
चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा निउरोको सिजनमा बाघको आक्राण बढेको छ । यस्तै घट्ना मंगलबार भएको छ । मंगलबार अपरान्ह चितवनको जंगलमा निउरो टिप्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ । भरतपु महानगरपालिका २३ मा पर्ने घैलाघारी सामुदायिक वनमा चार जना निउरो टिप्न गएकोमा ५५ वर्षकी मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
यो जेठ महिनामा बाघको आक्रमणबाट भएको चौंथो घटना हो । यस अघि जेठ महिनामै अन्य २ जना पनि निउरो टिप्नै जंगल छिरेको बेला बाघको आक्रमणबाट मृत्यु भएको थियो । अर्को घटना भने गाई चराउन गएकी महिलालाई बाघले आक्रमण गरेको थियो । जेठ ८ गते भरतपुर महानगरपालिका १३ स्थित वेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न, निउरो खोज्न गएकी फुलकुमारी बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो । ५२ पर्षीय बोटेलाई बाघले आक्रमण गरेर घिसार्दै करिब सात सय मिटर पर पुर्याएको थियो ।
यसै गरी जेठ १६ गते राप्ती नगरपालिकाको वडा नम्बर १ निकुञ्जभित्र राप्ती नदीको किनारमा गाई चराउन गएकी ५३ वर्षीया सेतीमाया तामाङलाई बाघले आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको थियो । जेठ १७ गते भरतपुर महानगरपालिका ११ मा पर्ने नवजागृति सामुदायिक वनमा निउरो र च्याउ खोज्न गएकी ५१ वर्षका चाथर कुमाललको जंगली जनावरको आक्रमणबाट मृत्यु भया । स्थानीयले बाघको आक्रमणबाटै मृत्यु भएको बताए पनि उनलाई कुन जनावरले आक्रमण गर्यो भन्ने एकीन भएको छैन ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन पाटेबाघका मुख्य बासस्थान हन् । पाँच वर्ष अघि भएको गणनामा यहाँ ९३ वटा पाटेबाघ भेटिएका थिए । देशभरमा २३५ वटा बाघ घेटिएका थिए । यस वर्ष गरिएको बाघ गणनाको तथ्याङ्क भने आउन बाँकी छ । पछिल्लो समयमा बाघको संख्या बढ्दो र बासस्थान साँगुरिएकोले आक्रमण बढेको स्थानीयले बताएका छन् । २०७६ सालमा बाघको आक्रमणबाट मान्छेको मृत्यु भएको थिएन । त्यसपछिको वर्ष चार जनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । गत वर्षको असारयता चिवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको आक्रमणबाट मात्रै १५ जनाको मृत्यु भएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…