
?
पोखरा महानगरपालिकाको पहिलो कार्यापालिका बैठकले पोखरा ३३ मा ल्याण्डफिलसाइड सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।
पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक सौचालय निर्माण गर्ने र यसरी सौचालय निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न संघ सस्था र रेष्टुरेष्टका सौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न दुइपक्षीय संझौता गर्ने अर्को निर्णय भएको छ । यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालिन सेवा सञ्चानमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्नेगरी पूर्वाधार महाशाखाको क्षेमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारीता ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । उनले यसको थालनी समेत भइसकेको दाबी गरेका छन् ।
पूर्वाधार तयार पार्ने र कामलाई अगाडि बढाउने काम सुरु गरिएको उनले बताए । छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाई अभियान चलाएर व्यवहारिक रुपमा आपत्कालिन सेवा, जो महानगरको दायित्वभित्र पर्छ त्यो तत्काल गर्ने निर्णय भएको उनले बताएका छन् । मेयर धनराज आचार्यको योजना अनुरुप अरु यस्ता नागरिकले महसुस गर्ने खालका कार्यक्रम अगाडि बढ्ने पनि उनले बताए । पोखराका खाल्डाखुल्डी पुर्न समेत तत्काल जनशक्ति परिचालन गरिने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रिज्यालका अनुसार पोखरा महानगरमा विभिन्न समिति गठन भएका छन् । त्यसैगरी महानगरले तालचोक–बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्विकृत गरेको छ । झण्डै तीन किलोमिटर दूरीको चार लेनको सडक निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । पोखरा महानगरको प्रशासकीय भवन निर्माणका लागि जग्गा छनोट गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । वडा अध्यक्षहरु दिवशमान प्रधानंग, राधिका शाही, र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङको रहेको समितिले अर्को कार्यपालिका बैठकमा अध्ययन गरेर प्रशासनिक भवन निर्माणका लागि स्थान सिफारिस गर्ने उनले जानकारी दिए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…