँबुखैरेनी देखि जामुने सडक खण्डका रुख कटान भएर काम सुरु भएको छ । पहिलो फेजमा आँबुखैरेनी देखि पोखरा सम्मको ८० किलोमिटर सडक स्तरोन्नतिको काम सुरु हुन लागेको हो । पोखरा–मुग्लिङ सडक विस्तारको क्रममा साना ठूला गरी कुल ८ हजार बढी रुख कटान हुने आयोजनाले जनाएको छ । राजमार्ग विस्तारका क्रममा वर्षौ पुराना वर, पीपल, समीका चौताराका रुख र सिमल लगायतका रुख पनि कटान भएका छन् ।

यसरी कटानभएका रुखको क्षतिपूर्ति स्वरूप एक रुख बराबर १० बिरुवा सारेर हुँकाउनु पर्ने व्यवस्था रहेको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताए । आयोजनाले वन कार्यालय सँग समन्वय गरेर बिरुवा रोपेको पाँच वर्ष सम्म हुँकाएर वन कार्यालयलाई बुझाउनु पर्ने व्यवस्था रहेको पनि बरालले बताए । रुख कटान भए पनि भरपाईका रूपमा कहाँ बिरुवा रोपेर हुँकाउने भन्ने स्थानको एकीन भने अझै भएको छैन ।
कहाँ रोप्ने भन्ने ठाउँ एकीन गर्ने काम सम्बन्धित क्षेत्रका डिभिजन वन कार्यालयको रहेको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी सालिकराम पराजुलीले बताए । कास्की तर्फ कहाँ रोप्ने भन्ने एकीन भइनसकेको पनि उनले बताए । असार, साउनमा बिरुवा रोप्ने गरी सव डिभिजन कार्यालय मार्फत जमिन खोजेर फिल भिजिट गरेर एकीन गरिने पनि उनले सुनाए ।

एसियाली विकास बैङ्कको ऋण सहयोगमा तीन वर्षभित्र ४ देखि ६ लेनको सडक बनाउन लागिएको हो । सहरी क्षेत्रमा ६ लेनको र अरू ठाउँमा डेडिकेटेड ४ लेनको सडक बन्ने लागेकाे हाे ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…